अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
डेकन चार्जर्सको पहिलो जित
 

पुने -भारत), वैशाख १५ गते। अलराउन्डर क्यामरुन हृवाइटले ४६ बलमा ७६ रन बनाएपछि इन्डियन पि्रमियर लिग -आइपिएल)मा बिहीबार राति डेकन चार्जर्सले पुने वारियर्सलाई १८ रनले हराएको छ। दोस्रो संस्करणको उपाधि विजेता डेकन चार्जर्सको चालू आइपिएलमा यो पहिलो जित हो।

अस्ट्रेलियाली हृवाइटको विस्फोटक ब्याटिङको सहयोगमा डेकनले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७७ रनको योगफल तयार पारेको थियो। घरेलु टिम पुनले जवाफमा सात विकेटको क्षतिमा १५९ रनमा रोकियो।

पार्थिव पटेल -२४ रन) र शिखर धवन -१६ रन)ले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेपछि प्राय पुछारमा आउने हृवाइट तेस्रो क्रममा ब्याटिङ गर्न क्रिजमा आएका थिए। त्यसपछि उनले पाँच छक्का र छ चौका प्रहार गरे। हृवाइट प्रमुख रूपमा स्पीन बलिङविरुद्ध आक्रामक बने। उनले लेगस्पीनर राहुल शर्माको एक ओभरमा लगातार दुई छक्का प्रहार गरेका थिए। उनी १८औँ ओभरमा अर्को छक्का प्रहार गर्ने चक्करमा मार्लन सामुयल्सको बलिङमा आउट भए।

सौरभ गांगुलीको नेतृत्वमा रहेको पुनेले तेज गतिमा रन बनाउन नसक्दा पराजय बेहोर्नुपर्‍यो। पुनेले नौ खेलमध्ये चारमा जित र पाँचमा हार बेहोरेको छ। तीन अङ्कमा रहेको डेकन अङ्क तालिकामा अन्तिम स्थानमा छ। एपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home