अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
फुटबल फेस्टिवलमा नेपालको सुखद सुरुआत
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ ६ गते। नेपालको युवा टिमले एएफसी यू-१४ फेस्टिभलमा शनिवार सुखद सुरुआत गरेको छ। सहभागी पाँचै राष्ट्रलाई दुई टिममा विभाजन गरेको प्रतियोगिताको पहिलो दिन नेपालको दुवै टिम अपराजित रहे। नेपाल 'वान' टिमले एक खेलमा जित र एकमा बराबरीको नतिजा निकाल्यो। नेपाल 'टु'ले बङ्गलादेश 'टु'लाई १-० ले हरायो।

फेस्टिवलको रूपमा रहेको प्रतियोगिता ३० र ६० मिनेटको संरचनामा चालू छ। ३० मिनेटमा सञ्चालन भएको आजका कुल आठ खेलमध्ये चार खेल दशरथ रङ्गशालामा र चार खेल एन्फा केन्द्रीय कार्यालय सातदोबाटोमा खेलाइएको थियो।

उद्घाटन खेलमा नेपाल 'वान' लाई बङ्गलादेश 'वान' ले गोलरहित बराबरी रोक्यो। भोजन सत्रपछि नेपाली टिमले दोस्रो खेलमा श्रीलङ्का 'वान'लाई ५-० को अन्तरमा पाखा लगायो। नेपालका लागि विमल घर्तीमगरले हृयाटि्रक गरे। यसैगरी, अनन्त तामाङ र हेमन्त थापाले पनि एक/एक गोलको योगदान दिए।

पहिलो खेल बराबरीमा रोकिएको नेपाल 'वान'को गोलको खाता खेलको आठौँ मिनेटमा विमलले खोलेका थिए। दुई मिनेटपछि नै हेमन्तले गोल अन्तरलाई दोब्बर पारे। विमलले १७ र २० औँ मिनेटमा लगातार दुई गोल गर्दै आफ्नो हृयाटि्रक पूरा गरे। अनन्तले अन्तिम समयमा एक गोल थपे।

नेपाल 'टु'को जितमा ललित थापाको गोल निणर्ायक बन्यो। बङ्गलादेश 'टु' विरुद्ध ललितले खेल सकिन चार मिनेट बाँकी छँदा गोल गरेर नेपालको जित सुनिश्चित पारेका थिए।

यसैगरी, भारतको दुवै टिम पनि अपराजित रहे। भारत 'टु'ले दुवै खेलमा जित हासिल गर्‍यो भने भारत 'वान' टिम बङ्लादेश 'वान'सँग गोलरहित बराबरी रोकियो।

भारत 'टु'ले पहिलो खेलमा भुटान 'टु'लाई र दोस्रो खेलमा श्रीलङ्का 'टु'लाई समान २-० ले पराजित गर्‍यो।

भुटानले बाँकी दुवै खेलमा पनि हार बेहोर्‍यो। भुटानी टिम बङ्गलादेश 'टु'सँग ३-० ले र भुटानको 'वान' टिम श्रीलङ्का वानसँग ५-० ले पराजित भयो।

पाँच दिनसम्म चल्ने प्रतियोगिताको अन्तिम समयमा माल्दिभ्सले नाम फिर्ता लिएपछि पाँच देश मात्र सहभागी छन्।

आइतवार नेपाल 'वान'ले दुई र नेपाल 'टु'ले एक खेल खेल्नेछन्। यसअघि, प्रतियोगिताको उद्घाटन अर्थमन्त्री वर्षमान पुनले पानसमा बत्ती बालेर गर्नुभएको थियो।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home