नयाँदिल्ली, जेठ ६ गते। इन्डियन पि्रमियर लिग -आईपीएल)मा शीर्ष स्थानमा रहेको दिल्ली डेयरडेभिल्सले शनिवार किङ्स इलेभेन पञ्जाबलाई सात विकेटले सजिलै हराएको छ।
घरेलु मैदानमा पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४१ रनको योगफल तयार पारेको थियो। अस्ट्रेलियाका डेभिड वार्नरले ४४ बलमा ७९ रनको पाली खेलेपछि दिल्लीले लक्ष्य दस बल अगावै हािसल गर्यो।
यसअघि, २० रनमै चार विकेट गुमाएको पञ्जाबको पालि सिद्धार्थ क्षितिन्स -३८ रन) र अजर महमुद -३६ रन)ले गर्दा मात्र सुध्रेको थियो। प्रारम्भिक बलरद्वय मोर्ने मोर्केलले चार र उमेश यादवले तीन विकेट लिएपछि पञ्जाबको पाली धराशयी भएको हो। यसैगरी, पुछारका ब्याट्सम्यान गुरकिरात सिंहले ११ बलमा चार चौका र एक छक्कासहित २६ रन बनाए। यद्यपि वार्नर चम्कँदा पञ्जाबले लक्ष्य जोगाउन सकेन।
यसैगरी, बलरद्वय डेल स्टेन र अमित मिश्रा चम्केपछि शुक्रवार राति डेकन चार्जर्सले राजस्थान रोयल्सलाई पाँच विकेटले हरायो। जुन नतिजासँगै राजस्थानको प्लेअफमा स्थान बनाउन सपना पनि चकनाचुर भयो।
स्टेनले १६ र मिश्राले २० रनमा दुई/दुई विकेट लिएपछि पहिले ब्याटिङ गरेको राजस्थानले आठ विकेटको क्षतिमा १२६ रन मात्र बनाउनसकेको थियो। आकाश रेडीले सर्वाधिक ४२ रनको पाली खेलेपछि डेकनले लक्ष्य १८.४ ओभरमा पाँच विकेटको क्षतिमा १२८ रन बनाई हासिल गर्यो।
राजस्थानका लागि द्रविडले ३६ बलमा सर्वाधिक ३९ रन बनाए। ओवासिस शाह -२८ रन) र मनेरिया -२ रन)ले पनि उपयोगी योगदान दिए।