अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
गोरखापत्र समाचारदाता
 

ललितपुर, जेठ २० गते। नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीको गैर जिम्मेवारीकै कारण संविधानसभा विघटन भएको आरोप

लगाउनुभएको छ। राजनीतिशास्त्र सङ्घद्वारा शनिबार यहाँ आयोजित 'नेपालको वर्तमान राजनीतिक सङ्कट र समाधान' विषयक अन्तरक्रिया कार्यक्रममा नेपालले त्यस्तो आरोप लगाउनुभएको हो। संविधानसभा विघटनसँगै मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट सुरु भएको पनि उहाँले उल्लेख गर्नुभयो।

'संविधान बनाउने विषय एमाओवादी र उसको नेतृत्वको सरकारको मात्र नभई सबै राजनीतिक दल र सबै जनताको विषय भएको बताउँदै नेपालले साझा सहमति गरेर वैधानिक तबरले समस्या समाधान गर्न छाडी माओवादी एकलौटी हिसाबले अगाडि बढेकाले संविधानसभा विघटनको प्रमुख दोषी पनि माओवादी नै भएको प्रस्ट्याउनुभयो। अहिलेको अवस्थामा नयाँ राजनीतिक समझदारी गरेर अघि बढ्नुको विकल्प नरहेको पनि

नेपालले बताउनुभयो। एमालेलाई सङ्घीयता विरोधी पार्टीको आरोप लगाएर माओवादीले बदनाम गर्न खोजेको पनि नेपालले आरोप लगाउनुभयो। नेता नेपालले माओवादीको बहकाउमा नलाग्न आफ्ना पार्टीका कार्यकर्ता तथा नेताहरूलाई आग्रह गर्नुभयो। पार्टीमा जनजाति नेता कार्यकर्तामा विचलन आएको स्वीकार्दै नेता नेपालले पार्टीभित्रका विचार र मतान्तरलाई बहस र छलफलबाटै निकासमा पुर्‍याइने बताउनुभयो। कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले संविधानसभा विघटनपछि मुलुक अन्धकारमा प्रवेश गरेको भन्दै कानुनी जटिलतालाई राजनीतिक सहमतिबाटै निकास खोजिनुपर्ने बताउनुभयो।

प्राध्यापक कृष्ण पोखरेलले संविधानसभा विघटनपछि सबै राजनीतिक दल ध्रुवीकरणमा जानुभन्दा एक ठाउँमा बसेर समस्या समाधानको उपाय खोज्नुपर्ने बताउनुभयो।

अहिलेसम्मको उपलब्धीलाई संस्थागत गर्न दलहरूको सहमति अपरिहार्य रहेको भन्दै उहाँले नेताहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो। कार्यक्रममा सङ्घका महासचिव इन्दु आचार्यले दलहरूलाई सहमतिमा आउन आग्रह

गर्नुभएको थियो।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home