काठमाडौँ, जेठ ६ गते। समृद्धिका लागि सूचना र प्रविधि अत्यन्त महìवपूर्ण पाटो भएकाले यसको विस्तारका लागि सबैको सहकार्य हुन जरुरी भएको यस सम्बद्ध विभिन्न व्यक्तित्वहरूले जोड दिएका छन्।
कम्प्युटर एसोसिएसन नेपाल-क्यान) र एसियन ओशेनियन कम्प्युटिङ इन्डष्ट्रिज -एसोसियो) को सहकार्यमा शनिबारदेखि राजधानीमा सुरु भएको एसोसियो मध्यावधी मूल्याङ्कन २०१२ का सहभागीहरूले सूचना र प्रविधिको क्षेत्रमा नेपालले भरपुर उपयोग गर्न सके छोटो समयमै विकासको फड्को मार्न सक्ने उनीहरूले बताए।
क्यानका अध्यक्ष सुरेश कर्णले विकासको मुख्य पूर्वाधार सूचना र प्रविधि हुँदाहुँदै पनि यसको पहुँच नेपालमा अन्य क्षेत्रमा भन्दा अगाडि भए पनि सोही अनुपातमा विकास र परिवर्तन हासिल गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराउनुभयो।
उहाँले नेपालले सूचना र प्रविधिको उपयोग गर्न सके आर्थिक समृद्धिका लागि नेपालमा भरपुर अवसर रहेको बताउनुभयो।
एसिया प्रशान्त क्षेत्रमा एसोसियोका १२ सदस्य देशहरूबाट २६ जना सहभागीहरूले सूचना प्रविधि क्षेत्रमा वर्षभरि गरिएका महìवपूर्ण कामको समीक्षा र भावी योजनाको तर्जुमा गर्ने क्यानका महासचिव नारायण न्यौपानेले जानकारी दिनुभयो। सो कार्यक्रमले नेपालमा अहिले चर्चामा रहेको डिजिटल हबको प्रसँग र लामो समयदेखि धुलिखेलमा अलपत्र अवस्थामा रहेको आईटी पार्कको उपयोगिता र संरक्षणसम्बन्धी आवश्यक कार्यक्रम तय हुने जानकारी दिनुभयो जापान, कोरिया, म्यानमार, चीन, भियतनाम, मलेसिया, भारत, श्रीलङ्का, नेपाललगायतका १२ मुलुकहरूबाट सहभागि सूचना तथा सञ्चार प्रविधि विज्ञहरूले सोमबारसम्म सूचना र प्रविधिका विभिन्न मुद्दामा छलफल गर्नेछन्।
एसिया तथा ओसेनियन क्षेत्रका देशहरूमा रहेका सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित राष्ट्रिय स्तरका संस्थाहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन एसियन ओसेनियन कम्प्युटिङ इन्डष्ट्रिज-एसोसियो) को स्थापना सन् १९८४ मा भएको हो। एसिया प्रशान्त क्षेत्रका १२ देशहरू एसोसियोको सदस्य रहेका छन्। एसोसियोले बर्सेनि गर्ने मध्यावधी मूल्याङ्कन यस पटक कम्प्युटर एसोसियसन अफ नेपाल -क्यान)ले काठमाडौँमा आयोजना गर्ने अवसर प्राप्त गरेको थियो। यसअघि एसोसियोको मध्यावधी मूल्याङ्कन कार्यक्रम यसअघि सन् २००७ मा भएको थियो।
कार्यक्रममा एसिया क्षेत्रको समग्र सञ्चार प्रविधिको विकासका लागि सो कार्यक्रममा विशेष छलफल हुनेछ क्यानका महासचिव न्यौपानेले जानकारी दिनुभयो।