अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
नेपालको विजयी सुरुवात
गोरखापत्र समाचारदाता
 
काठमाडौँ, वैशाख २२ गते। दोस्रो एसीसी यु-१६ इलाइट कपअन्तर्गत नेपालले शुक्रबार पहिलो खेलमा कुवेतलाई सजिलै ७८ रनले हराएको छ। एसियन क्रिकेट काउन्सिलले जनाए अनुसार मलेसियाका बायुमस ओभलमा टस जिती पहिले ब्याटिङ गरेको नेपाल निर्धारित ४० ओभर खेल्न नसकिँदै ३२.४ ओभराम १७९ रनमा समेटिएको थियो। कुवेत पनि जवाफमा ३२.५ ओभरमा १०१ रनमा अलआउट भयो। निश्चल पाण्डेको कीर्तिमानी प्रदर्शनले काठमाडौँमा सम्पन्न पहिलो संस्करणमा पनि नेपालले कुवेतलाई १०१ रनको विशाल अन्तरले हराएको थियो। यसपालि नेपालको जितमा बलर कालीचरण यादवले नाटकीय भूमिका निर्वाह गरे। प्रारम्भिक बलर कालीचरणले आठ ओभरमा मात्र १३ रन खर्ची चार विकेट लिएपछि कुवेत लक्ष्यसम्म पुग्न सकेन। अर्का प्रारम्भिक बलर जगदीश चन्दले कुवेतमा प्रारम्भिक बलर अब्दुल वाहाबलाई पाँच रनमा पभेलियन फर्काइ विकेट लिने क्रमको सुरुवात गरेका थिए। कुवेतका लागि सइदीप यारापुरेदीले सर्वाधिक ३८ रन बनाए। उनीबाहेक विकेटकिपर ब्याट्सम्यान फैजान सद्दिक -२७ रन)ले मात्र नेपाली बलिङ आक्रमणको प्रतिरोध गर्न सकेन। यी दुई मात्र दोहोरो अङ्कमा रन बनाउने कुवेतका ब्याट्सम्यान थिए। नेपालका लागि आकाश विष्टले पनि तीन विकेट लिए। शशी मिश्रको भागमा पनि दुई विकेट पर्‍यो। यसअघि, कप्तान दीपेन्द्र चन्द पाँच रनमा नै पभेलियन फर्के पनि उनीसँग सुरुमै क्रिजमा आएका अर्का ब्याट्सम्यान नुरध्वज सेनले ५८ बलमा ४७ रन बनाई नेपालको पालि उकासे। नुरध्वजको पालिमा छ चौका सामेल थियो। उनीबाहेक कुशल भुर्तेलले पनि चार चौकासहित ३५ रन बनाए। कुवेतको अनुभवहीन बलिङ आक्रमणबाट ३२ रन प्राप्त हुँदा पनि नेपालको योगफल राम्रो भयो। कुवेतका लागि मोर्सद सरवारले आठ ओभरमा ४४ रन खर्ची सर्वाधिक चार विकेट लिए। यसैगरी, सइदीपले दुई तथा फैज्लुर रहमान, मिजान अली र अब्दलले एक/एक विकेट लिए। समूह 'बी'मा रहेको नेपालले आइतबार बहराइनविरुद्ध खेल्नेछ। अन्य खेलमा आयोजक मलेसियाले इरानलाई १३५ रन, ओमानले हङकङलाई छ विकेटले हराए।
 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home