अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
बन्ने भयो खेलकुद विश्वविद्यालय
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख १४ गते। खेलकुद विषय लिएर अध्ययन गर्न चाहनेको लागि खुसीको खबर। अब नेपालमा पनि छुट्टै खेलकुद विषय लिएर पढ्न सकिने भएको छ। यसको आवश्यक तयारीमा अहिले सम्बन्धित निकाय जुटेको छ।

नेपालमा खेलकुदको बढ्दो सम्भावनालाई मध्यनजर गर्दै विश्वविद्यालयको अवधारणासहित 'प्लस टु' देखि स्नातकोत्तर तहसम्मको लागि खेलकुद विषयको पाठ्यक्रम तयार गर्न लागिएको हो। खेलकुद विश्वविद्यालयको स्थापना गर्ने दीर्घकालीन योजनासहित खेलकुद विषयको पाठ्यक्रम तयार गर्न खेलकुद कलेज अध्ययन कार्यदलसमेत गठन गरिएको छ। उक्त कार्यदलको संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा रहेका छन् भने सदस्यमा गीता राणा, भोजबहादुर शाह, दिवाकरलाल अमात्य, पार्थ सारथी सेन गुप्त, डा. प्रकाश प्रधान रहेको जानकारी प्राप्त भएको छ।

कार्यदलमा शिक्षा मन्त्रालय र खेलकुद मन्त्रालयका एक/एक प्रतिनिधि रहेको पनि जनाइएको छ। नेपालमा खेलकुदसम्बन्धी सैद्धान्तिक र व्यावहारिक शिक्षा हासिल गराउने उद्देश्यसहित अहिले विश्वविद्यालय स्थापना गर्नका लागि प्लस टु को पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको कार्यदलका सचिव कुलबहादुर थापाले गोरखापत्रलाई बताए।

थापाले भने, 'अब खेलकुदसम्बन्धी अध्ययन गर्न विदेश जानु पर्दैन। स्नातकोत्तर तहसम्म नेपालमा नै यो विषय पढ्न सकिने व्यवस्था हँुदैछ।' विदेशमा खेलकुदको विश्वविद्यालय रहेको अवस्थामा दीर्घकालीन योजनासहितको नेपालमा पनि यसको पाठ्यक्रम तयार गर्न लागिएको उनले भने।

दश जोड दुईको खेलकुदसम्बन्धी पाठ्यक्रम राख्नको लागि प्रारम्भमा उच्च माध्यमिक शिक्षा परिषद्लाई अनुरोध गरिने जानकारी पनि थापाले दिए। विश्वविद्यालयको लागि आवश्यक बजेट र स्थानको बारे छलफल चरणमा नै रहेको जनाउँदै कार्यदलका सचिव थापाले स्नातकोत्तर तहसम्मको पाठ्यक्रम निर्माण भएपछि थप प्रक्रिया अगाडि बढ्ने बताए।

शिक्षा मन्त्रालयका सहप्रवक्ता डा. रोजनाथ पाण्डेले नेपालमा खेलकुद विश्वविद्यालय अत्यावश्यक रहेकोले यसको लागि खेलकुद विज्ञानसम्बन्धी अध्ययन कार्यदल गठन भएको र सो सम्बन्धी कार्य पनि भइरहको बताए। विदेशमा रहे पनि नेपालमा यसको व्यवस्था नभएको अवस्थामा विश्वविद्यालयको अत्यावश्यक रहेको पनि डा. पाण्डेले भने।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home