काठमाडौँ, जेठ ९ गते। नेकपा एमालेकेन्द्रीय अनुशासन आयोगले ज्ञापनपत्रमा हस्ताक्षर गर्ने सभासद्हरूलाई पार्टी निर्णयको पक्षमा दृढतापूर्वक उभिन र अभिमत जाहेर गर्न निर्देशन दिएको छ।
आयोगले पार्टी निर्णयको पक्षमा दृढतापूर्वक उभिनका लागि एमाले संसदीय दल र पार्टीको तर्फबाट सघन पहल गर्नसमेत निर्देशन दिएको छ।
नेकपा -एमाले) अध्यक्ष झलनाथ खनालसहित स्थायी कमिटीका सदस्यहरूको उपस्थितिमा मङ्गलबार दलको कार्यालयमा बसेको आयोगको बैठकले 'एकल जातीय पहिचानसहितको राज्य पुनःसंरचनामा नजाने' पार्टी निर्णयविपरीत हस्ताक्षर गर्ने सभासद्हरूलाई यस्तो सचेत गराएको हो।
सभासद्हरूको हस्ताक्षर प्रकरणलाई आयोगले पार्टी र संसदीय क्षेत्रमा देखापर्दै गएको गैरवर्गीय चिन्तन, व्यक्तिवादी र स्वच्छन्द प्रवृत्ति, आचरण र व्यवहारमा आएको ह्रासोन्मुख प्रवृत्ति ठहर गरेको छ।