अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
शनिवार
 
सधैँ सबै एकनास हुँदैन
ऋषिराम कट्टेल
 

करिश्मा मानन्धरलाई नेपाली चलचित्रमा सदावहार नायिका भन्ने गरिन्छ। चलचित्र 'सन्तान'बाट नेपाली चलचित्रमा प्रवेश गरेकी उनी आधादशक अघिसम्म नम्बर एकमा गनिन्थिन्। तर, जब उनले निर्माण क्षेत्रमा हात हालिन् उनको असफलताको दिन सुरु भयो। उनीद्वारा निर्मित चलचित्र 'बाबुसाहेब' व्यावसायिक रूपमा असफल भएपछि उनी अमेरिका भासिइन्। लामो समयदेखि अभिनय गर्दै आएकी उनी उतै हराइन्, केही वर्ष। लोभलाग्दो अभिनय यात्रा छोडेर हिँडेकी उनी केही वर्षपछि नेपाल फर्किन् अनि फेरि आफ्नो अभिनय यात्रालाई निरन्तरता दिइन्। तर, परिस्थिति पुरानो रहेन। लामो समयपछि नेपाली चलचित्रमा पुनरागमन भयो उनको तर पुरानो सफलता पाउन सकिनन्। अहिले उनलाई मुख्य नायिका बनाउने हिम्मत कमैले गर्छन्। उनी कतै अतिथि त कतै सानोतिनो भूमिकामा देखिँदै आएकी छन्, यतिबेला। काम गरिरहेका कलाकार दर्शकबाट एक्कासि हराएर फेरि केही समयपछि झुल्किँदा पुरानो सफलता प्राप्त गर्न सकिँदैन भन्ने एउटा उदाहरण हुन्- करिश्मा।

करिश्मा त एउटा उदाहरणमात्र हुन्, नेपाली चलचित्र क्षेत्रमा कुनै समय लोकपि्रयता हासिल गरेका अरू नायिका पनि छन् जसको पुनरागमन उनीहरूले सोचजस्तो सफल बन्न सकेन। जस्तो कि झरना बज्राचार्य, मौसमी मल्ल, निरुता सिंह, रूपा राना, मनीषा कोइरालाजस्ता आ-आफ्नो समयमा लोकपि्रय नायिकाहरूको पुनरागमन सफल बन्न सकेन।

एकपटक दर्शकबाट टाढिएका धेरैजसो कलाकार यस क्षेत्रमा फर्किंदा पहिले पाएसरह लोकपि्रयता हासिल गर्न नसक्ने वरिष्ठ चलचित्रकर्मी यादव खरेल बताउँछन्। उनी भन्छन्, "पुनरागमन भएका धेरैजसो कलाकारको हालत राम्रो छैन।" बौद्धिकताका हिसाबले राम्रो नायिकाका रूपमा हेरिन्थ्यो झरना बज्राचार्यलाई। नेपाली चलचित्रमा अभिनय गर्दागर्दै बलिउड चलचित्र 'लभ इन नेपाल'मा अभिनय गर्ने मौका उनले पाइन्। तर, उनले सो चलचित्रबाट सोचेअनुसारको सफलता पाइनन् उल्टो उनले खुलेर गरेको अंगप्रदर्शनको आलोचना भयो। त्यसपछि नेपाली चलचित्रबाटै हराइन् लामो समय उनी। पछिल्लो समयमा 'कोही मेरो' नामक चलचित्रबाट उनको 'कमब्याक' भयो। धेरैले अब फेरि नेपाली चलचित्रमा चल्छिन् भने अपेक्षा पनि राखे तर उनको पुनरागमन असफल नै भयो।

कुनै ताकाकी सफल नायिका निरुता सिंहको अहिले नामोनिशान छैन। कारुणिक भूमिकाकी पर्यायजस्तै थिइन् उनी केही वर्ष पहिलेसम्म। केही वर्ष नेपाली चलचित्रबाट टाढिएर मुम्बई बसिन् उनी। केही समयको अन्तरालपछि चलचित्र 'द गेम'मार्फत फेरि नेपाली चलचित्रमा जम्ने सुर कसिन् निरुताले। तर, उनलाई त दर्शकले पत्याइदिए न त निर्माता, निर्देशकले। अहिले चलचित्रबाट उनी टाढिए पनि उनको अभिनय अझै कतिपय दर्शकले भुल्न सकेका छैनन्।

एक समयकी चल्तीकी नायिका मौसमी मल्लको पहिलो दाम्पत्य जीवन सफल हुन सकेन। त्यसपछि अर्को जीवनसाथी रोजिन् र चलचित्र कर्म नै छोडिन्। राम्रोसँग चलेको आफ्नो अभिनय यात्रा छाडेर लामो समय जापान बसेकी उनको दोस्रो दाम्पत्य जीवन पनि सफल हुन सकेन। त्यसपछि नेपाल आएर चलचित्र क्षेत्रमा फर्किइन् तर समयले उनलाई छोडिसकेको थियो, उनी सफल हुन सकिनन्। नायिका बन्न आफैँ 'गिरफ्तार' नामक चलचित्र पनि बनाइन् तर सफल भइनन्। अहिले फिल्म क्षेत्रमै छन्, चरित्र भूमिका र सानातिनो भूमिकामा अभिनय गर्दै आएकी छन्।

चलचित्रमा रूपा राना, शर्मिला मल्लले पुनरागमन गर्न चाहे तर सफल भएनन्। बलिउड चलचित्र उद्योगमा नाम दाम कमाउन सफल स्टार हुन मनीषा कोइराला 'फेरि भेटाँैला' नामक नेपाली चलचित्रबाट उनी चलचित्र क्षेत्रबाट आएकी थिइन्। उताको फिल्मी यात्रा धर्मराएपछि नेपाल आएर वैवाहिक जीवनमा प्रवेश गरेकी उनले फेरि 'धर्मा' नामक नेपाली चलचित्रमा अभिनय गरिन्। लामो समयपछि नेपाली चलचित्रमा पुनरागमन गरे पनि उनी सफल हुन सकिनन्। कुनै समयका लोकपि्रय कलाकारहरूले पुनरागमन गरेपछि सहायक, अतिथि र चरित्र भूमिकामा चित्त बुझाएर काम गरिरहेका छन् यतिबेला। पहिला आर्जेको प्रतिष्ठा गुम्नेगरी अभिनय गर्ने पनि छन्। निर्माता सङ्घ अध्यक्ष राजकुमार राई भन्छन्, "लगभग सबैजसो नायिकाको 'कमब्याक' सुखद हुन सकेन।"á

 
अन्य शीर्षक
.
.
सहज छैनन् अगाडिका बाटा
सशक्त कविको अवशान
रोग निदानमा 'रिमोट सेन्सिङ'
दुःख पाइयो, बढी जान्ने भएर
'टिकीटाका'मा जमेको स्पेन
.
जङ्गल नमासिकनैपनि आम्दानी
लौराले नापिन्छन् वर-वधु

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home