काठमाडौँ, जेठ ७ गते। हिमालयन इन्पिmल्डरले शनिबार फाइनलमा क्लब मोसेसमाथि २-१ को विजय हासिल गर्दै पहिलो अमरसिंह कप सेभेन 'ए' साइड फुटबल प्रतियोगिताको उपाधिमा कब्जा जमाएको छ।
हिमालयन इनफिल्डरका लागि कमलराज गुरुङ र वषर्ाद गुरुङले पहिलो हाफमै गोल गर्दै मध्यान्तरसम्म दुई गोलको अग्रता दिलाएका थिए। पराजित क्लब मोसेसका लागि दोस्रो हाफमा आइसबर्ग मध्यपुर युथ एकेडेमीका पूर्व राष्ट्रिय खेलाडी नीराजन रायमाझीले सान्त्वना गोल गरे। हरि खड्कासँगै नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक १३ गोलको कीर्तिमान बनाएका नीराजन प्रतियोगिता अवधिभर सात गोल गरेका उच्च गोलकर्ताको पुरस्कारबाट सम्मानित भए। यसैगरी हिमालयन इन्पिmल्डरका वषर्ाद प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।