अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
चीनमा प्रत्यक्ष वैदेशिक लगानी प्रभावित
एजेन्सी
 

बेइजिङ, असार १ गते। विश्व अर्थतन्त्रमा देखिएको सुस्तताले चीनमा हुँदै आएको प्रत्यक्ष वैदेशिक लगानीसमेत प्रभावित भएको छ।

चीनमा लगानी गर्नेको कुरा विशेष आकर्षणको केन्द्रमा रहँदै आएको भए पनि सन् २०१२ को पहिलो पाँच महिनामा प्रत्यक्ष वैदेशिक लगानी एक दशमलव नौ प्रतिशतले घटेको बताइएको छ।

विश्वको दोस्रो आर्थिक महाशक्ति चीनले सन् २०१२ को जनवरीदेखि मे महिनासम्ममा ४७ अर्ब १० करोड अमेरिकी डलर बराबर प्रत्यक्ष वैदेशिक लगानी प्राप्त गरेको पाइएको छ।

चीनमा लगानी गर्ने कुरामा युरोपको हिस्सा प्रमुख रहँदै आएको भए पनि हाल युरोपेली आर्थिक सङ्कटले सो क्षेत्रबाट प्राप्त हुने लगानी प्रभावित भएको पाइएको छ।

सन् २०११ मा चीनले कुल एक सय १६ अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी भित्राएको र त्यस्तो लगानी सन् २०१५ सम्म वाषिर्क एक सय २० अर्व अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएको भए पनि हालको पाँच महिनामा हासिल भएको प्रत्यक्ष वैदेशिक लगानीले निराशा बढाएको छ।

चीनको अर्थतन्त्रमा प्रत्यक्ष वैदेशिक लगानी र निर्यातले प्रमुखता पाउँदै आएकोमा हाल प्रत्यक्ष वैदेशिक लगानी र निर्यात दुवै खस्किएकोले सो मुलुकको समग्र अर्थतन्त्र पनि प्रभावित बनेको बताइएको छ।

चीनले विगतमा दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्दै आएको भए पनि हाल त्यस्तो वृद्धिदर आठ प्रतिशतको नजिक झरेको कुरा तथ्याङ्कहरूले देखाएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home