अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
शनिवार
 
जर्मनी बूढी, पोलिस केटी र झन्डै छुटेको टे्रन
विनोद दीक्षित
 

सन् १९६७ को मध्य जुनमा बुल्गेरियाका राजधानी सोफियामा विश्व युवा महोत्सव आयोजना गरिएको थियोे। नेपालबाट श्री मदनमणि दीक्षितको नेतृत्वमा कम्युनिस्ट प्रतिनिधिमण्डल सर्वश्री मकबुल शाह, सत्येन्द्रप्यारा श्रेष्ठ, सीतानन्दन राय, पृथ्वी शेरचन -भैरहवा) तथा नारायणबाबु श्रेष्ठ -रामेछाप) हुनुहुन्थ्यो भने सरकारतर्फको नेतृत्व श्री खड्गविक्रम शाहले गर्नुभएको थियो। उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरूको नाम मैले बिसेर्ं। त्यसबाहेक प्याटि्रस लुमुम्बा विश्वविद्यालयका नेपाली छात्रमध्ये चन्द्रदेव जोशी र प्रमोदमणि दीक्षितहरू पनि हुनुहुन्थ्यो।

प्रायजसो देशका प्रतिनिधिमण्डल सुरुमा मस्को आए। मस्को एयरपोर्ट स्वागत र बिदाइ गर्न भव्य रूपमा सिँगारिएको थियो। एयरपोर्टकै कक्षमा गीत, सङ्गीत, नाचगान चौबीसै घन्टा भइरहृयो, दुई/तीन दिनसम्म। सोभियत युवा प्रत्येक पाहुनालाई अनिवार्य रूपमा नचाउँथे। अत्यन्तै जोसिलो वातावरण बनेको थियो।

नेपाली कम्युनिट प्रतिनिधिमण्डललाई मैले त्यसबेला दुई दिन दोभाषेमै मद्दते गरेँ। उहाँहरूलाई सोफियाका लागि बिदाइ गरेपछि मलाई पश्चिम बर्लिन जानु थियो, घुम्न, केही लुगाफाटा र अन्य सामान किन्न। पश्चिम बर्लिनमा ड्युटी प|mी थियो, त्यसैले यस्तो मूल्यमा आकर्षक सामान पाइन्थ्यो। म जाने थाहा पाएर प्रायजसो सदस्यले नै मलाई सामान किन्न डलर दिए। मैले नाई भन्ने कुरा आएन, किनभने सबैलाई म काठमाडौँ हुँदादेखि नै चिन्थेँ। मसित वैधानिक रूपमा लैजान पाउने जम्मा १२० डलरको दुइ कागजपत्र थियो। तर, प्रतिनिधिमण्डलका सदस्यहरूले तीन हजार डलरभन्दा बढी नै मलाई दिए, जुन अवैधानिक थियो मेरा लागि, चेक हुँदा म समातिन पनि सक्थेँ। तर पनि मैले आँट गरेँ उहाँहरूलाई यसबारे केही नभनेर।

जाने दिन आयो। टे्रनमा गएर बसेँ। रात काटिसकेपछि केही घन्टाभित्रै पोल्यान्डसित जोडिएको सीमा बे्रस्ट सहर आउँछ। जहाँ टे्रन दुई घन्टा रोकिन्छ अनि त्यही दुई घन्टाको अवधिमा रेलका जम्मै ठुल्ठूला पाङ्ग्रा झिकेर साना पाङ्ग्रा हालिन्छ र त्यही बेला प्रत्येक यात्रुको सबै प्रकारको सुरक्षा जाँज गरिन्छ।

बे्रस्ट आउन डेढ/दुई घन्टा बाँकी हुँदा मलाई ती तीन हजार डलर कहाँ लुकाउने भन्ने चिन्ताले पिरोल्न थाल्यो। ओछ्यानमा खोल थिएन, न त तकियामै। ओछ्यानमुन्तिर लुकाउँ कहीँ चेक गर्दा देखे भने बर्बादै बर्बाद Û पटकपटक बाथरुम गएँ लुकाउने ठाउँ खोज्न तर भरपर्दो र ढुक्क हुने ठाउँ देखिनँ। "ल अब अपि|mकी छात्रजस्तो हुने भइयो" भन्ने तर्कना मनमा आउन थाल्यो किनभने अपि|mकी छात्र बारम्बार समातिएका कुरा हामी सुन्थ्यौँ।

स्टेसन आउन लागेको आभास भयो। बाथरुम गएँ, ठाउँ पुनः खोजेँ, देखिनँ। अनि मनमा के आयो- के आयो, आफूसित ८३ डलर पाइन्टमा राखेर अरू बाँकी अन्डरबियरको बैङ्क पकेटमा राखेँ र आˆनो कुपेमा फर्कें।

स्टेसनमा टे्रन रोकियो, मैले एउटा किताब झिकेँ र बडो ध्यानपूर्वक पढिरहेको अभिनय गर्न थालेँ, यद्यपि मन भने ढुकढुकीको पिङ खेलिरहेको थियो। दुई सुरक्षाकर्मी हाम्रो कुपेमा आए र हामी चारैजनालाई आ-आˆनो सामान खोलेर देखाउन भने। मेरो अत्यन्त सानो झोला थियो त्यो देखाएँ, पासपोर्ट हेरेपछि 'कहाँ जाने ?' भनेर सोधे, मैले 'बर्लिन' भनेँ। उसले हार्ड करेन्सी ? भनी सोध्यो। मैले डलरको दुवै कागजात देखाएर पाइन्टको खल्तीबाट ८३ डलर देखाएँ। उसले गन्यो र सोध्यो

बाँकी ३७ डलर के गर्‍यौ ?' मैले मस्कोको ड्युटी प|mी सपमा खर्च गरेँ भनेँ। ऊ मुसुक्क हाँस्दै के किन्न खर्च गर्‍यौ ? भनेर सोध्यो। मैले स्कटलैन्डको हृविस्की किनेँ तर पछुतो भयो, स्कटलैन्डको हृविस्कीले रूसी भोड्कालाई के जित्न सक्थ्यो र, बेकार खर्च गरेँ भनेँ। ठीक भन्यौ हाम्रो रूसी भोड्कालाई कसैले पनि जित्न सक्दैन उसले भने। भोड्का सबै देशले बनाए तर रूसी भनेको रूसी नै हो, होइन त ? भनी सोध्यो। मैले सबै चम्किने कुरा सुन हुँदैनन् भनेपछि ऊ दङ्ग परेर मलाई धाप दिँदै अर्को साथीलाई 'सिद्धियो ?' भनी सोधेर दुवै कुपेबाहिर निस्के।

मैले अगाडि बसेका दुई यात्रुले नदेख्नेगरी आˆनो दाहिने हात टाउकोमा राख्दै तीन/चारपटक आफैँले आफूलाई स्याबासी दिएँ। ट्रेनभरि बारम्बार सोचिरहेँ, यदि कागजातअनुसार मैले ठ्याक्क १२० डलर देखाएको भए 'अरू छ कि ?' भनेर छामछुम गर्थे होलान् र म समातिन्थेँ। तर, अन्तिम समयमा कस्तो राम्रो उपाय ममा फुर्‍यो।

पश्चिम बर्लिनमा सस्तो होटलको सूची र तीन होटल भएका ठाउँको नाम लिएर आएको थिएँ। बल्लतल्ल सस्तोमा एउटा होटल फेला पारेँ, जसमा सात/आठभन्दा बढी कोठा थिएनन्। होटल मालिक्नी बढी थिइन्, उनैले कोठा देखाइन् र प्रतिदिनको मोल भनिन्। पछि म मस्कोमा पढ्ने गरेको भन्दा जिब्रो टोकिन्, ती बूढीले कोठाबाट केही बोल्दै नबोली बाहिर गइन्। मैले उनले जिब्रो टोकेकोबारे बुझ्न सकिनँर उनी नाजी हिटलरको पक्षधर हुनुपर्छ भन्ने ठहर्‍याएँ। नत्र भने त उनी खुसी हुनुपथ्र्यो किनभने हिटलरको फासीवादबाट मुक्त गराउन त जर्मनलगायत युरोपलाई सोभियत सङ्घले नै निणर्ायक भूमिका खेलेको थियो।

बर्लिनको 'बिल्का' भन्ने सुपरमार्केटमा दिनभरि र साँझभरि किनमेल गरेँ। किन्दै होटलमा सामान ल्याएर थन्काउँदै अनि सामानको लिस्ट पुनः हेर्दै चिनो लगाउँदै त्यही 'बिल्का' मा चार/पाँचपटक ओहोरदोहोर गरेँ।

भोलिपल्ट पूर्वी बर्लिन जान निस्केँ।

विश्व चर्चित बर्लिन पर्खालनेर एकछिन उभिँदा एकपटक पर्खाल छुने इष्र्या लाग्यो। पूर्वी बर्लिन जानका लागि ठूलो ढोकानेर लाममा उभिएँ। आफूभन्दा पछाडि उभिएको विदेशीलाई 'एक सेकेन्ड, म त्यो पर्खाल छोएर आउँछु' भनेँ। मुसुक्क हाँस्दै उसले हुन्छ हुन्छ भन्यो। गएँ, छोएँ र आएँ।

९ मे १९४५ मा सोभियत आर्मीले जर्मनीलगायत केही देशलाई हिटलरको नाजीवादबाट मुक्त गरायो। अमेरिका, बेलायत, प|mान्स र सोभियत सङ्घबीच सम्झौता भएर जर्मनीलाई दुई देश बनाइयो। पूर्वीय जर्मनी र बर्लिन सोभियत सङ्घको नियन्त्रणमा र पश्चिम जर्मनी र पश्चिम बर्लिन अमेरिका, बेलायत र प|mान्सको नियन्त्रणमा। सोभियत सङ्घले पूर्वीय जर्मनीलाई त्यहाँका कम्युनिस्टलाई सुम्प्यो। पछि १९४८ मा यी चारै देशको सहमतीमा बर्लिनमा पर्खाल लगाइयो र पश्चिम जर्मनी, त्यहाँका जर्मनीले नै शासन गर्नेगरी अमेरिका, बेलायत र प|mान्सले सुम्पे। सोभियत सङ्घको प्रभाव बढेको देखेपछि अमेरिकाको सक्रियतामा १९५२ मा नाटो गठन भयो। त्यसको लगत्तै सोभियत सङ्घको सक्रियतामा 'वार्सा प्याक्ट' गठन भयो। त्यो लाममा उभिँदा केटाकेटीदेखि कतै पढेको सुनेका कुरा त्यो बर्लिन पर्खाल हेर्दै सम्भिmरहेँ। जे भए पनि आज जर्मनी एउटै छ, बर्लिनको पर्खाल भत्किसक्यो।

मस्को र्फकने टे्रन ७ः१५ को थियो। बिहान ५ बजे उठेँ अनि यताउता गर्दा पौने ६ बज्यो। म तयार भइसकेको थिएँ। होटलको पैसाको क्लियरेन्स गर्नुपर्‍यो भनेर बूढीलाई खोज्न लागेँ। कतै कोही देखिएनन्। अन्त्यमा मैले कराउँदै 'आमा, आमा Û कोही छ ?' अनेकपटक भनेँ तर कतै सुनुवाइ भएन। सवा ६ भइसकेको थियो, मैले कोठाबाट सबै सामान ल्याएँ र पुनः 'मामा, मामा' भन्दै कराएँ। फेरि चुप Û बाध्य भएर पैसा तिर्दै नतिरी होटलबाट बाहिरिएँ।

टे्रन चढेको झन्डै सात घन्टाजति भयो, बिहान बर्लिनको रेल्वे स्टेसनमा कफी र एउटा स्यानो डुनोट खाएको थिएँ, भोक लाग्यो। म कुपेमा रहेका दुई यात्रु रूसी र जर्मनीलाई 'म खाना खान रेष्टुराँमा जाँदै छु' भनेर निस्केँ अनि सीधै रेष्टुराँ वैगनमा पुगेँ। खाना खाइसकेपछि र्फकंदा एउटा वैगनको करिडोरमा कम्मरसम्म कपाल भएको र एकापट्टकिो मुहार कपालले छोपेजस्तो गरी देखिने एक केटी किताब पढिरहेकी थिई। ऊ अत्यन्त राम्री देखिई। संयोगले हाम्रो नजर जुध्यो उनले मुहारमा मन्दमन्द मुस्कान छरिन्। म रोक्दै नरोकिई आˆनो कुपेमा गएँ। अनि केहीबेरपछि एउटा किताब च्यापेर त्यो केटीको वैगनतिर आएँ, उनको आकर्षणले गर्दा।

आˆनो कुपेअगाडिको करिडोरमा केटी किताब पढिरहेकी थिई। म पनि छेवैमा उभिएर किताबका पाना पल्टाउन थालेँ। केहीबेरपछि हामी दुवैका नजर जुध्यो। ऊ अघिभन्दा अलि बढी मुस्कुराई। मैले उनलाई 'रूसी ?' भनेर रूसी भाषामा सोध्दा उसले 'होइन पोल्सान' भनेर आफू पोलिस केटी भएको जानकारी दिई। उनले मलाई रूसी भाषामै 'ककेसियन ?' भनेर सोध्दा होइन नेपाल। चीन र भारतबीचको देश जसको शिर सबै देशभन्दा उँचो छ, माउन्ट एभरेष्टको देश भनेँ। केटीले नेपालबारे एउटा डकुमेन्ट्री फिल्म हेरेको जसमा नेपाली महिलाका पाँच श्रीमान् हुन्छन् भनी देखाइएको थियो, साँचो हो र ? भनी सोधी। मैले त्यसो होइन, यो फिल्ममा त्यस्तो देखाइएको छ भन्ने कुरा मस्को पढ्न आएपछि थाहा पाएँ, हाम्रो देशमा अनेक जातिप्रजाति छन्, हुन सक्छ कुनै प्रजातिको त्यस्तो चलन होस् यदि यस्तो चलन भएको भए नेपालमै हुँदा हामीले थाहा पाउनुपर्ने हो, मस्कोमा पढ्ने नेपाली छात्र कसैलाई यसबारे थाहा छैन भने।

उसले मलाई आˆनो कुपेमा लगिन्। ऊ एक्लै रहिछन् कुपेमा। मैले ऊसित गफ गर्दा पोल्यान्डबारे आफूले जानेसुनेका कुरा सबै भनेँ। फुटबल खेलाडी र आइस हकीका खेलाडीका नाउँ भनेँ। मेरो बुबा नेपाल-पोल्यान्ड मैत्री सङ्घको सभापति हुनुहुन्छ भनेपछि उसले मेरो हात तानेर खुसी हुँदै हातमा म्वाईं खाई र "हामीबीच पनि मित्रता हुनुपर्‍यो" भन्दै एउटा कपि झिकेर मेरो मस्को र नेपालको ठेगाना लेख्न भनी। मैले लेखेर दिएपछि त्यही कपिको एक पानामा आˆनो घर तथा पढ्ने इन्स्िटच्युटको ठेगाना लेखेर पाना च्यातेर मलाई दिई।

हाम्रो गफ निकै चल्यो। मैले उसको हात हेरेँ जानिफकारजस्तो गरेर तर यथार्थ के भने मलाई हात हेर्न आउँदैन। लाइफलाईन, फेटलाइनसम्म चाहिँ चिन्छु। केटीका हात हेर्दा मैले भन्ने गरेका कुरा दोहोर्‍याएँ, जस्तो केटाकेटी हुँदा तिमी निकै बिरामी परेकी रहिछौ, तिमीले रुचाएको कुरा हरायो, तिमीले मन पराएको केटोलाई अचेल तिमी देख्दिनौ, तिम्रो भविष्य सुनौलो छ इत्यादि। मैले हात हेरेर भनेका कुरा पत्याउँदै त्यस कुरामा आफूले थप्दै नयाँ जानकारी दिइन्।

स्टेसन आउन लागेछ, सिग्नल देखियो। उनले 'वार्सा आयो, अब वार्सापछिको स्टेसनमा म ओर्लन्छु भनेर "खोई र हामीले विधिवत् चिनजान गरेको" भन्दै "मेरो नाउँ मारिया गमुल्का हो" भनी। मैले पनि आˆनो नाउँ भनेँ।

वार्सामा टे्रन रोकियो हामी गफमै मात्र थियौँ। जाडोको छुट्टीमा उसले मलाई वार्सा आउन भनी। मैले उनलाई मस्को बोलाउँदा "विदेश जान हाम्रो देशमा अप्ठ्यारो छ, हत्तपत्त मिल्दैन,' भनी।

यसबीच तीनजना प्रहरी हाम्रो कुपेमा आए। एउटाले पोलिस भाषामा केही भन्यो, केटीले जवाफ दिई अनि म मस्को जाने थाहा पाएपछि उसले ''टे्रन हिँड्यो होला, दौड दौड," भन्दै करायो। हामी बसेको वैगन काटिसकेको रहेछ अनि टे्रनले पाङ्ग्रा चलाइसकेको रहेछ। म दौडिँदै अन्तिम वैगनको हैन्डिल समातेर टे्रनमा चढेँ। कुपेमा र्फकंदा सास पूरै फुलेको थियो। १५/२० सेकेन्ड अझ ढिलो भएको भए मेरो हालत के हुन्थ्यो ? सबै सामान, त्योभन्दा पनि पासपोर्ट सबै छुट्थ्यो। आँखाले

यस्तोविघ्न पनि धोका दिँदोरहेछ।

 
अन्य शीर्षक
.
.
सहज छैनन् अगाडिका बाटा
सशक्त कविको अवशान
रोग निदानमा 'रिमोट सेन्सिङ'
दुःख पाइयो, बढी जान्ने भएर
'टिकीटाका'मा जमेको स्पेन
.
जङ्गल नमासिकनैपनि आम्दानी
लौराले नापिन्छन् वर-वधु

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home