अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
'तागत छ भने जनतामा जाऔं'
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलले गरेका निर्णय अब राष्ट्रिय सहमति हुन नसक्ने बताउनुभएको छ।

राप्रपा नेपालले शनिबार आयोजना गरेको बृहत् आमसभामा बोल्दै उहाँले भन्नुभयो, "चार दलले सिन्डिकेट गरेर मुलुकमाथि ब्रहृमलुट गर्ने दिन समाप्त भएको छ।"

उहाँले चार वर्षअघि सम्पन्न संविधानसभाको निर्वाचनमा पाएको भोटका आधारमा चार दलले अझै पनि मुलुकमा वर्चस्व राख्न खोजिरहेको आरोप लगाउँदै संविधानसभा अन्त्य भइसकेकाले अब कुनै पनि दल ठूलो नभएको र अब हुने जुनसुकै सहमति र सम्झौतामा आफूहरूको पनि सहभागिता हुनुपर्ने बताउनुभयो।

उहाँले चार वर्षअघि पाएको भोटका आधारमा बनेका प्रमुख चार दलको सहमति र सल्लाहमा कुनै पनि निर्णय नलिन राष्ट्रपतिसमक्ष आग्रह गर्दै त्यस्तो कुनै निर्णय लिइएमा मुलुक दुर्गतितिर जाने दाबी गर्नुभयो।

अध्यक्ष थापाले संविधानसभाको हत्यामा चार दल बराबर जिम्मेवार छन् भन्दै उनीहरूको अकर्मण्यता, गलत नीति र सत्तालिप्साका कारण संविधान बन्न नसकेर संविधानसभाले मृत्युवरण गर्न पुगेको बताउनुभयो।

"संविधानसभालाई मृत्युमा पुर्‍याई चार दलले जघन्य अपराध गरेका छन्", उहाँले भन्नुभयो, "उनीहरूलाई जनताले माफ गर्नेछैनन्।"

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home