अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
गोमेजको निर्णायक गोलमा जर्मनी विजयी
 

एलभिभ -युक्रेन), जेठ २८ गते। स्ट्राइकर मारियो गोमेजले उत्तरार्द्धमा गरेको गोल निणर्ायक बनेपछि उपाधि दावेदार जर्मनीले युरो-२०१२ अन्तर्गत आप\mनो पहिलो खेलमा शनिबार राति पोर्चुगललाई १-० ले हराएको छ। सोही दिन डेनमार्कले हल्यान्डलाई १-० ले स्तब्ध पारेकोले पनि गु्रप अफ डेथ मानिएको समूह 'बी'मा जर्मनीको स्थिति राम्रो भयो।

खेलको ७३औँ मिनेटमा गोमेजले सामी खडेरियाको क्रसलाई उपयोग गर्दै हेडमार्फत बल पोर्चुगलको गोलपोष्टमा छिराएका हुन्। 'बर्थडे ब्वाय' मिरोस्लाभ क्लोजले आफूलाई स्थानापन्न गर्ने क्रममा रहेको बेला गोमेजले गोल गरेका हुन्। त्यसपछि ३४औँ वर्षमा प्रवेश गरेका क्लोज ८०औँ मिनेटमा मात्र मैदान प्रवेश गरे।

जर्मनीले प्रमुख प्रतियोगितामा पोर्चुगललाई हराएको यो लगातार तेस्रो पटक हो। सन् १९९६ पछि पहिलो युरो उपाधि जित्ने अभियानमा रहेको जर्मनीले सन् २००६ विश्वकपमा पोर्चुगललाई हराएर तेस्रो स्थान हासिल गरेको थियो। त्यसपछि पोर्चुगलले युरो-२००८ को क्वाटरफाइनलमा पनि जर्मनीबाट पराजयको स्वाद चाख्यो।

यो नजिकको खेल थियो, पोर्चुगलविरुद्धको जित निकै राम्रो सुरुआत हो, जर्मनीका प्रशिक्षक योचिम लोउले भने। जर्मनीका प्रशिक्षक लोउ डिफेन्सबाट प्रभावित भए पनि आप\mना स्ट्राइकरसँग भने सन्तुष्ट देखिएनन्। हाम्रो डिफेन्स राम्रो थियो, डिफेन्स व्यस्त पनि बन्यो तर अग्रपङ्क्तिमा भने अझै सुधार जरुरी छ, लोउले थपे।

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई निगरानीमा राख्ने जिम्मेवारी लोउले जेरोमी बोयटेङलाई दिएका थिए। बोयटेङले रोनाल्डोलाई मैदानमा धेरै चलखेल गर्न दिएनन्। पोर्चुगलका प्रशिक्षक बेन्टोले भने ४-३-३ को संरचनालाई विश्वास गरेको थियो। जसमा रोनाल्डोलाई पनि स्ट्राइकरको भूमिका दिइएको थियो।

पोर्चुगलका प्रशिक्षक पाउलो बेन्टोले हारबाट दुखी बने। हामीले खेलमा नियन्त्रण बनाएका थियौँ, डिफेन्स पनि राम्रै भएको हो तर भाग्य साथमा नहुँदा हामीले जित हासिल गर्न सकेनौँ, प्रशिक्षक बेन्टोले भने। मध्यान्तर हुन लाग्दा पोर्चुगलका पेपले प्रहार गरेको बल जर्मनीको गोलपोष्टमा लागेर फर्केको थियो।

जर्मनीका प्रशिक्षक लोउले अनुभवी डिफेन्डर पर मर्टिसाकर र स्ट्राइकर मिरोस्लाभ क्लोजलाई पहिलो रोजाइँमा स्थान नदिई आश्चर्यचकित पारेका थिए। पोर्चुगलविरुद्ध बायर्न म्युनिखका होल्गर ब्याडस्तबर र बोरुसिया डर्टमन्डका म्याट्स हृयामेल्सले सेन्टर डिफेन्डरको भूमिका निर्वाह गरे भने कप्तान फिलिप लाम लेˆट ब्याक र बायर्नका बोएटेङले राइट ब्याकबाट खेलेका थिए।

जर्मनीले बुधबार नेदरल्यान्डविरुद्ध खेल्नेछ। सोही दिन पोर्चुगलले डेनमार्कको सामना गर्नेछ।

नेदरल्यान्ड स्तब्ध

खार्किभ -युक्रेन)। डेनमार्कले शनिबार राति नेदरल्यान्डलाई १-० ले हराएर युरो २०१२ मा पहिलो स्तब्धकारी नतिजा निकालेको छ।

खेलको २४औँ मिनेटमा डेनमार्कका माइकल क्रोन देहलीले गरेको गोलको जवाफ फर्काउन नसक्दा नेदरल्यान्ड हिस्स बन्यो। नेदरल्यान्डका कप्तान मार्क भान बोमेल र जोन हिटिन्ग्वालाई झुक्याएर देहलीले बाँया खुट्टाले गोल गरे।

सन् २०१० को विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमा डेनमार्कलाई हराउने नेदरल्यान्डले बराबरी गोल गर्ने अनगिन्ती अवसर पाएको थियो। नेदरल्यान्डले गोल गर्न मौकाको सिर्जना गरे पनि अन्तिम लक्ष्य भेद्न सकेन। खेलको ३६औँ मिनेटमा आर्येन रोवेनको प्रहार गोलपोष्टमा लागेर फर्किनु पनि नेदरल्यान्डको दुर्भाग्य बन्यो।

नेदरल्यान्डका प्रशिक्षक स्टेफन एन्डरसनले क्लान जान हुन्टिलारको स्थानमा पहिलो रोजाइँमा खेल्न दिएको मौकालाई रोविन भान पर्सीले भुलाउन सकेनन्।

नेदरल्यान्ड र जर्मनीबीचको खेल युरो-२०१२ अन्तर्गत युक्रेनमा खेलिएको पहिलो खेल हो। एपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home