अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
म्यानमारको आर्थिक विकासमा भारतले सहयोग गर्ने
एजेन्सी
 

नयाँदिल्ली, जेठ १५ गते। भारतले आˆनो छिमेकी मुलुक म्यानमारसँग द्विपक्षीय सम्बन्ध सुधार गर्दै ५० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ।

भारतीय प्रधानमन्त्री मनमोहन सिंहको म्यानमार भ्रमणका अवसरमा भारतले म्यानमारको आर्थिक सामाजिक विकासमा सहयोग गर्न चाहेको र त्यसका लागि उक्त सहयोगको दिन लागेको बताइएको छ। भ्रमणका बेला भारतीय प्रधानमन्त्री मनमोहन सिंह र म्यानमारको राष्ट्रपति थन सेनबीच द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा छलफल भएको र भारतले म्यानमारको विकासमा सहयोग गर्ने वाचा गरेको जनाइएको छ।

गत वर्ष म्यानमारका राष्ट्रपतिको भारत भ्रमणका अवसरमा भारतीय एक्सपोर्ट इम्पोर्ट बैङ्क अफ इण्डिया र म्यानमारको फरेन ट्रेड बैङ्कबीच सहकार्य भएको थियो।

भारतीय प्रमको म्यानमार भ्रमणका बेला भारत र म्यानमारका अधिकारीहरूले दुई देशबीचको व्यापार अभिवृद्धिका लागि संयुक्त कार्यदल नै गठन गरेर सम्भावित व्यापार विस्तारका क्षेत्रहरूको पहिचान गर्ने सहमति गरेका छन।

भारतले म्यानमारलाई विभिन्न क्षेत्रका पेशाकर्मीको दक्षता विकासका लागि दिँदै आएको छात्रवृत्तिलाई पनि आगामी दिनमा बढाउने भएको छ।

म्यानमार र भारत नजिको राष्ट्र भए पनि सो मुलुकमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरताका कारण व्यापार अभिवृद्धि हुन कठिनाइ पर्दै आएकोमा हाल राजनीतिक अस्थिरता मत्थर हुँदै गएकोले भारतले पनि म्यानमारसँग व्यापार बढाउने चासो देखाएको हो। आगामी दिनमा भारत र म्यानमारबीच सूचना र प्रविधि, ऊर्जा, सडक विस्तार, भौतिक पूर्वाधार निर्माण, पर्यटक आदानप्रदान, टेलिकम र आतङ्कवादविरुद्ध लड्ने कार्यमा सहकार्य गर्ने भएका छन्।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home