आधी घन्टाअघि मात्रै भेट भएको मानिससँग होटेलको एक कोठामा एक्लै रहेकी बेकी स्टेभेन्सलाई त्यहाँबाट निस्कन निकै ढिलो भइसकेको थाहा थियो। विगत ६ महिनादेखि बेकी 'स्टुवार्ट'सँग इन्टरनेटको एक 'डेटिङ साइट'मार्फत भेटेर 'च्याटिङ'मा मस्त थिइन्।
स्टुवार्टले बेकीलाई फकाउन राम्रा शब्दवाण प्रहार गर्दै उनका अन्तरङ तस्बिर पठाउन अनुरोध गर्न थाल्यो। २४ वर्षको दाबी गर्ने स्टुवार्टको मन जित्न बेकीले पनि सोहीअनुरूप गर्दै गइन्।
अब उसले बेकीलाई उससँग भेट गर्न २०० माइल टाढाको रेलभाडा पनि तिरिदिन्छ, उसको एउटै इच्छा थियो बेकीसँग शारीरिक सम्बन्ध स्थापित गर्ने। नचाहँदानचाहँदै पनि बेकीले आफूलाई समर्पण गरिन्।
बेकी सम्भिmन्छिन्, "केही महिनासम्म हामीले च्याटिङ गर्यौँ र बेलाबेलामा यौनजन्य सन्देशहरू पनि। अहिले सम्भ"mदा आफैँलाई मूर्खजस्तो लाग्छ। यो च्याटिङको उद्देश्य नै यौन सम्पर्क थियो। जब मैले उसलाई पहिलोपटक देखँे, मेरो मुखबाट अनायासै निस्किए 'हे Û भगवान् Û' यो मान्छे त ४० वर्ष उमेरको जस्तो छ। अनलाइनमा पठाएको जस्तो आकर्षक छैन र मान्छे पनि फरक छ। यसो भए पनि हामी होटलमा गयौँ र उसको इच्छा पूर्ति भयो।
यसपछि उसले कोठाको मोल तिर्यो र हामीले टे्रन स्टेसनमा 'गुडबाई' भन्दै छुट्टयिौँ। त्यसपछि हामीले एक-अर्कालाई कहिल्यै भेटेनौँ। घर जाँदा टे्रनमा रुँदै गएँ किनभने मलाई आफँैदेखि घृणा महसुस भयो।
यस्तो अनुभवबाट बेकी जस्तालाई इन्टरनेट डेडिङबाट टाढा राख्ला भन्ने अनुमान गर्नु बेठीक होइन। तर एउटी मोटी, आˆनो असुरक्षित भविष्यप्रति सशङ्कित बेकीजस्ती युवती खोक्रो प्रशंसाको बदलामा आफँैलाई सुम्पिन तयार पनि हुन्छन्। यो घटनापछि पनि बेकीले पाँच वर्षसम्म इन्टरनेटमा भेटिएको अपरिचितहरूसँग आफूलाई भोगको माध्यम बनाइरहिन्।
बेलायतको डेली मेल पत्रिकामा प्रकाशित यस विषयवस्तुले इन्टरनेट र यसका सामाजिक सञ्जाल नाम दिइएका साइटहरूबाट विशेषगरी एउटा पुस्ताका युवतीहरू कसरी यौनजन्य रूपमा भ्रष्ट भइरहेका छन् भन्ने तथ्यलाई औँल्याउँछ। र, यो पनि साँचो हो बेलायती समाजमा मात्र होइन हाम्रो समाजमा पनि अन्तरसञ्जाल -इन्टरनेट) र सामाजिक सञ्जाल -सोसियल नेटवर्किङ)हरूले अथाह रूपमा युवापुस्तालाई नैतिक रूपमा भ्रष्ट बनाइरहेका छन्।
हाम्रो समाजमा पनि बेकीजस्तै थुप्रै सन्तानले रातरातभरि इन्टरनेट साइट चहारेर आˆना अभिभावकलाई पढाइका लागि इन्टरनेट प्रयोग गरेको बताउनेको सङ्ख्या कम छैन। बेकीले एकैरात सातसातवटा विभिन्न डेडिङ साइटमा रहेर यौनजन्य सन्देश, तस्बिरका साथै निर्वस्त्र भएका भिडियोसमेत पठाउने गर्थिन्, जसलाई इन्टरनेटको भाषामा 'साइबर सेक्स' पनि भनिन्छ।
पाँच वर्षको अवधिमा बेकी ४० पुरुषसँग इन्टरनेटको माध्यमबाट उनीहरूका लागि भोग्या बनिन्। ती पुरुषहरूको उमेर १४/१५ देखि ४० वर्षमाथिका विवाहितसम्मका थिए। बेलायतको इक्सटरनिवासी बेकी आˆनो विगतलाई यसरी सम्भिmन्छिन्, ''हामी यस्तो होटलमा जान्थ्यौँ, कहिलेकाहीँ कारमै पनि उनीहरू इच्छापूर्ति गर्थे। उनीहरू अश्लील चलचित्रमा जस्तै गर्न चाहन्थे। उनीहरूले कहिल्यै मेरो इच्छा सोधेनन्। प्रत्येकपटक म आफैँसँग घृणा गर्थंे तर उत्तेजना तथा प्रशंसा पाउने चाहनाले म व्यग्र हुन्थँे।
बेकीले सधैँ आˆनी आमालाई आफू साथीहरूसँग बस्न गइरहेको बताउँदै इन्टरनेटका 'यार'हरूसँग रम्थिन्। अति भएपछि बेकीले एक दिन साथीहरूलाई आˆनो 'गोप्य' कुरा खोलिन्। साथीहरूकै सहयोगबाट अहिले बेकी कम उमेरका युवतीलाई फसाउने जालो बनिरहेको अनलाइनको भन्डाफोरमा सहयोग पुर्याउन प्रयासमा छिन्।
अनुसन्धानकर्ताहरूले बेलायतमा १६-२४ वर्षका दस प्रतिशतभन्दा बढीले इन्टरनेटलाई आˆनो यौनइच्छा पूर्तिको माध्यम बनाएका पाएका छन्। डेली मेलकै एक महिला पत्रकारले अनुसन्धानक्रममा आˆना तस्बिर 'प्लेन्टी अफ फिस' नामक एक डेटिङ साइटमा राखेपछि वास्तविक वा 'साइबर सेक्स'का लागि इच्छुक ७० भन्दा बढी पुरुषले एक घन्टाभित्रै सन्देश पठाए। यस्ता साइटहरू १८ वर्षभन्दा माथिका लागि हो, कानुनतः। तर, यसको कुनै निगरानी भने गरिएको पाइँदैन।
इन्टरनेटको 'डेटिङ इन्डष्ट्रिज' हालैका दिनहरूमा तीव्र गतिमा वृद्धि भइरहेको समाचार छ। विश्वव्यापी रूपमा यसको २ दशमलव ५ अर्ब पाउन्डबराबरको छ। इन्टरनेटको माध्यमबाट युवापुस्तामा यौनजन्य व्यवहार नजानिँदो तवरबाट सामान्यीकरण भइरहेकोमा समेत विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। यसमा थप चिन्ता मोबाइल फोनमा थप गरिएको 'डेटिङ एप्पस'बाट पनि भएको छ। जसबाट अनलाइन साथीहरू भएको स्थान सहजै पत्ता लगाउन सकिन्छ।
बेलायतको युनिभर्सिटी अफ प्लाइमाउथका प्राध्यापक एन्डि्रयु, फिप्पेनको सो अनुसन्धानले ११ वर्षका बालकले पनि साइबर सेक्सको अनुभव गर्न सक्ने तथा उसको सोचाइमा यौन विकासक्रममा यो सामान्य कुरा हो भन्ने भावना विकसित हुने चिन्ता पनि व्यक्त गरेको छ।
२४ वषर्ीया बेकीजस्ता युवतीको विनाकुनै प्रतिबन्ध अनलाइन पहुँच नै समस्याको कारक तत्त्व थियो। १८ वर्षको उमेरमा 'मिडिया' अध्ययनका लागि विश्वविद्यालय पुगेकी बेकी भन्छिन्, "विश्वविद्यालयमा मेरा साथी थिएनन्। मेरो सामाजिक अन्तर्त्रिmया भनेकै अनलाइनमा भेटिएका पुरुषहरूसँगको च्याटिङ थियो। अनलाइनमा प्रतिबन्ध थिएन।
पाँच वर्षसम्म लगातार इन्टरनेट सम्पर्कबाट वाक्क भएपछि २० वर्षको उमेरमा यो काल्पनिक सम्पर्कलाई तिलाञ्जली दिइन् बेकीले। अहिले एक वास्तविक पे्रमीसँग रमेकी बेकी युवतीलाई सल्लाह दिन्छिन्, "कुनै पुरुषसँग अनलाइन सम्पर्क नगरेकै बेस। एकचोटि सुरु भएपछि, छुटाउन निकै गाह्रो हुन्छ।''
प्रविधि, सोचलगायतका तथ्यबाट बेलायती समाजबाट हामी टाढै भए पनि इन्टरनेट तथा टि्वटर फेसबुकजस्ता सामाजिक सञ्जाल तथा डेटिङ साइटहरूसँग नजिकको सम्बन्ध गाँगिइरहेका आˆना सन्ततिले केका लागि यिनीहरूको प्रयोग गरिहेका छन् भन्नेबाट अनभिज्ञचाहिँ नहुनुस् है।
बेकी र प्रो फिप्पेनको भनाइलाई आधार मान्ने हो भने अनलाइनमा विनाकुनै अवरोधको पहुँच तथा उपयुक्त निगरानी अभाव नै इन्टरनेट दुरुपयोगका कारक तत्त्व हुन्।
यसैबीच गुगलकी एक कार्यकारी अधिकृत नाओमी गमरले बालबालिकालाई कानुनले अश्लील साइटबाट बचाउन सक्छ भन्नु एक 'मिथक' बराबर भएको बताएकी छन्। एक सम्मेलनमा उनले यस्ता साइटबाट बालबालिकालाई बचाउनु उनीहरूका बाबुआमाको भूमिका महत्त्वपूर्ण हुने बताइन्। विकासको गतिका कारण कानुनी कदम 'भुत्ते हतियार' आसय पनि उनको थियो।á
प्रस्तुति : फिचर डेस्क