रोम, जेठ ७ गते। शीर्ष वरीयताका नोभाक जोकोभिच र स्पेनका राफेल नाडालबीच इटालियन ओपनको उपाधि भिडन्त हुने भएको छ।
गतविजेता जोकोभिचले शनिबार राति सेमिफाइनलमा रोजर फेडररलाई सोझो सेटमा ६-२, ७-६ -४)ले हराए। अर्को सेमिफाइनलमा पाँचपटक यहाँ उपाधि जितिसकेका नाडालले आˆनै देशका डेभिड फेररलाई ७-६ -६), ६-० ले पाखा लगाए।
हामी दुवै शारीरिक रूपमा दुरुस्त छौँ, त्यसैले भोलिको फाइनल उत्कृष्ट हुनेछ, हामी दुईले एकअर्काविरुद्ध धेरै खेलिसकेका छौँ, दुवैलाई एकअर्काको सशक्त र कमजोरी पक्ष थाहा छ, त्यसैले भोलि राम्रो भिडन्त हुनेछ, प|mेन्च ओपनअघि दुवै उपाधि जित्न लालायित पनि छौँ -जोकोभिचले भने। गत सत्रमा जोकोभिचले जित्न नसकेको ग्रान्डस्लाम प|mेन्च ओपनमात्र हो। क्लेकोर्टमा खेलिने ग्रान्डस्लाम प|mेन्च ओपन आगामी हप्ता सुरु हुँदैछ।
गतवर्ष नाडाललाई नै हराएर जोकोभिचले उपाधि जितेका थिए। त्यसपछि उनले अस्ट्रेलियन ओपनको फाइनलमा पनि नाडाललाई हराएका थिए। सो खेल पाँच घण्टा ५३ मिनेट चलेको थियो। जुन ग्रान्डस्लाम फाइनलमा अहिलेसम्मको सर्वाधिक लामो खेल हो तर नाडालले गतमहिना मोन्टेकार्लोको फाइनलमा जोकोभिचलाई सजिलै हराएर बदला लिइसकेका छन्। यहाँ भने नाडालले जोकोभिचलाई सन् २००९ को फाइनलमा पराजित गरेका थिए। यी दुई खेलाडीबीचको 'हेड टु हेड' प्रदर्शनमा पनि नाडाल १७-१४ ले अगाडि रहेका छन्। एपी