अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
नाडाल, सारापोभालाई उपाधि
 

रोम, जेठ ८ गते। राफेल नाडालले सोमबार शीर्ष वरीयताका नोभाक जोकोभिचलाई सोझो सेटमा ७-५, ६-३ ले हराएर रोम मास्टर्स टेनिस प्रतियोगिताको उपाधि जितेका छन्।

गत वर्ष यहाँ फाइनलमा जोकोभिचले नाडाललाई हराएको थियो। यस नतिजाले नाडाल पुनः विश्व वरीयताको दोस्रो स्थानमा र्फकने भएका छन्। गत हप्ता रोजर फेडररले नाडाललाई तेस्रो स्थानमा धकेलेका थिए। यस सत्रमा नाडालको यो तेस्रो क्ले कोर्ट उपाधि हो। उनी मोन्टेकार्लो र बार्सिलोनामा पनि च्याम्पियन बनेका थिए।

यसैगरी, मारिया सारापाभोले आइतबार राति लि नालाई ४-६, ६-४, ७-६ -५) ले हराएर महिला एकल उपाधि रक्षा गरिन्। वषर्ाले गर्दा फाइनल खेलमा दुई घण्टा विश्राम दिइएको थियो। कडा वषर्ासँगै फाइनल खेल पनि कडा रह्यो, लिनाले खेल पछि प्रतिक्रिया दिइन्।

प|mेन्च ओपन विजेता लि ६-४, ४-० को अग्रतासहित सहज जिततर्फ अग्रसर थिइन् तर त्यसपछि उनले लय गुमाइन्। दोस्रो वरीयता प्राप्त सारापाभोले दोस्रो सेट आप\mनो पक्षमा पारेपछि तेस्रो सेटमा पनि ४-१ ले अग्रता लिएकी थिइन्। निणर्ायक सेटमा लिना खेलमा फर्केर स्कोर ५-४ पारे पनि सारापोभाले टाइब्रेकरमा उपाधि हात पारिन् । अन्तिम सेट ५-५ को स्थितिमा छँदा पानी परेर खेल रोकिएको थियो। म्याच रोकिनुअघि दुवैको ५-५ अङ्क थियो। सारापोभाले जितपछि भनिन्- मलाई लाग्छ म प|mेञ्च ओपनका लागि तयार छु। एपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home