अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
मतदाता शिक्षा अभियान सञ्चालन
कञ्चनपुर समाचारदाता
 

भीमदत्तनगर, चैत ७ गते। कञ्चनपुरका मुक्त कमैयाहरुलाई मतदाता शिक्षा मार्फत मतदाता नामावली दर्ता कार्यमा सहभागि गराउन अभियान सञ्चालन गरिएको छ। मतदाता नामावली संकलनका क्रममा छुटेका मुक्त कमैयाहरुका लागि कार्यक्रम सञ्चालन गरिएको हो।

मुक्त कमैयाका विभिन्न संघसंगठनहरुले शिक्षा दर्ता प्रक्रिया प्रर्बद्वन कार्यक्रम मार्फत मुक्त कमैया बस्तिमा पुगेर फोटो सहितको मतदाता परिचयपत्रमा फाइदा, नामावलीमा नाम दर्ता प्रक्रिया, प्रविधि र कानुनी व्यवस्थाबारे सचेत पार्न थालिएको हो।

मताधिकारबारे मुक्त कमैयाहरुको बुझाई र राष्ट्रिय परिचयपत्र सबैले पाउन भनेर साक्षरता शिक्षालाई गाउँ गाउँमा पुर्‍याइएको मुक्त कमैया समाज कञ्चनपुरले जनाएको छ।

मजदुरीका लागि घरबाट टाढा गएका र घरमै भएर पनि मतदाता परिचय पत्रबारे अनभिज्ञ रहेका मुक्त कमैयाहरुलाई मताधिकारबारे सचेतना कक्षा मार्फत बुझाई निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम समावेश गराउन उत्प्रेरित गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home