अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
पोन्टिङ सर्वाधिक टेस्ट रन बनाउने दोस्रो ब्याट्सम्यान
 

डोमिनिका, वैशाख १२ गते। अफ स्पिनर शेन सिलिङफोर्ड घरेलु मैदानमा चम्केपछि अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन वेस्टइन्डिजको स्थिति राम्रो भएको छ।

डोमिनिकामा टेस्ट क्रिकेट खेल्ने पहिलो घरेलु क्रिकेट खेलाडी बनेको खेलमा सिलिङफोर्डले महìवपूर्ण चार विकेट लिएपछि टस जिती पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो दिन सात विकेटको क्षतिमा २१२ रन बनायो। बारबाडोसमा भएको पहिलो टेस्ट जितेको अस्ट्रेलियालाई शृङ््खला जित्न चालु टेस्ट बराबर गरे पुग्छ। वेस्टइन्डिजलाई भने शृङ्खला बराबर गर्न यो खेल जित्न आवश्यक छ। यद्यपि पछिल्लो शृङ्खला हात पारेको अस्ट्रेलियाले शृङ्खला बराबर भए पनि प|mान्क वारेल ट्रफी कब्जा गरिसकेको छ।

सिलिङफोर्डले डेभिड वार्नर -५० रन), रिकी पोन्टिङ -२३ रन), माइकल क्लार्क -२४ रन) र माइक हसी -१० रन)जस्ता हस्ती ब्याट्सम्यानको विकेट लिए। पोन्टिङ लामो पालि खेल्न नसके पनि आउट हुनुअघि २३ रनमा छँदा टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यान बन्न सफल भए। उनले भारतका राहुल द्रविड -१३,२८८ रन)लाई तेस्रो स्थानमा धकेलेका हुन्। एएफपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home