डडोनेस्क , जेठ २८ गते। इङ्ल्यान्ड र फ्रान्सबीच विगत ९० वर्षदेखि चलिआएको प्रतिद्वन्द्विता सोमबार युरो-२०१२ को समूह 'डी'अन्तर्गतको पहिलो खेलमा पुनः देखिने भएको छ।दशकौँ अगाडि फ्रान्समाथि इङ्ल्यान्ड हावी हुने भए पनि अहिले स्थिति त्यस्तो छैन। इङ्ल्यान्डले सुरुका छ भिडन्तमा प|mान्सलाई उनीहरूकै मैदानमा पराजित गरेको थियो तर अहिले इङ्ल्यान्डभन्दा प|mान्स बढी उपलब्धि हासिल गर्ने टिम हो। फ्रान्सले युरोपेली च्याम्पियन्सीपको उपाधि जितेर आˆनो छवि उच्च पारिसकेको छ। सन् २००४ मा युरोपेली च्याम्पियन बन्ने क्रममा फ्रान्सले इङ्ल्यान्डलाई पनि पाखा लगाएको थियो।
युरोपेली च्याम्पियन्सीपमा इङ्ल्यान्डले अहिलेसम्म फ्रान्सलाई हराउन सकेको छैन। यसैगरी, इङ्ल्यान्डविरुद्धको पछिल्ला पाँच भिडन्तमा पनि प|mान्स अपराजित छ। ती पाँचमध्ये तीन खेल फ्रान्सले जितेको थियो। युरोमा इङ्ल्यान्डको प्रदर्शन भने आहा भन्न लायक छैन। पछिल्ला छ युरो कपमा इङ्ल्यान्ड चार पटक समूह चरणबाटै बाहिरिएको थियो।
प|mान्स र इङ्ल्यान्ड दुवै दुई वर्षअघि विश्वकप फुटबल प्रतियोगितामा बेहोरेको निराशलाई युरो कपमा खुसीमा बदल्ने सुरमा छन्। जर्मनीसँग पि्रक्वाटरफाइनलमा ४-१ ले हारेर इङ्ल्यान्ड विश्वकपबाट पाखा लागेको थियो। फ्रान्स अझ पहिलो चरणबाटै बिदा भएको थियो। विश्वकपको समयमा प्रशिक्षक रेमन्ड डोमिखान र खेलाडीबीच नै विवाद भएपछि पनि फ्रान्सले उत्साहबीच विश्वकप खेलेको थिएन।
अहिले लरेन्ट ब्लान्कको प्रशिक्षकत्वमा फ्राअहिले एक ढिक्का छ। सन् २०१० को विश्वकपमा समूह चरणबाट बाहिरिएलगत्तै दुई खेल हारेपछि प|mान्सले अहिलेसम्म पराजयको स्वाद चाखेको छैन। यस क्रममा खेलेका २१ खेलमध्ये फ्रान्सले १५ खेल जितेको छ। युरोकपको तयारीमा खेलिएका अभ्यास मैत्री खेलमा पनि फ्रान्सको प्रदर्शन प्रभावशाली छ। गत सोमबार मात्र फ्रान्सले इस्टोनियालाई ४-० ले हराएको थियो।
फ्रान्सले भोलि ४-३-३ को संरचनामा खेल्ने सम्भावना छ। फ्रान्सको सबभन्दा सबल पक्ष भनेको तीन स्ट्राइकर सामीर नास्री, करिम बेन्जामा र फ्रान्क रिबेरी हुन्।
इङ्ल्यान्डको टिम भने अहिले विवादित छ। रोय हड्जनलाई अन्तिम समयमा दिइएको प्रशिक्षकको जिम्मेवारीमा धेरै आलोचना भइसकेको छ। फ्रान्क लाम्पार्ड, गारेथ बेरी र गेरी काहिलजस्ता खेलाडी अनुपस्थित छन्। प्रतिबन्धका कारण सुरुका दुई खेल खेल्न नसक्ने हुँदा वायने रुनी पनि फ्रान्सविरुद्ध मैदानमा हुने छैनन्। एएफपी