पछाडि बन्दुक बोकेका केही सैनिक अगाडि एक निर्वस्त्र बालिकासहित पाँच बालबालिका रुँदैकराउँदै दगुर्दै गरेको तस्बिर। आजभन्दा ठीक ४० वर्षअघि अर्थात् ८ जुन १९७२ मा भियतनाम युद्धको यो कालजयी तस्बिर खिचिएको थियो।
एसोसिएट प्रेसका फोटोग्राफर हृयु काँग उत् जो निक उत्को व्यावसायिक नामबाट बढी परिचित छन्, लाई त्यतिबेला यो प्रसिद्ध श्यामश्वेत तस्बिर खिच्न केही सेकेन्ड लाग्यो। यो तस्बिरले भियतनाम युद्धको त्रासदीलाई शब्दबाट कसैगरी पनि वर्णन गर्न नसकिने युद्ध विभिषिका वर्णन गर्न सक्षममात्र भएन अमेरिकी इतिहासमै यो युद्ध अन्त्य गर्न निकै सघाउ पनि पुर्यायो।
तर, यस तस्बिरको कथाव्यथा भने बेग्लै छ। यो त्यस्तो नौ वषर्ीया बालिका किम फुकको कथा हो, जसलाई संयोगवश फोटोग्राफर उत्सँग भेट गरायो। यो त्यही क्षण थियो जुन ती बालिकाका लागि जीवनले उनका लागि योजना गरेका यात्रा बुभ\mन वरदान तथा अभिशाप दुवै साबित भए।
"म वास्तवमै त्यो सानी केटीको विगतबाट पलायन हुन चाहन्थेँ," ४९ वषर्ीया फुक भन्छिन्, "तर, सो तस्बिरबाट पार पाउन सकिएलाजस्तो मलाई लाग्दैन।"
८ जुन १९७२ फुकले सिपाही कराउँदै गरेकी सुनिन्, "हामीले यो ठाउँबाट तुरन्तै भागिहाल्नुपर्छ। दुस्मनले यहाँ बम वषर्ा गर्नेछन् र हामी मर्नेछौँ।" केही क्षणमै उनले काओ दाइ मन्दिरनजिकै बमका पहेँलो तथा वैजनी रङका धूवाँ मडारिरहेका देखिन्, यो त्यही ठाउँ थियो जहाँ उनका परिवार तीन दिनदेखि आश्रति थियो। उत्तर तथा दक्षिण भियतनामका सेना गाउँ नियन्त्रण लिन संघर्षरत थिए।
ती सानी बालिकाले आप\mनो टाउकोमाथि नै भयङ्कर ठूलो आवाज सुनिन्। दक्षिण भियतनामका सैनिक विमानहरू अन्डा खसालेझँै गोलाबारुद खसाउँदै गए, जताततै आवाज थियो ड्याङडुडुङ र बुमबुमको। ठूलो भूकम्प आएजसो गरेर जमिन कम्पायमान थियो। गोलाबारुद पड्केको पड्क्यै थियो, आगोका सुन्तले रङका लप्काहरू ज्ाताततै देखिन थाले।
यो त्रासदीबीच उनी हाइवे-१ स्थित नापाल्म क्षेत्रमा आप\mनो दाइको पछाडि दौडिरहिन्। उनले कराउँदै, दौडँदै गर्दा आप\mना अगाडि विदेशी पत्रकारको जमातलाई पनि देखिनन्। यसैक्रममा उनी अचेत भइन्।
यो कालजयी तस्बिर लिएका २१ वषर्ीय भियतनामी फोटोग्राफर उत्ले फुकलाई नजिकैको सानो अस्पतालतर्फ दौडाए। त्यहाँ बच्चीलाई उपचार गराउन नसकिने जवाफ पाएपछि फोटोग्राफरले तत्कालै आप\mनो अमेरिकन प्रेस ब्याज देखाए र चिकित्सकहरूसँग बालिकाको उपचारको वाचा लिए। बालिकालाई पनि उत्ले यही आश्वासन दिएर त्यहाँबाट हिँडे।
"ती बालिकालाई दौडँदै गरेको देख्दा मेरा आँखाहरू भिजे," फोटोग्राफर उत्का दाइ पनि एपीका लागि समाचार संकलनक्रममा यही युद्धमा मारिएका थिए, सायद यही कारणले हुन सक्छ फुकका लागि भावुक बनेका थिए उनी ।
यता, अमेरिका समर्थित साइगनस्थित कार्यालयमा उत्ले रिल धुलाए। तस्बिरमा बालिकाको नाङ्गो तस्बिर देखिएपछि एपी समाचार समितिको नग्नताप्रति सख्त नीतिका कारण यो तस्बिर अस्वीकार गरिने शङ्का सबैमा भयो। तर, वरिष्ठ भियतनामी फोटो सम्पादक होस्र्ट फासले तस्बिरमा एक दृष्टि पुर्याए र उनलाई त्यतिबेलै आभास भयो यो तस्बिर सबै नियम तोड्नकै लागि खिचिएको थियो। उनले तस्बिरको समाचार महत्त्वबारे तर्कपूर्ण विचार राखे, आखिरमा उनकै विचारले जित्यो।
केही दिनपछि एपीले यो तस्बिर सार्वजनिक गर्यो र पूरा विश्वमै सनसनी फैलायो। यी सानी बालिकाको उद्धारमा बि्रटिस इन्डिपेन्डेन्ट टेलिभिजन नेटवर्क संवाददाता क्रिष्टोफर वेनको पनि संलग्नता रहेको थियो। उनैले फुकलाई आप\mनो क्यान्टिनबाट पानी खान दिनुका साथै उनको जलेको पिठ्यूँमा पानी छर्केका थिए। र, उनैले साइगनस्थित अमेरिकाद्वारा सञ्चालित एक सुविधासम्पन्न अस्पतालमा बालिकाको उपचारका लागि अथक प्रयास गरेका थिए।
ती सानी फुकको ३० प्रतिशतभन्दा बढी भाग जलेको थियो तर सौभाग्यवश उनको अनुहारको भाग भने बचेको थियो। समयसँगै उनका घाउ पुरिन थाले। कैयौँपटकको शल्यक्रियापछि फुकलाई १३ महिनापछि अस्पतालबाट घर फिर्ता पठाइएको थियो। उनले उत्को सो तस्बिर हेरेकी थिइन्, त्यतिबेलासम्म सो तस्बिरले पत्रकारिता जगत्को सर्वोच्च पुलिटजर पुरस्कार प्राप्त गरिसकेको थियो। तर, उनी यस तस्बिरको पहुँच तथा शक्तिबारे अनभिज्ञ थिइन्। उनलाई त्यतिबेला एउटै कुराको ध्याउन्न थियो- घर फर्किने र फेरि आप\mनो बालापनमै रम्ने।
तत्कालका लागि सबै कुरा सामान्यीकरणतर्फ बढे। तस्बिर संसारभर चर्चित भयो तर फुकलाई चिन्ने कम्बोडियाको सीमानजिक उनको गाउँ ट्राङबाङका बासिन्दाबाहेक अरू कोही थिएनन्। उत् तथा केही पत्रकारले केहीपटक उनलाई भेटे तर यो क्रम ३० अपि्रल १९७५ मा उत्तरी भियतनामका कम्युनिस्ट सेनाले दक्षिण भियतनामलाई आप\mनो नियन्त्रणमा लिँदै युद्ध अन्त्यका साथै टुङ्गियो। नयाँ कम्युनिस्ट शासनअन्तर्गत जीवन निर्वाह कष्टकर बन्दै गयो। स्वास्थ्य उपचार तथा दुखाइ कम गर्ने औषधि निकै महँगा मात्र होइनन् तन्नेरीलाई बिक्री वितरण गर्न बन्देज लगाइएको थियो। विडम्बना यो उमेर समूहमा टाउको दुख्ने तथा अन्य दुखाइको समस्या अत्यधिक थियो।
फुकले कडा मिहिनेत गरिन् र डाक्टर बन्ने आप\mनो सपना साकार पार्न मेडिकल स्कुलमा भर्ना पाउन सफल भइन्। तर, उनको यो सपना त्यतिबेला चकनाचुर भयो जब नयाँ कम्युनिस्ट सरकारले त्यो तस्बिरमा भएकी 'नापाल्म केटी' फुकको प्रोपोगन्डा महत्त्व बुझे। त्यसपछि उनलाई कलेज छोडेर घर फर्किन बाध्य पारियो, जहाँ उनले विदेशी पत्रकारसँग साक्षात्कार गर्नुपथ्र्याे। यी भेटघाट कम्युनिस्ट सरकारहरूद्वारा रेखदेख र नियन्त्रणमा हुन्थ्यो। उनले बोल्ने शब्दहरू पहिल्यै लिपिबद्ध हुन्थ्यो। उनले कृत्रिम मुस्कान र भूमिका देखाउनुपथ्र्याे। उनी आफँैभित्र उद्वेलित हुनेक्रम सुरु भइसकेको थियो।
'म सोे तस्बिरबाट पलायन हुन चाहन्थेँ, नापाल्ममा म जल्न पुगेपछि युद्धपीडित भएँ तर यसैक्रममा अर्कै किसिमको यातनाबाट समेत पीडित पनि हुन पुगेँ।
फुक अगाडि भन्छिन्, ''म्ोरो हृदय बिल्कुलै कालो कफीबराबर थियो। म मेरा नातेदार तथा दक्षिण भियतनामी सैनिकहरू ज्ास्तै मरेको भए हुने थियो भन्ने लागिरहन्थ्यो। त्यतिबेला मरेको भए यस्तो पीडा त खप्नु पर्दैनथ्यो होला ............ आक्रोश तथा तिक्तताबीच मलाई सबै किसिमका बोझ ब्ाोक्न साह्रै कठिन भइरहेको थियो।''
समयको प्रवाहसँगै सो तस्बिरले उनलाई अनपेक्षित चर्चा तथा अवसरहरूको सिर्जना गरिदियो। सन् १९८२ एक विदेशी पत्रकारको मद्दतले स्वास्थ्य उपचारका लागि उनी जर्मनी गइन्। उनको घटनाबाट प्रभावित भएर भियतनामी प्रधानमन्त्रीले उच्च शिक्षा अध्ययनका लागि क्युबा जाने जाँचोपाँजो मिलाइदिए। यस अवसरपछि उनलाई आप\mनो घरको चक्कर लगाउने पत्रकार तथा अरूहरूबाट छुट्कारा मिल्यो तर उनको जीवन सामान्यीकरणतर्फ आइसकेको थिएन। फोटोग्राफर उत् त्यतिबेला एपीको लसएन्जेल्सस्थित कार्यालयमा काम गर्थे र फुकलाई भेट्न सन् १९८९ मा क्युबा गए तर त्यहाँ पनि उनीहरूले कहिल्यै एकसाथ कुरा गर्नसम्म पाएनन्। फुकलाई फेरि आप\mनो जरुरत छ भन्ने कुरा थाहा पाउन उत््लाई कुनै अवसर नै मिलेन।
फुकले अध्ययनकै सिलसिलामा एक भियतनामी युवकलाई भेट्टाइन् , उनलाई आप\mनो पाखुरा तथा पछाडिको भागमा रहेका आगोले पोलेका खत देखेर कसैले चाहलान्् भन्ने विश्वासै थिएन तर बुई हुय तोयन यिनै खत देखेर उनलाई बढी माया गर्न थालिसकेका थिए। यसैबीच नजिकिँदो सम्बन्धबीच उनीहरूले सन् १९९२ मा विवाह गर्ने निर्णय गरे।
फुकले उत्लाई यो समाचार दिन सम्पर्क गरिन् र उनले फुकलाई आप\mनो कथा संसारलाई बताउन प्रोत्साहित गरे। उनी अन्तर्वार्ता दिन तथा तस्बिर खिचाउन व्यस्त हुन थालिन्।
अहिले मिडियाले नै फुक सपरिवार क्यानाडाको टोरेन्टोनजिकै बस्छिन् भन्ने पत्ता लगाउँदा उनी भनिरहेकी थिइन्, ''मेरो श्रीमान् तथा परिवार छ। अरूले जस्तै सामान्य जीवनयापन गर्न चाहन्छु।''
सन् १९९९ मा उनका बारेमा एक किताब र वृत्तचित्र पनि सार्वजनिक भइसकेको छ।
युद्धपीडितको सहायताका लागि राष्ट्रसंघीय सद्भावना राजदूत बनिदिन फुकलाई आग्रह गरिएको थियो। यसै क्रममा उत् र उनीबीच निकैपटक भेटघाट भइसकेको छ। बेलायती महारानीलगायत धेरैसँग उनको भेटघाट पनि भइसकेको छ। यतिमात्र होइन उनीले क्याम्बि्रज विश्वविद्यालयमा समेत प्रवचन दिइस्ाकेकी छन्।
''म निकै खुसी छु किनकि मैले किम फुकलाई मद्दत गरेँ,'' ४० वर्षपछि पनि एपीकै लागि कार्यरत उत् हालसालै मात्र बमबारी भएको र कालजयी तस्बिर लिइएको ट्राङबाङ गएका थिए, पहिलेका घटनालाई सम्भ"mदै फोटोग्राफर भन्छन्, ''फुकलाई म आप\mनी छोरी भनेर बोलाउने गर्छु।''