काठमाडौँ, जेठ १ गते। सहकारी अगुवाहरूले सामाजिक उत्तरदायित्व निर्वाहकै सहकारी संस्थाको स्थापना हुने भए पनि संस्थाहरूले आफ्ना सदस्यबाहेक समुदायको हितमा पनि काम गर्न सके यस क्षेत्रको महìव बढेर जाने धारणा राखेका छन्।
नेपाल सहकारी पत्रकार समाजले सोमबार आयोजना गरेको सामाजिक उत्तरदायित्वमा सहकारी क्षेत्रको भूमिका विषयक अन्तर्त्रिmयामा बोल्ने वक्ताले सहकारी नाफाका लागि नभई आर्थिक सामाजिक हितका लागि स्थापना हुने भन्दै आफ्ना सदस्यबाहेक गैरसदस्यका रूपमा रहने समुदायको हितमा पनि काम गर्न सके त्यसले सहकारी क्षेत्रको विकासमा थप सहयोग पुग्ने बताएका हुन्।
सहकारीका सात सिद्धान्तहरूमध्ये एक सामाजिक उत्तरदायित्व नै भएको भन्दै उनीहरूले सहकारी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाहमा पुर्याउँदै आएको योगदान बाहिर ल्याउन नसकिएको बताएका थिए। कार्यक्रममा सहकारी विभागका निमित्त रजिष्ट्रार उपेन्द्र ढुङ्गानाले सहकारी संस्थाले आफ्ना सदस्यको हितमा गर्ने सहयोग र समुदायको हितमा गर्ने सहयोगमा भिन्नता रहेको भन्दै सामाजिक उत्तरदायित्व निर्वाहमा बढीभन्दा बढी संस्थाले योगदान दिन सकोस् भनेर यसको कानुनी व्यवस्थाहरू निर्माण गरिएको बताउनुभयो।
सहकारीविज्ञ कैलाशभक्त प्रधानाङ्गले सहकारीमा सामाजिक भावना, सामाजिक कल्याण र सामाजिक उत्तरदायित्व हुन्छ भन्दै यी मर्महरू अनुसार नेपालका सहकारी चल्न सके नेपालको गरिबी निवारणमा महìवपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
रोयल कोअपरेटिभ लिमिटेडका अध्यक्ष सीताराम काप\mलेले सहकारीले कुनै पनि विभेद स्वीकार गर्दैन भन्दै अहिलेको असहज परिस्थितिमा सामाजिक सद्भाव र एकता कायम गर्न सके त्यो सहकारीले ठूलो सामाजिक उत्तरदायित्व पूरा गरेको ठहरिने बताउनुभयो। सङ्कटा सहकारी संस्थाका प्रबन्ध सञ्चालक विन्देश्वर श्रेष्ठले नाफा कमाउने उद्देश्यले मात्र सहकारीले काम गर्दैनन् भन्दै सहकारी संस्थाहरूबाट हुने सुपथ पसल, एम्बुलेन्स सञ्चालन जस्ता कार्यलाई पनि सामाजिक उत्तरदायित्वको रूपमा लिन सकिने बताउनुभयो।
पाँचतारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोलानाथ पाठकले सहकारी क्षेत्रले अहिलेसम्म निर्वाह गर्दै आएको सामाजिक उत्तरदायित्व उजागर हुन नसकेको बताउँदै आमजनताले देख्न र अनुभूत गर्नसक्ने गरी यस्तो दायित्व निर्वाह गर्न सक्यो भने राम्रो हुने बताउनुभयो।
कार्यक्रममा रोयल कोअपरेटिभले सहयोगस्वरूप सहकारी पत्रकार समाजलाई कम्प्युटर उपलब्ध गराएको थियो।