परापूर्वकालदेखि नै मान्छेमात्र होइन अरू जीवजन्तुसमेत प्रथम सृष्टिकर्ता मान्ािन्थे रे ब्रहृमाजी। अनि तीन लोक, चौधै भुवनभरि एकैसाथ नौला, नयाँ खबर पुर्याउन खप्पिस थिए रे नारदमुनी पनि। मानिलिउँ- उतिबेलाको खबरजगत्का एकछत्र सञ्चारनायक रहेछन् नारद। यताउता केके गर्दागर्दै निकै दिन भएछ दुईको भेट नभा'को पनि। एक दिन समय मिलाएर ब्रहृमाजीलाई भेट गर्न नारद ब्रहृमलोक पुगेछन्। तर, यसपालि अलि ढिलाएर जाँदा नयाँ नौलो लोकमा पुगेको अनुभव भएछ नारदजीलाई। पहिले धेरैजसो फुर्सदमै देखिने उमेरले निकै बृद्ध ब्रहृमाजीलाई त्यस दिन प्रयोगशालामा अस्तव्यस्त देखेर नारदजी अलमल्ल परेछन्।
'के गर्दै छन् यी लहडी बूढा Û कति जाँगर चलेको हो, यो उमेरमा पनि Û' मनमनै गुनेछन् नारद बाजेले।
हुन पनि निकै अस्तव्यस्त देखिन्थ्यो ब्रहृमलोक त्यस दिन Û प्रयोगशालाको बाहिरी चउरमा चार/पाँच वटुहरू असाधारण किसिमले हृष्टपुष्ट देखिने अर्ना नामधारी जनावरलाई शिरदेखि खुरसम्म माडीमाडी दूधले नुहाइदिँदै थिए। नारदजी देख्तै जिल्ल परेर एकछिन त्यतै लर्बरिएछन्। चङ्ख आँखा यसो यताउता लाग्न नपाउँदै अर्को सुरम्य दृश्य दृष्टिगोचर हुन पुगेछ। खाइलाग्दो, हृष्टपुष्ट कालो बंगुरलाई कोही चेलाचपेटाले पङ्खा हम्किएर झिँगा, भुसुना धपाउँदै रहेछन्। कोही चमर डोलाएर डाँठ, मच्छड धपाउँदै थिए। अर्कोतिर कोही तातोपानी र स्याम्पुले मिचीमिची गैँडाको मांसल कायामाथि दिवास्नान सम्पन्न गराउन तल्लिन देखिए। कोही म्यागडोयलले तयार पारेका मीठामीठा परिकारका दाना, खोले, कुँडो खुवाएर गर्दभ बाबामा सेवा सत्कार पुर्याउँदै थिए। अर्कातिर विडाल वंशकै उत्कृष्ट उत्पादन भन्न सुहाउने उर्मुट्ट ज्यान परेको चितुवाको शिरदेखि पाउसम्म मालिसपालिस गरेर दिलोज्यानले सेवा सत्कार गरिरहेका थिए।
बूढा ब्रहृमाजी भने नाकको डाँडीमाथि अडिएको चस्मालाई घरीघरी सम्हाल्दै घरी यताको प्रयोगशालाबाट उताको ल्याबतिर दौडधुप गर्दै व्यस्त देखिन्थे। नानाथरी सिसी, बोतल, ट्वाक, रिकापी बाटामा थरिथरि यन्त्र सिरिन्जले विभिन्न प्रकारका पदार्थको सम्मिश्रण, उच्छेद, विच्छेद र विपर्यासका क्रिया सम्पन्न गरेर नयाँ जिन उत्पादन गर्न तल्लीन रहेका थिए।
'हैन केको सृष्टि गर्न लाग्नुभो यो फेरि ? यसै त जीवजिवातले पृथ्वी अटाइनअटाइ भा'छ। त्यसमाथि अरू प्राणीको भार थप्दा कतै अनर्थ हुने त होइन प्रभो ?'
एकाएक कानमा बजि्रएको नारदजीको प्रश्नले ब्रहृमाजी झसङ्ग भए। अलिबेर त झनक्क रिस पनि उठ्यो। आँखीभौँमाथि देखिएको रिसको भुमरी नारदजीको अनुहारको स्पर्शले उतिबेरै हरायो पनि। एकपटक हल्का खोकेर घाँटी सफा गर्दै ब्रहृमाजीले भने, "नयाँ 'जीन' तयार गर्दै छु। 'क्लोनिङ' गरेर नौलो जिवात सृष्टि गर्नैपर्ने खण्ड आइलाग्यो यतिबेर। जटिल काममा भिड्दै छु, त्यही उद्देश्यले ।"
"किन नौलो प्राणीको आवश्यकता पर्यो यतिबेर ? यो बुढेसकालमा कति दुःख गर्नुभएको," नारदजीको छुच्चो मुख। प्वाक्क बोलिहाले।
"म पनि त्यसै भन्दै त थिएँ। तर, सुख दिएनन् यी अधर्मी मोरामोरीले। अहिलेसम्म कहीँ नभएको नयाँ शक्तिशाली प्राणीको उत्पादन गर्नुपर्यो रे Û" धोद्रो स्वरमा चिन्ताग्रस्त ब्रहृमाजीको भद्र वाणी फुर्यो।
"कुन लोक, कुन प्रदेशबाट माग भएको ?" नारदजीले नम्रतापूर्वक सुध्याए।
"त्यही क्या मत्र्यलोकको नेपाल भन्ने देशबाट," अलि झर्किएको भाँती पारेर ब्रहृमवाक्य फुर्दो भएछ।
"किन त्यस्तो नयाँ प्राणी चाहिएछ त्यहाँ ? राम्रा नेता, शासक, अनेकथरि जीवजन्तु र प्राकृतिक विविधताले परापूर्वकालदेखि नै टनाटन भरिएको ठाउँ थियो त्यो त Û संसारकै दुर्लभ प्राणी, वनस्पति, कीटपतङको शान्त सुन्दर बासस्थान भनेर चिनिन्थ्यो। अनि कहिल्यै पराधीन, परनिर्भर न हुनु पनि त्यो देशको विशेषता नै रहिआएको थियो," नारदजी सुध्याउँदै थिए।
नयाँ खोल अनि नेता जतिले भान्सा गर्ने नयाँखाले राजनीतिक लाप्पा पनि चल्दै रहेछ। केके भइसक्यो रे त्यहाँ त। तिमीलाई पत्तै रहेनछ मुनीजी," ब्रहृमाजी बताउँदै थिए।
एक छिन ध्यानमग्न बनेर नारदजी पनि नेपालसरहको जायजा लिन थाले।
"हो प्रभो, म उता देवलोकतिर निकै समय भुलेछु। यता मत्र्यलोकको नेपाल नामक सुरम्य देश भने मर्कटलोकमा परिणत भइसकेछ। कहिल्यै सोचाइमा नआएको कस्तो अचम्मको कुरा। आफूलाई भने पत्तै थिएन। अनि तत्काल कुन प्रकारको हस्तक्षेप हँुदै छ ब्रहृमलोकबाट ?" नारद बाजेको जिज्ञासापूर्ण प्रश्न थियो।
"अहिलेको समस्या भनेको त्यहाँका राजनीतिकर्मी भनाउँदाहरू विनानियम, विनाकानुन विनासंविधान जथाभावी लुटतन्त्र चलाउन थालेका छन् रे। कोही संसदीय प्रणाली त कोही राष्ट्रपतीय प्रणालीमा जानुपर्छ भनेर नयाँ संविधान नबन्दै आआप\mनै सपना खेलाउन थालेका छन् रे। प्रणाली जुन भए पनि तिमेरुको बुद्धि, विवेक, मन सपि्रनुपर्यो भन्ने सन्देश दिन यो पशु वर्गबाट नौलो प्राणी तयार गरेर पठाउन आँटेको। जनतालाई न्याय सुशासनको प्रत्याभूति दिन सक्ने एउटा सुपरम्यानका रूपमा यसले डाँवाडोल स्थिति सम्हाल्नेछ भन्ने आशा गरेको। त्यसैमा व्यस्त छु बाजे म," ब्रहृमाजीको स्पष्टोक्ति।
"यो पशु वर्गबाट मिलिजुली काम गर्ने कार्यादेश दिएर संयुक्त शासनाधिकारी बनाएर पठाउँदा कसो होला प्रभो ?" नारदजीको संशययुक्त सुझाव।
"फेरि उही ताल भयो भने नि ? अहिले तत्कालैचाहिँ बुद्धिबंगारा उमि्रसकेको जबरस्वाँठ खाइलाग्दो एउटै प्राणी भए पुग्छ जस्तो छ त्यहाँ। कामचोर, लोभीपापी जतिलाई पाहाझैँ पछारेर जनताको तन्त्र लागू गर्ने बलिष्ठ र इमानदार प्राणी तत्कालै चाहिएको रहेछ। पाटीपौवा, ओडार सबैतिर लुते हन्तकाली परेछन् रे अहिले कार्यरत नेता, कार्यकर्ता जति। आपसमा मिली बस्न नचाहने र अरूलाई देख्नै नसक्ने अन्धाअपाहिज नायकहरूको ठाउँमा एउटा इमानदार, बलिष्ठ जीवलाई नियुक्ति दिएर पठाउन लागेको। वानर, चितुवा, गैँडा आदिमा रहेका विशिष्ट गुणहरू एकै जिवातभित्र प्रविष्ट गराउने इरादाले यी विभिन्नखाले प्राणीहरू भेला गरेर मेला लगाउनुपरेको हो।"
चिन्तामग्न देखिने ब्रह्माजी वरपरका गधा, बाँदर, स्याल, चितुवा, बङ्गुरतिर देखाउँदै भन्दै थिए। नारदजी सुन्दै थिए।