लन्डन, जेठ ६ गते। युरो कप २०१२ को संयुक्त आयोजक युक्रेन र पोल्यान्डमा अहिले होटलको मूल्य चर्किंदै गएको छ। पोल्यान्डका होटलमा एक कोठाको भाउ दस गुणाभन्दा बढीले वृद्धि भएको छ।
होटलका कोठा पोल्यान्डको राजधानी वार्सास्थित नेसनल रङ्गशालाको जति नजिक हुन्छ, त्यत्ति नै त्यसको भाउ पनि बढ्दो छ। रङ्गशालाभन्दा दस मिनेटको दूरीमा रहेको होटलमा एक ˆलैटको भाडा करिब २५०० युरोसम्म पर्छ। यसअघि, औसत भाँडा ४५० युरो मात्र थियो।
वार्सामा रङ्गशालाको नजिक रहेका होटलमा बस्न ग्राहकलाई सात सय युरोसम्म खर्च गर्नुपर्ने हुन्छ। यति धेरै रकम जुटाउन नसक्ने फुटबल समर्थकलाई चिन्ता लिनुपर्ने स्थिति भने छैन। होटलमा चर्को मूल्य तिर्न नसक्ने फुटबल समर्थकलाई विशेष क्याम्पको व्यवस्था गरिएको छ। जहाँ एक रात बिताउन मात्र दस युरो खर्च लाग्नेछ। आयोजकहरू प्रमुखरूपमा रुसी धनाढ्य फुटबलप्रेमीलाई आकषिर्त गर्ने प्रयास गरिरहेका छन्।
युक्रेनको राजधानी किएभको स्थिति पनि समान छ। जहाँ खेल हेर्न करिब ३० हजार पाहुना आउने अनुमान गरिएको छ। फुटबल समर्थकका लागि छात्रावास -होस्टल)हरू होटलमा परिवर्तन भइरहेका छन्। सरकारले होस्टललाई होटलमा परिवर्तन गर्न करिब ३० लाख युरो खर्च गरिसकेको छ। यहाँ एक रातको भाडा दस देखि ८५ युरोसम्म हुने बताइएको छ।
होटलमा होइन, किएभ र वार्सामा खानपिनमा पनि मूल्य चर्को भएको छ। गर्मी महिनामा बियरको भाउ बढेपछि आमजनता खुसी छैनन्। धेरै पसल रेस्टुराँ र कपडाको पसलमा परिवर्तित भएका छन्। एजेन्सी