अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
नेसनल हाइड्रोका लगानीकर्ता अझै आन्दोलित
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २९ गते। "पानीमा सुन फलाउने" नारा दिई सर्वसाधारणका लागि सेयर बिक्री गरेको नेसनल हाइड्रोपावर कम्पनीका सेयरधनीले प्रतिफल पाएका छैन। तीन वर्षदेखि साधारणसभासमेत नगरेकोले लगानीकर्ता यतिबेला आन्दोलित छन्।

नेसनल हाइड्रोपावरका पीडित सेयरधनी लगानीकर्ताहरूले खुशल अधिकारीको संयोजकत्वमा दबाब समूह नै गठन गरेर संस्था बचाउने अभियान थालेको बताएका छन्।

नेसनल हाइड्रोले साधारणसभा गर्ने मिति निकै पटक फेरबदल गरेको र नियमनकारी निकायले सो संस्थालाई दबाब दिन नसकेको गुनासो गर्दै लगानीकर्ताले धितोपत्र बोर्डमा तालाबन्दी समेत गरे। प्रहरीको मद्दतले ताला खुलेको भए पनि समस्या भने उस्तै छ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार बोर्डले आगामी असार १७ गते १४औँ र १५ औँ साधारणसभा गराउन निर्देशन दिइसकेको छ।

नेसनल हाइड्रोपावर बचाउन तम्सिएका लगानीकर्ताहरूले भने संस्था नियोजितरूपमा नै टाट पल्टाउने षड्यन्त्र भइरहेको आरोप लागाएका छन्। लगानीकर्ताबाट हकप्रद सेयरबापत जम्मा भएको ७० करोड रुपियाँ अन्य आयोजनामा लगानी भएको देखाएर रकम हिनामिना गरेको आरोप लगाउँदै सो संस्थाले आगामी असार १७ गते साधारणसभा गर्ने जनाए पनि सो मितिमा पनि साधारणसभा हुने वा नहुने अझै निश्चित नभएकोले दबाब दिनुपरेको जनाएका छन्।

नेसनल हाइड्रोपावरले भने विज्ञप्ति जारी गरेर कम्पनीमा सुशासन र पारदर्शिता कायम गर्न संस्थाले आˆनो हरेक उपसमितिमा सर्वसाधारणका तर्फबाट नियुक्त भएका सञ्चालकलाई समावेस गर्दै आएको बताएको छ। कम्पनीले भने लगानीकर्ताहरूले आˆनो गुनासो र विचार साधारणसभामा राख्न पाउने अवसर हुँदाहुँदै भ्रामक समाचार आउनु कम्पनी र लगानीकर्ता हितमा नभएको जनाएको छ।

नेसनल हाइड्रोपावरमा भएको समस्या समाधानका लागि लगानीकर्ताहरूको दबाब समूहले सो संस्थालाई साधारणसभा गर्न बाध्य पार्नुपर्ने, आगामी साधारणसभा एक वर्षको मात्र गर्नुपर्ने, पदावधि सकिएका संस्थापकहरूलाई निलम्बन गर्दै नयाँ चुनावको वातावरण निर्माण गर्नुपर्ने माग गरेका छन्।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ दुवैमा धितोपत्र दर्ता गरेको सङ्गठित संस्थाले आर्थिक वर्ष सकिएको पाँच महिनाभित्रमा नेपाल धितोपत्र बोर्डमा वाषिर्क प्रतिवेदन बुझाउनुपर्ने र राष्ट्रियस्तरको पत्रिकामा प्रगति विवरण छाप्नुपर्ने प्रावधान रहेको भए पनि कम्पनीले तीन वर्षदेखि बोर्डमा प्रतिवेदन बुझाएको छैन। नेप्से न्युन बिन्दुमा रहेका बेला बजार मूल्य ४० रुपियाँको हाराहारीमा रहेको नेसनल हाइड्रोपावरको सेयर सो संस्थाको नयाँ नेतृत्वमा ठूला सेयर लगानीकर्ता निर्मल प्रधान र जलस्रोतविद् ज्ञानेन्द्रलाल प्रधान जाने हल्लाले ९० रुपियाँ नजिकको उचाइमा पुगेको भए

पनि हाल पुनः संस्थामा समस्या देखिएकोले रु. ६० झरेको छ।

संस्थामा नयाँ नेतृत्व जाने हल्ला फिजाएर विगतमा पनि नेसनल हाइड्रोको सेयरको बजार मूल्यमा निकै पटक उचार चढाव गराइएको जानकार बताउँछन्। सेयर बजार विश्लेषक तथा प्राध्यापक जयन्द बानियाँ नेसनल हाइड्रोपावरको नियमन नभएको बताउनुहुन्छ।

नेसनल हाइड्रोपावरको निष्पक्ष लेखापरीक्षण जरुरी रहेको उहाँको भनाइ छ।

नेसनल हाइड्रोपावरले आˆनो उत्पादनबाट राम्रो आम्दानी गर्दै आएको भए पनि सो संस्थालाई नेतृत्व गर्नेहरूले ठूलो रकम मर्मत र अन्य खर्चमा देखाएर लामो समयदेखि अनियमितता गर्दै आएको र नियमनकारी निकाय भने मौन रहेको कतिपयको आरोप छ। आम्दानी हुने वित्तीकै टर्वाइन मर्मत, टनेल मर्मतजस्ता विविध विषयमा खर्च देखाउने र सो संस्थाका इन्जिनियरहरूलाई समेत दबाबमा पार्ने गरेको स्रोतले बताएको छ। सन् १९९९ देखि सञ्चालनमा आएको सात दशमलव पाँच मेगावाटको उक्त हाइड्रोपावरमा एनबी समूहको २० प्रतिशत सेयर रहेको छ भने नर्वेको लिसी क्र्याˆट समूहको लगानी र सर्वसाधारणको समेत लगानी रहँदै आएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home