काठमाडौँ, जेठ ६ गते। साङ्गे ओङ्दीले शनिवार सूर्य नेपाल गोकर्ण मन्थली मेडल २०१२ अन्तर्गत पाँचौँ इभेन्ट जितेका छन्।
गोकर्ण गल्फ क्लबमा ओङ्दीले नौ अन्डर पार ६३ मा खेली जित हासिल गरे। उनीभन्दा एक स्ट्रोकले मात्र पछाडि रहेका गौरव शाहीले उपविजेतामा चित्त बुझाए। गौरवले आठ अन्डर ६४ स्कोर कोर्ड बनाए। कोरियाली जुङ छुल प्यो ६७ स्कोरकार्ड सहित तेस्रो भइन्।
बेस्ट ग्रस उपाधिका लागि किथ हृयारिसनले गोपाल चित्रकारलाई काउन्ट ब्याकमा निराश पारे।
पाँचौँ इभेन्टपछि केएनएस थापा १८४ अङ्कसहित अगाडि छन्। किथ हृयारिसन -११२) दोस्रो स्थानमा रहेका छन्। आगामी अक्टोबरसम्म चल्ने मन्थली मेडलमा अझै पाँच इभेन्ट बाँकी छन्।