अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
नेदरल्यान्डलाई बराबरी पनि अपुग
 

कोलोब्रेज -पोल्यान्ड), जेठ २६ गते। युरो-२०१२ अन्तर्गत शनिबार डेनमार्कविरुद्ध बराबरी पनि नेदरल्यान्डले चित्त नबुझाउने स्थिति छ।

विश्वकप फुटबल प्रतियोगिता-२०१० मा उपविजेता रहेको नेदरल्यान्ड यसपटक युरो च्याम्पियनसिपको ट्रफीसहित घर फर्केमात्र समर्थक खुसी हुनेछन्। समूह 'बी'को पहिलो खेलमा डेनमार्कलाई हराउन नसके नेदरल्यान्डलाई नकआउट चरणको अभियान कठिन बन्नेछ। नेदरल्यान्डले बाँकी खेल जर्मनी र पोर्चुगलविरुद्ध खेल्नुपर्ने हुँदा आफूलाई दबाबमुक्त गर्न भए पनि डेनमार्कविरुद्ध खेल जित्नैपर्नेछ।

नेदरल्यान्डका विङ्गर डर्क क्युट भन्छन्- हाम्रा लागि उपाधि जित्ने यो अन्तिम मौका हो। पछिल्लो विश्वकपमा नेदरल्यान्डका प्रमुख खेलाडीका रूपमा रहेका क्युटले डेनमार्कविरुद्ध पहिलो रोजाइमा खेल्ने अपेक्षा गरिएको छ।

सन् १९९२ मा युरोपेली च्याम्पियनसिप जितेको डेनमार्कले नेदरल्यान्डलाई हराउने सम्भावना निकै कम छ। फुटबल विशेषज्ञको भनाइ मान्ने हो भने आर्येन रोवेन, रोविन भान पर्सी र वेस्ले स्नाइडरजस्ता सुपरस्टार खेलाडी सम्मिलित नेदरल्यान्डलाई हराउन डेनमार्कलाई फलामको च्युरा चपाउनुसरह हुनेछ। डेनमार्क टिममा गोलरक्षक कास्पर स्माइखलजस्ता सम्मानित नाम पनि छन्।। यद्यपि उनी आप\mनो खेलभन्दा डेनमाक र म्यानचेस्टरका महान् गोलरक्षक पिटर स्माइखलको छोराको नाताले उनी लोकपि्रय छन्। उनी पहिलो रोजाइमा पर्ने छाँटसम्म छैन।

हल्यान्डमा जस्तो हाम्रो टिममा ठूला नाम छैनन्, त्यसैले हामी एघारैजना एक भएर खेल्न आवश्यक छ -डेनमार्कका डिफेन्डर डेनियल आगर भन्छन्।

नेदरल्यान्डका प्रशिक्षक बर्टभान मर्विकलाई सेन्टर फरवार्डमा भान पर्सी अथवा क्लास जान हुन्टिलारमध्ये कसलाई प्रयोग गर्ने द्विविधामा छन्। यस सत्रमा भान पर्सी इङ्लिस पि्रमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए। यसैगरी हुन्टिलार जर्मन बुन्डेसलिगा मात्र होइन युरो-२०१२ छनोटमा पनि सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

डेनमार्कका प्रशिक्षक मोर्टेन ओल्सनलाई भने फरवार्डको समस्या छ। यस सत्रमा भाडामा आर्सनलबाट सन्डरल्यान्ड पुगेका निकलस बेन्टनरमा नै भर पर्नुपर्ने उनको अवस्था छ। मिडफिल्डमा भने डेनमार्कले नेदरल्यान्डलाई टक्कर दिनसक्छ। डेनमार्कका युवा मिडफिल्डर क्रिस्टियन इरिक्सनले आयाक्सबाट खेलेर आप\mनो प्रतिभा सिद्ध गरिसकेका छन्। एपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home