अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
कोलकाताको दोस्रो स्थान पक्का
 

नयाँदिल्ली, जेठ ७ गते। इन्डियन पि्रमियर लिग (आईपीएल) मा शनिबार राति कोलकाता नाइट राइडर्सले पुणे वारियर्सलाई ३४ रनले पराजित गरेको छ। यस नतिजासँगै कोलकाता दोस्रो स्थान बनाएर प्लेअफमा खेल्ने पक्का भएको छ।

पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा मात्र १३६ रनको सामान्य योगफल तयार पारेको थियो तर घरेलु टिम पुणे वारियर्सले ब्याटिङका लागि कठिन पिचमा १३७ रनको लक्ष्यको पिछा गर्न सकेन। पुणेले २० ओभरमा आठ विकेटको क्षतिमा १०२ रनमात्र बनाउनसक्यो।

सौरभ गाँगुलीको नेतृत्वमा रहेको पुणेको यो लगातार आठौँ हार हो। जुन कुनै पनि टिमले नचाहने कीर्तिमान पनि कायम भएको छ। डेकन चार्जर्सले अन्तिम दुई खेल जितेमा पुणे अन्तिम स्थानमा रहनेछ।

कोलकाता नाइट राइडर्सले लक्ष्य जोगाउने क्रममा स्पिनरको राम्रो सहयोग पायो। सकिब अल हसनले १८ रनमा दुई, युसुफ पठानले १२ रनमा दुई तथा इकबाल अब्दुल्लाले २० रनमा एक र वेस्टइन्डिजका सुनील नारिनले १५ रनमा एक विकेट लिए। यसअघि बङ्गलादेशका सकिबले सङ्कटको समयमा तेज गतिमा ४२ रनको पालि पनि खेलेका थिए। उनी नै 'म्यान अफ द म्याच' घोषित भए। एजेन्सी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home