काठमाडौँ, जेठ ८ गते। एएफसी यु-१४ फेस्टिभल अफ फुटबलअन्तर्गत सोमबार 'स्किल टेस्ट' सम्पन्न भएको छ।
एएफसी यु-१४ फेस्टिभलअन्तर्गत आज तेस्रो दिन हो। पछिल्ला दुई दिन फुटबल प्रतियोगिता भएको थियो। जसमा नेपालका 'ए' र 'ब'ी दुवै टिम अपराजित बने। नेपालको 'ए' टिमले खेलेको चार खेलमध्ये दुईमा जित र दुईमा गोलरहित बराबरी नतिजा निकाल्यो भने 'बी' टिमले तीनै खेल जित्यो।
नेपालका प्रशिक्षक बालगोपाल महर्जनले सहभागी खेलाडीहरूको दक्षता परीक्षण गर्ने उद्देश्यले स्किल टेस्टको कार्यक्रम गरिएको बताए। उनी भन्छन्, राम्रो खेलाडी बन्न स्किल टेस्टको ज्ञान हुनु जरुरी छ जसले खेलाडीलाई फुटबलबारे सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सिकाउँछ।
यस्ता टेस्टले हरेक वर्गका खेलाडीलाई फाइदा पुर्याउँछ, सामान्यता युरोपेली मुलुकमा आठ वर्षभन्दामुनिदेखि नै यस्ता परीक्षण गरिन्छ-प्रशिक्षक महर्जन बताए।
स्किल टेस्टअन्तर्गत आज बललाई नियन्त्रणमा राख्ने, छलाउने, पास गर्ने, गोलपोस्टमा प्रहार गर्ने र गोलरक्षणको विभिन्न कलाहरूको परीक्षण गरिएको थियो। एसियाली फुटबल महासङ्घ -एएफसी)ले सञ्चालन गरेको यस्ता फेस्टिभलले खेलाडीलाई मात्र नभई प्रशिक्षक, रेप|mी र फिजियोथेरापिष्टलाई पनि लाभान्वित पारेको छ, प्रशिक्षक महर्जन थप्छन्। मङ्गलबार दोस्रो चरणका फुटबल खेल हुनेछन्। जुन ६० मिनेटमा खेलाइनेछ। फुटबल फेस्टिभलमा नेपालसहित बंगलादेश, भुटान, भारत र श्रीलङ्का गरी पाँच राष्ट्रको सहभागिता रहेको छ।