अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
शनिवार
 
अदम्य उत्साहलाई सय सलाम
निर्मलकुमार आचार्य
 

पटक-पटक काललाई छक्याउँदै आउनुभएका डा. कुमारबहादुर जोशी स-साना रोगमा पनि थलिएर बस्नेका लागि उदाहरणीय तथा अनुकरणीय व्यक्तित्व हुनुहुन्छ।

आजभन्दा ३५ वर्षअघि सुरु भएको 'सुगर' रोगले जतिसुकै ढाल्ने कोसिस गरे पनि, दुईपटक मिर्गौला फेर्दासमेत उहाँको मनोबल खस्किएको छैन।

प्रोस्टेट, मुटुमा ब्लकेज, नर्भस सिष्टम कमजोर, मिर्गौलामा पानीका फोकाजस्ता समस्याले हिरिक्क पार्न निकै जोड लगाइरहेका छन् तर ७१ वषर्ीय डा. जोशीको अध्ययन, विश्लेषण र लेखनप्रतिको हुरुक्क्याइँमा कुनै कमी आएको छैन। उहाँको अदम्य उत्साहलाई सय सलाम गर्नैपर्छ।

'म एकछिनपछि जान्छु -मर्छु) भने पनि पढ्न, लेख्न छाड्दिनँ' उहाँको भित्री शक्ति बोल्छ।

'चिन्तन र संस्मरण' लेखनमा व्यस्त डा. जोशी यसलाई छिट्टै प्रकाशनमा ल्याउने सोचाइमा हुनुहुन्छ भने विश्वका महान् व्यक्तित्वका जीवनी तथा वेद, पुराण, उपनिषद् आदिका पात्रहरूको गहन अध्ययन गरिरहनुभएको छ।

त्यत्रो मनोबल कहाँबाट आउँछ होला ? आश्चर्य लाग्नु अस्वाभाविक होइन। ''आफैँभित्रबाट आउँछ, प्रेरणाचाहिँ इष्टमित्र, शुभेच्छुक आदिबाट पाउँछु,'' सहज जवाफ दिनुहुन्छ।

सुगर र मिर्गौला रोगबारे उहाँको अनुभवजन्य सुझाव छ, ''सर्वप्रथमतः सुगर लाग्नै दिनु भएन। मोटो नहुनु, भँुडीवाल नहुनु, बोसो आदि चिल्लो पदार्थ नखानु, नियमित व्यायाम गर्नु, आहारविहार ठीक राख्नु सुगरबाट बच्ने उपाय हुन्।''

सुगर रोग लागिहालेछ भने औषधि र पथपरहेजले कम गर्छ। इन्सुलिन दिनैपर्ने अवस्थामा चाहिँ दिनैपर्छ, त्यही नदिँदा मैले सास्ती भोग्नुपर्‍यो। सुगरले मिर्गौलामा छोएपछि सुगर केही कम देखिने रहेछ, यसमा चाहिँ विचार पुर्‍याउनैपर्छ। त्यसैले बेलाबेलामा मिर्गौलासम्बन्धी परीक्षण गराउनु जरुरी छ।

सुगर लागेपछि धेरै खानु हुँदैन, बरु दुई/दुई घन्टामा अलिअलि खाँदा राम्रो। साँच्चै भन्ने हो भने कसैले पनि टन्नचाहिँ खानै नहुने रहेछ। मेरो बुवा भन्ने गर्नुहुन्थ्यो, ''पेटमा दुई भाग अन्न, एक भाग हावा र एक भाग पानी छाड्नुपर्छ।''

नेवार समुदायका डा. जोशी संस्कृतका ज्ञाता हुनुहुन्छ, कसरी संस्कृत शिक्षातर्फ लाग्नुभयो ? कौतूहल शान्त पार्दै काठमाडौँ, चाबहिलनिवासी डा. जोशी भन्नुहुन्छ, ''मेरो कुल नै राजवैद्य खानदान। आयुर्वेद पढ्न संस्कृत नपढी नहुने। मेरो बुबा कविराज प्रेमबहादुर कुलचन्द्र गौतमका शिष्य हुनुहुन्थ्यो। बुबा बित्नु भएपछि आमाले गुरु कुलचन्द्रकहाँ लानुभयो।'' उहाँ ७२ वर्षको हुनुहुन्थ्यो- 'बूढो भएँ, म पढाउन सक्दिनँ' भनी आˆना शिष्य कविराज उमानाथ आचार्य

-काँगे्रस नेता नरहरि आचार्यका बाबु) लाई लगाउनुभयो। म गुरु उमानाथको घर, चन्डोलमै गएर पढ्न थालेँ। त्यतिखेर मेरो उमेर आठ/नौ वर्षको हुँदो हो। चार/पाँच वर्ष उहाँसित संस्कृत व्याकरण, अमरकोश आदि पढेँ।

त्यसपछि रानीपोखरी संस्कृत प्रधान पाठशाला र संस्कृत राजकीय महाविद्यालयमा प्रथमादेखि आचार्य दोस्रो वर्षसम्मको अध्ययन गरेँ। सँगसँगै, एसएलसी, आईए, बीए, एमए पनि गरेँ। अङ्गे्रजीचाहिँ नेसनल कलेजमा राति पढेको हुँ। शङ्करदेव पन्त पि्रन्सिपल हुनुहुन्थ्यो।

नेवार समुदायबाट संस्कृत पढ्ने अग्रज तथा समकालीन व्यक्तित्वलाई स्मरण गर्दै उहाँ भन्नुहुन्छ, ''त्यतिखेर बलदेव जुजु, मङ्गलदास प्रधानाङ, महेश्वर जुजु, प्रभुभक्त जोशी र म थिएँ। छात्रातर्फ चाहिँ कोशला प्रधान र विद्या बज्राचार्य थिए।''

प्रथमा परीक्षामा म छात्रतर्फ प्रथम भएको थिएँ। कोशला छात्रातर्फ प्रथम भएकी थिइन्। उनै कोशलासित उहाँको पहिलो बिहे भयो, उनी बितेपछि सरस्वतीसित विवाह भएको हो।

कतिपयले संस्कृतलाई बाहुनको भाषा भन्छन्, के यो साँचो हो ? जिज्ञासा शान्त पार्दै उहाँ भन्नुहुन्छ, ''संस्कृत ज्ञानको स्रोत हो। साधकको, साधनाको विषय हो, संस्कृत। भाषा कुनै जातपात, धर्म आदिको हुँदैन। संसारमा चार हजारभन्दा बढी भाषा छन्, जुनसुकै भाषा पनि सबैका निम्ति ज्ञानको भण्डार हो।''

संस्कृत नपढ्दा पूर्वीय अध्यात्मदर्शनको ज्ञानबाट वञ्चित होइन्छ। पश्चिमी दर्शनको पहुँच मनसम्म मात्र हुन्छ। विज्ञान, मनोविज्ञान परामनोविज्ञानसम्म गएको छ। तर पूर्वीय दर्शन मन, बुद्धिभन्दा पर आत्मा, परमात्मासम्बन्धी अध्यात्म दर्शनको विषय हो। संस्कृतमा लेखिएको ऋग्वेद संसारकै प्राचीनतम ग्रन्थ हो। पूर्वीय अध्यात्म दर्शनको सारग्रन्थ हो त्यो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका समग्र काव्य-कवितामा २०४३ विद्यावारिधि गर्ने प्रथम व्यक्तित्व डा. जोशी हुनुहुन्छ। महाकवि देवकोटालाई आफूले पहिलोचोटि देख्दाखेरिको संस्मरण गर्दै उहाँ भन्नुहुन्छ, ''२०१६ भदौ २९ गते देवकोटा बित्नुभएको हो। त्यसको दुई हप्ता जतिअघि कविप्रसाद गौतमको हरेराम कुञ्ज, देउपाटनमा मैले देखेको हुँ। मेरी फुपू घरगृहस्थी त्यागेर त्यही कुञ्जमा बस्नुहुन्थ्यो। उहाँलाई भेट्न म बराबर जाने गर्थें। त्यहाँ एउटा अशक्त बिरामीलाई देखेँ। फुपूले 'उहाँ हाम्रो देशका ठूला कवि' भनेर चिनाउनुभएको हो।''

डा. जोशीले आˆना कृतिद्वारा नेपाली साहित्य भण्डारमा ठूलो गुन लगाउनुभएको छ। उहाँका समीक्षा, निबन्ध, काव्य, अन्तर्वार्ता, संस्मरण आदि अढाई दर्जनजति कृति प्रकाशित छन्। नेपालीबाहेक अङ्गे्रजी, नेवारी र संस्कृत भाषामा उहाँको दख्खलमात्र होइन, अनेक कृति नै प्रकाशित छन्।

शिक्षा क्षेत्रमा उहाँको योगदान लामो र विशिष्ट छ। २०२४ सालदेखि उहाँले पढाउन थाल्नुभएको हो। जुद्धोदय हाईस्कुल, परोपकार हाईस्कुल, मित्र सहशिक्षालय आदि स्कुलमा आठ वर्ष पढाउनुभएका डा. जोशीले त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा पढाउनुभयो। यसबीच वनारस हिन्दु युनिभर्सिटीमा पनि पाँच वर्ष पढाउनुभएको छ।

अचेल विभिन्न मुलुकमा नेपाली भाषा, साहित्यको अध्ययन, अध्यापन पनि भइरहेको छ। सबैतिरको नेपालीमा एकरूपता हुनुपर्ने अपेक्षा पनि बढ्दो छ। यसबारे उहाँको भनाइ छ, ''जुनसुकै भाषाको कथ्य र लेख्य भाषाचाहिँ फरक हुन्छ। कथ्य भाषा जाति र स्थानअनुसार फरक-फरक हुन्छ। कथ्य नेपाली नेवार, गुरुङ, तामाङ, मधेसी आदिले बोल्ने फरक हुन्छ तर लेखिने नेपाली भाषाचाहिँ फरक हुनुहुँदैन। संसारभरि जहाँ-जहाँ नेपालीभाषी छन्, ती सबैले लेख्ने नेपाली एकरूपको हुनुपर्छ। मानक लेख्य नेपाली भाषाका लागि 'शब्दानुशासन' हुनुपर्छ। मानक व्याकरणको अनुसरण नै एकमात्र महामन्त्र हो।''

वरिष्ठ समालोचक, साहित्यकार तथा प्राध्यापक डा. जोशीसामु गीत, सङ्गीतको प्रसङ्ग उक्याउनासाथ उत्साहित हुँदै 'म पहिले गीतै गाउँथें' भनी साङ्गीतिक अतीतमा यसरी हराउन थाल्नुभयो-'हारमोनियममा म नातिकाजीको चेला, बेलामा गोपालनाथ योगीको चेला, भोकलमा बद्री वस्तादको चेला। मैले गीत गाएर पुरस्कार पनि पाएको थिएँ। कमिजको फेरा थाप्दा त्यसभरि पैसैपैसा Û त्यतिखेर नोटको चलन थिएन। ०१५ सालको कुरो हो।

गीतमा लय पनि भरेको छु। पत्रकार रमा सिंहका बुबा बीपी सिंहले सञ्चालन गरेको पहिलो रेडियो शैक्षिक कार्यक्रममा म म्युजिक डाइरेक्टर थिएँ। मैले लय भरेको गीत बलदेव जुजुले गाउनुभएको थियो।'

 
अन्य शीर्षक
.
.
सहज छैनन् अगाडिका बाटा
सशक्त कविको अवशान
रोग निदानमा 'रिमोट सेन्सिङ'
दुःख पाइयो, बढी जान्ने भएर
'टिकीटाका'मा जमेको स्पेन
.
जङ्गल नमासिकनैपनि आम्दानी
लौराले नापिन्छन् वर-वधु

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home