काठमाडौँ, जेठ ७ गते। एएफसी यु-१४ फेस्टिभल अफ फुटबलमा नेपालले दोस्रो दिन पनि आप\mनो अपराजित यात्रा कायम गरेको छ।
नेपाल यु-१४ 'बी'ले आइतबार श्रीलङ्का यु-१४ 'बी'लाई ४-० ले हरायो। त्यसपछि उसले भुटानको युवा टिमलाई पनि पराजित गरेको थियो। नेपालको यु-१४ 'ए' टिम भने भारतको यु-१४ 'ए' टिमसँग गोलरहित बराबरीमा रोकियो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालको यु-१४ 'ए' टिम भने भारतको यु-१४ 'ए' टिमविरुद्धको खेलमा गोल नभए पनि दुवै टिमले उत्कृष्ट फुटबल खेलेका थिए।
यसैगरी श्रीलङ्काविरुद्धको खेलमा नेपाल 'बी'का लागि सुमन प्रजापती, रामचन्द्र ओली, शिव सुवेदीले गोल गरे। खेलको २९औँ मिनेटमा सुमनले नै पेनाल्टीमा गोल गरी खेल स्कोर ४-० गरे। त्यसपछि घरेलुु 'बी' टिम निर्धारित ३० मिनेटको खेलमा भुटानको टिमविरुद्ध आधा दर्जन गोल गर्न सफल भयो।
भुटानको 'ए' टिमले बङ्गलादेशको 'ए' टिमलाई गोलरहित बराबरीमा रोकी पहिलोपटक पराजय टार्यो। अन्य खेलमा बङ्गलादेशको 'ए' टिमले भारतको 'बी' टिमलाई १-० र बङ्गलादेशको 'बी' टिमले श्रीलङ्काको 'बी' टिमलाई ४-० ले हराए। भारतको 'ए' र श्रीलङ्काको 'ए' टिमबीचको खेल भने गोलरहित बराबरीमा सकियो। यसैगरी अन्तिम खेलमा नेपाल 'ए'ले भुटानको 'बी' टिमलाई ६-० ले हरायो।