अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
पूर्ण शक्तिमा छैन ग्रीस
 

वार्सा, जेठ २९ गते। चेक गणतन्त्रविरुद्धको खेलअघि ग्रीसका प्रशिक्षक फर्नान्डो सान्तोषको टाउको दुखाई बढेको छ। पहिलो रोजाइका सेन्ट्रल डिफेन्डरद्वय अभ्राम पापाडोउपोलोस र सोक्राटिस पापास्टाथोपोलोस चेकविरुद्ध खेल्न नसक्ने हुँदा सान्तोषलाई रणनीति बनाउन गार्‍हो भएको हो। युरो २०१२ अन्तर्गत पोल्यान्डविरुद्धको उद्घाटन खेल ग्रीसका प्रशिक्षक सान्तोषको प्रमुख प्रतियोगितामा पहिलो खेल थियो।

अभ्राम घुँडाको चोटले पीडित छन् भने सोक्राटिसले पोल्यान्डविरुद्धको खेलमा रेप|mीको गलत निर्णयले रातो कार्ड पाएका थिए। अभ्राम प्रतियोगिताबाटै बाहिरिसकेका छन्। वेर्डर बि्रमेनबाट व्यावसायिक फुटबल खेल्ने सोक्राटिसको स्थानमा बुन्डेसलिगाकै अर्को टिम साल्केका खेलाडी काइरियाकोस पापाडोपोलोसले खेल्ने अपेक्षा गरिएको छ। ओलक्पियाकोसका अभ्रामलाई भने स्टेलियो मालेजासले स्थानापन्न गर्ने सम्भावना धेरै छ।

यसैगरी, डिमिट्रास साल्पान्गिडिसले पोल्यान्डविरुद्ध शानदार खेल प्रदर्शन गरेपछि सोटिरिस निनिस पहिलो रोजाइमा नपर्ने पक्का छ। यस सत्रमा साल्पान्गिडिस शानदार र्फममा पनि छन्। उनले एक वर्षभन्दा कम समयमै पाँच अन्तर्राष्ट्रिय गोल ठोकिसकेका छन्। यसअघिका छ वर्षमा साल्पान्गिडिसले मात्र दुई अन्तर्राष्ट्रिय गोल गरेका थिए।

यसैगरी, चेक गणतन्त्रका प्रशिक्षक मिचाल विलेकले रुससँग नराम्ररी हारे पनि पहिलो एघारमा धेरै परिवर्तन गर्ने छाँट छैन। उद्घाटन दिन रुससँग बेहोरेको ४-१ को पराजय चेकको प्रमुख प्रतियोगितामा ४२ वर्षयताकै सबभन्दा ठूलो हार हो। सन् १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई चेकले ४-१ ले हराएको थियो।

ग्रीसविरुद्ध जोक रिजेकको स्थानमा टोमस हब्स्चमानले खेल्न सक्नेछन्। पहिलो खेलमा बेञ्चमा थन्किएका टोमस पेखर्ट र टोमस नेसिडले पनि खेल्ने मौका पाउने सम्भावना छ।

विगतको प्रदर्शन हेर्ने हो भने ग्रीसविरुद्ध चेक गणतन्त्रको प्रदर्शन राम्रो छ। ग्रीससँगको भेटमा चेकले पाँच खेल जितेको छ। चेकले एक खेलमा हार बेहोरेको थियो भेन एक खेल बराबरीमा सकिएको थियो। यद्यपि पछिल्लो भिडन्तमा ग्रीसले जित हासिल गरेको छ। चार वर्षअघि यसै प्रतियोगिताको छनोट चरणमा चेकलाई १-० ले हराएर ग्रीस युरो २००८ का लागि चयन भएको थियो।

आज रातिका खेल

ग्रीस-चेक गणतन्त्र -९ः४५ बजे)

पोल्यान्ड-रुस -१२ः३० बजे)

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home