अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
सिमेन्टको बोरा लेमिनेसन गर्ने तयारी
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख १८ गते। वातावरणमन्त्री हेमराज तातेडले सिमेन्टको बोराबाट निस्कने धूलोले कामदार र वातावरणलाई असर गर्नुका साथै चुहावट भई तौलसमेत कम हुने भएकाले लेमिनेसन गरेर मात्र प्याकिङ गर्ने व्यवस्था गर्न लागिएको बताउनुभएको छ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रद्वारा आयोजित घर, फर्निचरहरू रङ्गाउने पेन्टस्मा लिडसम्बन्धी समस्या र समाधानका उपाय विषयक अन्तर्त्रिmया कार्यक्रममा उहाँले नेपालमा प्रयोग हुने -पेन्टस्) रङहरूमा लिड -सिसा) को मात्रा बढी हुनेहुँदा स्वास्थ्यमा असर पर्ने भएकाले यसलाई पनि कानुनी मापदण्ड राख्न जरुरी रहेको बताउनुभयो।

नेपाल गुणस्तर तथा नापतौल विभागका प्रमुख रामअघर शाहले विकशित मुलुकहरूमा लिडमुक्त पेन्टस् आइसकेको तर नेपालमा कानुनी प्रावधान नहुँदा यसले स्वास्थ्यमा असर पारिरहेको बताउनुभयो।

नेपाल पेन्ट उद्योग सङ्घका अध्यक्ष विश्वप्रकाश शाखले नेपाली उद्योगहरूले २५० भन्दा बढी रङ प्रयोग गर्ने भएकाले कुनमा बढी मात्रामा लिड हुन्छ भन्ने कुरा पत्ता लगाउन गाह्रो भएको बताउनुभयो।

उहाँले उपभोग्य मितिसमेत गुजि्रएका विदेशी पेन्टस् नेपालमा आइरहेको जानकारी दिँदै यसलाई सरकारले रोक्नुपर्ने बताउनुभयो। उहाँले लिडको मात्रा तोकेर कानुनले व्यवस्थित गर्न सकिने तर त्यसका लागि नेपाली उद्योगहरूलाई मात्र व्यवस्थित गरेर सम्भव नहुने दावी गर्नुभयो।

केन्द्रमा कार्यकारी निर्देशक रामचरित्र शाहले आफूहरूले गरेको अध्ययनमा नेपालमा प्रयोग भइरहेका पेन्टसमा बढी मात्रामा लिड भएको पाइएको बताउनुभयो।

यसरी पेन्टसमा लिडको बढी प्रयोग हँुदा बच्चाको स्नायु प्रणालीको विकासमा ह्रास आउने, हड्डी दुख्ने तथा गर्भमा रहेका बच्चाको स्वास्थ्यमा समेत असर पर्ने बताउनुभयो। लिड एउटा स्नायु विषाक्त धातु हो जुन पेन्टस्हरूमा बढी प्रयोग हुँदै आएको केन्द्रको अध्ययनले देखाएको छ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home