अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
अजय र कृष्णलाई स्वर्ण
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ ३२ गते। अन्तरक्षेत्र राष्ट्रव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ दुई सय मिटर दौडको छात्रमा पूर्वाञ्चलका अजय श्रेष्ठ र छात्रामा पश्चिमाञ्चलकी कृष्णा चौधरीले बिहीबार स्वर्ण जितेका छन्।

निर्धारित दूरी पूरा गर्न अजयले २३.७ सेकेण्ड तथा कृष्णाले २७.९ सेकेण्ड समय खर्चे। कृष्णाको यो दोस्रो व्यक्तिगत स्वर्ण हो। अघिल्लो दिन कृष्णाले सय मिटर दौडमा पनि बाजी मारेकी थिइन्।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् -राखेप)द्वारा आयोजित प्रतियोगिताको पाँच हजार मिटर दौडको छात्रमा पूर्वाञ्चलका उमेश कन्दङवा -१७ मिनेट ०५.३ सेकेण्ड) तथा छात्रामा मध्यपश्चिमाञ्चलकी सुनमाया बुढाले -१९ मिनेट ५६.७ सेकेण्ड) शीर्ष स्थानमा रहँदै व्यक्तिगत स्वर्ण सङ्ख्या दोब्बर बनाए। यी दुवैले १५०० मिटर दौड पनि जितेका थिए। छात्र चार सय मिटर दौड ५३.४ सेकेण्डमा पूरा गर्दै पश्चिमाञ्चलका विनोद गुरुङ च्याम्पियन बने।

छात्र ज्याभ्लिन थ्रोमा मध्यपश्चिमाञ्चलका अनुराजकुमार थारू र छात्रा वर्गमा पश्चिमाञ्चलकी अञ्जुकुमारी डगौराले स्वर्ण जिते। टि्रपल जम्पमा सुदूरपश्चिमाञ्चलका सुरज सिंह र प्रभा चौधरीले क्रमशः छात्र र छात्रा वर्गमा स्वर्ण चुमे। प्रभाले हाइजम्पमा पनि स्वर्ण जितेका थिए।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home