काठमाडौँ, असार ११ गते। लन्डन ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने पाँच खेलाडीसहित तीन प्रशिक्षक मङ्गलबार लन्डन प्रस्थान गर्दैछ। एक महिनाको प्रशिक्षणपछि खेलाडीले ओलम्पिकमा सहभागिता जनाउनेछन्।
खेलकुदको महाकुम्भ ओलम्पिकमा पौडीका प्रसिद्धजंग शाह र श्रेया धिताल, एथलेटिक्सका तिलकराम थारू र प्रमिला रिजाल तथा सुटिङकी स्नेहा राज्यलक्ष्मी राणाले प्रतिस्पर्धा गर्नेछन्। वाङ्देन लामा -पौडी), टीका सेढाइँ -एथलेटिक्स) र धु्रवविक्रम शाह सुटिङ)ले प्रशिक्षकको भूमिकामा छन्।
प्रसिद्धले ५० मिटर पि|mस्टाइलमा, श्रेयाले सय मिटर पि|mस्टाइलमा खेल्नेछन्। धावक तिलकराम र प्रमिलाले सय मिटरमा दौडमा तथा सुटिङकी स्नेहाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने बताइएको छ।
पौडी र एथलेटिक्सका चार खेलाडीले ओलम्पिकमा अनिवार्य सहभागिता हुने प्रावधानबाट लन्डनको टिकट पाएका हुन्। सुटिङकी स्नेहा वाइल्डकार्डमार्फत लन्डन जान लागेकी एक मात्र नेपाली खेलाडी हुन्। १४औँ फिना विश्व पौडी प्रतियोगितामा श्रेया शीर्ष ७५ र प्रसिद्ध १२६औँ स्थान भित्र परेर ओलम्पिकमा छानिएका हुन्। यसैगरी, तिलकराम र प्रमिला छैटौँ राष्ट्रिय खेलकुदमा चार/चार स्वर्ण विजेताको हैसियतमा तथा स्नेहाले ३८९ स्कोर गर्दै राष्ट्रिय कीर्तिमान बनाएकाले ओलम्पिकको टिकट पाएका हुन्।
नेपाली टोलीमा ओलम्पिकको अनुभव २३ वषर्ीय प्रसिद्धसँग मात्र छ। ओलम्पिकमा उनको यो दोस्रो सहभागिता हो। सन् २००८ मा बेइजिङ ओलम्पिक पनि प्रसिद्धले खेलका थिए। सो समय हिट चरणबाट बाहिरिएका प्रसिद्ध भन्छन्- अब दोस्रो सहभागितालाई विशेष बनाउन चाहन्छु, मैले दोस्रो अवसर पाएको छु, पदक ल्याउन नसके पनि राष्ट्रिय कीर्तिमान भङ्ग गर्ने लक्ष्य छ। प्रसिद्धले खेल्ने इभेन्टमा राष्ट्रिय कीर्तिमान चित्रबहादुर गुरुङ -२६ः३९ से)को नाममा छ। प्रसिद्धको उत्कृष्ट टाइमिङ २७ः०४ सेकेन्ड छ।
अर्का पौडी खेलाडी श्रेया पनि प्रसिद्धको भनाइमा सहमत छिन्। १७ वषर्ीया श्रेयाले हिट चरण पार गर्ने नै प्रमुख लक्ष्य रहेको बताइन्। उनले ओलम्पिकमा आˆनै राष्ट्रिय कीर्तिमान सुधार्ने बताइन्। २० वषर्ीय तिलकराम कम उमेरमा ओलम्पिकमा सहभागी हुन पाएको आफूलाई भाग्यमानी ठान्छन्। नवलपरासी निवासी तिलकरामको लक्ष्य रामकृष्ण चौधरीको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्नु हो। रामकृष्णको १०ः०७ सेकेन्डको कीर्तिमान छ। तिलकरामको अहिलेसम्मको राम्रो समय ११ः०० सेकेन्ड छ।
धाविका प्रमिलाको अन्तर्राष्ट्रिय प्रतियोगितामा सय मिटर दौडतर्फ यो पहिलो सहभागिता हो। यसअघि गोन्जाउ एसियाड र ११औँ सागमा प्रमिलाले चार सय र दुई सय मिटरमा प्रतिस्पर्धा गरेकी थिइन्। जीवनको पहिलो ओलम्पिकमा पहिलो पटक सय मिटर दौड्न लागेको छु, यसलाई विशेष बनाउन चाहन्छु, २७ वषर्ीया प्रमिला भन्छिन्। देवीमाया पनेरुको १२ः२ को राष्ट्रिय कीर्तिमानलाई भङ्ग गर्ने मेरो पहिलो लक्ष्य छ। ओलम्पिकमा सहभागी हुन पाएकोमा स्नेहा उत्साहित छिन्। भैरहवाकी स्नेहा लन्डनमा आफैले बनाएकी राष्ट्रिय कीर्तिमानलाई भङ्ग गर्न बताउँछिन्।
लन्डन जाने आठ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घले भिन्नाभिन्नै बिदाइ कार्यक्रममा खेल सामग्री प्रदान गरेका थिए।