काठमाडौँ, जेठ २९ गते। चालू वर्षको वैशाख महीनासम्म दुई खर्ब छ अर्ब रुपियाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार खर्चमध्ये चालू खर्च रु. एक खर्ब ६४ अर्ब, पुँजीगत खर्च रु. २३ अर्ब ११ करोड ८२ लाख र वित्तीय व्यवस्था खर्च रु. १८ अर्ब ६२ करोड जनाएको छ। सूचना विभागद्वारा सोमबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित नियमित साप्ताहिक पत्रकार भेटघाटमा मन्त्रालयका सहायक प्रवक्ता भूमिराम शर्माले यस्तो जनकारी दिनुभएको हो।