अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
नाडाल र सारापोभा च्याम्पियन
 

बार्सिलोना, वैशाख १८ गते। राफेल नाडालले आइतबार राति आप\mनै देश स्पेनका डेभिड फेररलाई ७-६ -१), ७-५ ले हराएर बार्सिलोना ओपन टेनिस प्रतियोगिताको उपाधि जितेका छन्। यस उपाधिसँगै उनी दुई एटिपी प्रतियोगिता सातपटक जित्ने पहिलो खेलाडी बनेका छन्। विश्व वरीयतामा दोस्रो स्थानमा रहेका नाडालको क्लेकोर्टमा यो लगातार २१औँ जित हो। यसैगरी, बार्सिलोना ओपनमा नाडाल पछिल्ला ३४ खेलमा अपराजित छन्। गत हप्ता उनले लगातार आठौँपटक मोन्टेकार्लो टेनिस प्रतियोगिताको उपाधि जितेका थिए। नाडालको यो ४८औँ उपाधि जित हो।

छैटौँ वरीयताका फेररले बार्सिलोना ओपनमा नाडालसँग फाइनलमा हारेको यो चौथो पटक हो। यस सत्रमा क्लेकोर्टमा मैले खेलेका खेलमध्ये आजको खेल कठिन थियो, आज भाग्य मेरो पक्षमा थियो, त्यसैले यो जित चिट्ठा भरेको भने पनि हुन्छ, नाडालले भने। नाडालले फेररलाई हराउन दुई घण्टा ४१ मिनेट कोर्टमा बिताए। यस जितसँगै नाडालले चार लाख डलर पनि खल्तीमा हाले।

नाडाललाई क्लेकोर्टको फाइनलमा नोभाक जोकोभिच र रोजर फेडररले मात्र हराएका छन्।

यसैगरी, रुसी सुन्दरी मारिया सारापोभाले सोमबार विश्वकी नम्बर भिक्टोरिया अजारेन्कालाई सोझो सेटमा ६-१, ६-४ ले हराएर स्टुटगार्ट ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छन्। यो जित सारापोभाका लागि बदला पनि भएको छ। अस्ट्रेलियन ओपन र इन्डियन वेल्सको ओपनमा सारापोभालाई फाइनलमा अजारेन्काले हराएकी थिइन्। यस वर्ष अजारेन्काको यो मात्र दोस्रो हार हो। उनले यस सत्रमा २९ खेलमा जित हासिल गरेकी छन्।

स्टुटगार्टमा सारापोभाले पहिलो पटक खेलेकी हुन्। एएफपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home