अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
एसिया व्यावसायिक सम्मेलनमा वैद्य सहभागी
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २९ गते। छिमेकी चीनको सिचुवान प्रान्तमा शुक्रबारदेखि सुरु तेस्रो-सिचुवान दक्षिण एसिया व्यावसायिक सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले भाग लिइरहनुभएको महासङ्घले जनाएको छ।

सिचुवान प्रान्तीय सरकारका भाइस गभर्नर क्यु मु सी हाले उद्घाटन गर्नुभएको सो सम्मेलनमा चीन तथा दक्षिण एसियाका व्यावसायिक नेताहरूको सहभागिता रहेको जनाइएको छ।

समारोहमा सार्कका व्यावसायिक नेताहरूले यस क्षेत्रमा चिनियाँ लगानीको अधिकतम परिचालनका लागि आग्रह गर्दै आपसी हितका क्षेत्रहरूमा लगानीका लागि एक छुट्टै विकास कोष स्थापना गर्नुपर्ने कुरामा जोड दिएका थिए।

वक्ताहरूले सार्क राष्ट्रहरू र चीनबीच संयुक्त लगानीका माध्यमबाट आर्थिक विकास गर्नुपर्ने धारणा राखेका थिए। सार्कमा वैदेशिक लगानीमैत्री नीति रहेको भन्दै यस क्षेत्रमा लगानी गरी अधिकतम लाभ लिन चिनियाँ लगानीकर्ताहरूलाई उनीहरूले आग्रह गरेका थिए।

सम्मेलनमा ऊर्जा उत्पादन तथा विकास, खनिजजन्य, कपडा तथा तयारी पोसाक, पूर्वाधार विकास, वैकल्पिक ऊर्जा, कृषि प्रशोधन आदि क्षेत्रलाई आपसी सहयोगका क्षेत्रहरूको रूपमा पहिचान गरी ती क्षेत्रहरूमा लगानीका लागि आहृवान गरिएको थियो। सम्मेलनमा आपसी व्यावसायिक -बी २ बी) बैठक तथा आपसी सहमतिमा हस्ताक्षर भएको थियो।

अध्यक्ष वैद्यले दक्षिण एसिया तथा चीनका उद्यमी व्यवसायीहरू, लगानीकर्ताहरूसँग भेटी नेपालमा व्यापार तथा लगानी विस्तारका बारेमा छलफल गर्नुभएको महासङ्घको विज्ञप्तिमा जनाइएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home