काठमाडौँ, जेठ ३० गते। समाजमा रहेका आˆनै किसिमका उपयुक्त प्रविधिको पहिचान र प्रबर्द्धन गर्न सके विश्व बजारमा राष्ट्रको प्रतिष्ठा बढाउन सकिनेमा विभिन्न सरोकारवालाहरूले जोड दिएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा मङ्गलबार राजधानीमा संयुक्तरूपमा आयोजित 'लघु, घरेलु तथा साना उद्योगको सन्दर्भमा उपयुक्त तथा नविनतम प्रविधिको व्यवसायीकरण' विषयक गोष्ठीका सहभागीहरूले सो कुरा बताएका हुन्।
समाजमा लुकेर रहेका प्रविधिको उपयोगिताका लागि राज्यले नीतिगत रूपमै व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ।
त्यस अवसरमा विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान-नाष्ट)का वरिष्ठ वैज्ञानिक रविन्द्रप्रसाद ढकालले आउने २० वर्षमा सरकारले चाहेमा नेपाललाई तेल निर्यात गर्ने देशको रूपमा अगाडि ल्याउन सक्ने क्षमता रहेको बताउनुभयो।
वैकल्पिक ऊर्जा र उपयुक्त प्रविधिलाई भरपुर उपयोग गर्नका लागि आगामी दिनमा विद्यालयस्तरदेखि नै यस्ता प्रविधिलाई समेट्ने खालको शिक्षा नीति लयाउनुपर्नेमा उहाँको जोड थियो।
गोष्ठीको उद्घाटन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष लता प्याकुरेलले विश्व बजार तथा स्वदेशमै पनि विकास भएका उपयुक्त प्रविधि बारेको जानकारीका अभावमा ग्रामीण क्षेत्रमा छरिएर रहेका उद्योगहरू परम्परागत शैलीमै सञ्चालित भइरहेका कारण उत्पादकत्व वृद्धि हुन नसकेको बताउनुभयो।
थोरै समयमा धेरै उत्पादन गर्ने, लागत कम लाग्ने र ऊर्जा कम खपत भई वातावरण प्रदूषणमा समेत न्युनीकरण गर्ने प्रविधिहरूको जानकारी हुन सकेमा मुलुकको औद्योगीकरणको गतिमा तीव्रता ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो। सोही अवसरमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक बाबुराम रानाभाटले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो। गोष्ठीमा प्राक्टिकल एक्सनका योजना प्रमुख रवीन्द्रबहादुर सिंह 'नाष्ट'का वरिष्ठ वैज्ञानिक ढकाल, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव मीना खनाललगायतले उपयुक्त तथा नविनतम प्रविधिको व्यवसायीकरण विषयमा आˆना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
देशका विभिन्न भागमा उपलब्ध उपयुक्त प्रविधिका बारेमा जानकारी गराउन, उपलब्ध प्रविधिहरूको व्यवसायीकरण गर्न सघाउ पुर्याउन, प्रविधि प्रयोगकर्ता र उत्पादनकर्ताको साझा मञ्च तयार गर्ने उद्देश्यले सञ्चालित गोष्ठीमा विभिन्न क्षेत्रका ८० जना प्रविधिसँग सम्बन्धित उद्यमी, सङ्घ संस्थाका प्रतिनिधि तथा प्राविधिकहरूको सहभागिता रहेको थियो।