अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
Interview
 
लाजमर्दो ढङ्गले लुछाचुँडी गरेको प्रष्टै छ : रामेश
 

रामेश आफ्नो सम्पूर्ण जीवन साङ्गीतिक र सांस्कृतिक चेतना फिजाउन समर्पित सच्चा साधकको नाम हो। प्रस्तुत छ, गोरखापत्रका लागि भउचप्रसाद यादवद्वारा रामेशसँग लिइएको अन्तरवार्ताको प्रमुख अंश-

मुलुकको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?

अन्योल, भ्रम, घोर निराशा, पश्चात्ताप र आक्रोशमा देश डुबेको छ। अब नेता र पार्टीहरूबाट नठगिन, स्वाधीनता, स्वाभिमान र राष्ट्रसम्मान स्थापना गर्न, देशको उन्नतिप्रगति, समृद्धिका लागि नयाँ बाटोको खोजीमा सचेत, न्यायप्रेमी इमानदार एवं राष्ट्रिय जिम्मेवारी बोध गर्ने जनदस्ता अग्रसर हुँदैछन्।

जेठ १४ भित्र मुलुकमा शान्ति र सविधान निर्माणको सम्भावना कतिको देख्नुभएको छ ?

प्रमुख विषयहरू अनिणिर्त छन्। एक आपसमा अविश्वास र शङ्काको पहाड चुलिएको छ। अहम् र अहंकारको छुद्र टकराहट छ। त्यसैले जनताले चाहेअनुसारको संविधान कसरी बन्ला ? बने पनि झाराटरुवा, विवादै मात्र उठाउने, जनतालाई रुष्ट, आन्दोलित तुल्याउने, अशान्ति मच्चाउने खालको संविधान बन्ला। साँच्चै नै जनताको हित गर्ने, देशको रूप नै फेर्ने गणतान्त्रिक संविधान केहीै गरी बनाएभने, संविधान निर्माताहरूलाई युग, इतिहास, करोडौंैं जनसमूह वा भनौं पूरै देश मुरीमुरी धन्यवाद दिन तयार छन्।

जेठ १४ भित्र शान्ति र संविधान निर्माण हुन सकेन भने त्यसको दोषी कसलाई मान्नुहुन्छ ?

जिम्मेवार भनिएकानेताहरूलाई दिइएको अवधिभरी पालैपालो सत्तासीनहुने सरकारहरू, अनि जनताले चुनेर गणतान्त्रिक संविधान बनाउन शक्ति र सामथ्र्य दिएर पठाएका छ सय एकजना भत्तावाल सांसदहरू। पछाडि अन्य अदृश्य शक्तिहरू पनि हुन सक्ला।

फेरि संविधानसभाको म्याद थप हुन सक्नेबारे के भन्न चाहनुहुन्छ ? संविधान निर्माणमा केही काम भएको आभास भए पनि जनता यसो भन्छन् झगडा गरेजस्तो गर्दै, म्याद थप्दै, सकियोभने दशौंं वर्ष गुजार्दै लाने। भत्ता तथा अन्य खाले आयस्ताले आआˆनो व्यक्तिगत जीवन व्यवस्था दह्रो पार्दै लाने। अनेकन् सरकारी सुविधा, मानमर्यादा र सलामी थाप्दै र थप्दै जाने। यही हो सांसद, नेताहरूको -केही असल र सुनियत भएका बाहेक) संविधानसभाको म्याद नथप्न रचिने नाट्यखेलको भित्री मनसाय, नियत, उद्देश्य र औचित्य। तर जनता अब सहनेवाला छैनन्।

मुलुकमा शान्ति र संविधान निर्माणको बाधक केलाई, मान्नुहुन्छ ?

शान्ति त सबै नै चाहन्छन् तर दुई खाले वर्गका मान्छेहरू आआˆनै ढङ्गको शान्ति चाहन्छन्। एक, देशको ढुकुटी तान्न जजसले मौैका पाइरहेका छन् तिनीहरूको शान्तिको कामना एकखाले हुन्छ। दोस्रो, देशको उन्नति, प्रगति, समृद्धि विकासका लागि शान्तिको चाहना गर्नेहरू अर्काखाले हुन्छन्। त्यस्तै एक वर्ग अझै पनि संविधान आˆनो निहित सेवा, सुख, सुविधा, सम्मान, आयस्ता र सुरक्षाका लागि होस् भन्ने चाहन्छ। अर्कोतर्फ बहुसंख्यक सचेत वर्ग सम्पूर्ण राष्ट्र अनि श्रमशील जनताको हितमा संविधान बनोस् भन्ने चाहन्छ। समानताको विधिविधान, नीति नियमले मुलुक चलाउन नदिने, श्रमशील जनताको हकहितमा संविधान नबनोस् भन्ने चाहना राख्नेहरू नै संविधान निर्माणका प्रमुख बाधक तìव हुन् जसले आˆनो परिचय आआˆनै लोलीबोली र क्रियाकलापले प्रष्ट देखाइरहेका छन्।

राज्यको पुनःसंरचनाबारे तपाईंको दृष्टिकोण ?

वर्तमान अवस्थामा जातीय ढङ्गबाट सङ्घीय राज्य स्थापना गर्न प्रयत्न गरिए देश ठूलो हानि नोक्सानीमा पर्न जाने प्राय निश्चित् जस्तो छ। जातीय भावना, धर्म, भाषा र इलाकाको कारण कुनै पनि देश झैझगडा र द्वन्द्वमा फस्नु भनेको हत्तपत्त निस्कन नसकिने गहिरो कुवाभित्र पस्नुसरह हो। जातीयताको नाममा देशलाई विखण्डित गर्ने काम हुन नदिन, राष्ट्रियतालाई सर्वोपरि कायम राख्न, समानताका आधारमा समस्या समाधान गर्न, सबै जातजाति भाषाभाषी, धर्म, सम्प्रदायका जनसमूहलाई आत्मसम्मानका साथ क्षमताअनुसार राज्यसञ्चालनका हरेक यथोचित स्थानहरूमा अवसर दिन देशभर सकारात्मक बहस चलाई, जनताकै सरसल्लाह राय र भावनाअनुसार राज्यसंरचनाको जिम्मेवारी सम्पन्न गर्न सके बुद्धिमानी हुनेछ। देश जोगिनेछ।

वर्तमान अवस्थामा प्रमुख राजनीतिक दलको भूमिकालाई कसरी हेर्नुभएको छ ?

देशको वर्तमान अवस्था नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बदनाम र भ्रष्ट छ। नैतिकता, इमानदारी, कर्तव्यपरायणता, देशप्रतिको जिम्मेवारी, सहिद र जनतासँग गरेका वाचावचनहरू, सब विश्वासघात र धोकामा परिणत भएको छ। कमाइ खाने भाँडो बनाएका छन् राजनीतिलाई । त्यसैले कतै यी सब आˆनै अहंकार र लोभका कारण नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी दुर्गन्धित पात्रहरूमा अंकित हुनपुग्ने त हैनन् ?

मधेसवादी राजनीतिक दलहरूको भूमिका र मुद्दालाई कसरी हेर्नुहुन्छ ? एक मधेस एक प्रदेशबारे तपाईंको दृष्टिकोण ?

अहिले मधेसका राजनीतिक नेताहरू जो पर्दामा देखिएका छन् के ती बहुुसंख्यक श्रमशील मधेसी जनताका सही र सच्चा प्रतिनिधि हुन् ? मधेसका अन्य जाति जनजातिहरूका गतिविधि र आन्दोलन हेर्दा, तिनका भनाइ पढ्दा, बुझ्दा यिनीहरू मधेसका सच्चा प्रतिनिधि हुन् जस्तो त लाग्दैन । हाम्रो महान् राष्ट्र नेपाल, हामी सम्पूर्ण नेपाली जनता भन्नुपर्नेमा हरेक जातजातिका छुट्टाछुट्टै राज्य, एक मधेस एक प्रदेश भन्नुको पछि कुन नियत, कुन षडयन्त्र छ हामी हिमाली, पहाडी र मधेसी नेपाली जनताले सचेत भएर सोच्नु र बुझ्नु आवश्यक छ। हामी सबैको एउटै घर नेपाल हो। हामी सबै सम्पूर्ण नेपाली जनता एउटै परिवारभित्र पछौर्ंं। घरको कोठा कोठा फोरेर, भाग लाएर भिन्नै बस्छु भन्नु साझा घर फोर्दै, ध्वस्त पारेर पछुताउनु मात्र हुन्न र ? यो हामी हरेक जातिका सम्पूर्ण नेपालीले बुझ्नै पर्ने कुरा हो। सबै अंग इन्दि्रयहरू मिलेर शरीर बनेको छ ।

मुलुकको वर्तमान संक्रमणको अन्त्यका लागि एमाओवादी, नेपाली काङ्ग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई के सुझाव दिनुहुन्छ ?

सबै मिलेर रचनात्मक शान्ति कायम गर्नु पर्छ। जनता र गणतन्त्रप्रति इमानदार भएर सम्पूर्ण नेपाली जनताको कल्याण गर्ने, हरेक समस्याको स्पष्ट समाधान दिने, जनहितकारी नयाँ संविधान ल्याउनु पर्छ। यस्तो त्रासदी मच्चाउने संक्रमणकाल लम्ब्याएर जनतालाई जिउँदै मार्ने अवस्था सिर्जना अब धेरै गर्नु हुँदैन। दोषादोष गरेर कोही चोखिने र उम्किनेवाला छैनन्। सबै दोषका भागीदार हुनेछन्। एकएकको पहिचान लिएर करोडौं नेपाली जनता सचेत भएर बसिरहेका छन्। देश र जनताको हितलाई शिरमा राखेर, जनताको डर र भरमा राष्ट्रको जिम्मेवारी एक भएर सम्हाल्नुपर्छ। नत्र समयले क्षमा गर्दैन। जनता नेता र पार्टीभन्दा अगाडि छन्।

मुलुकमा सर्वदलीय सहमतीय सरकारको निर्माणको सम्भावना कतिको देख्नुहुन्छ ?

मुलुकको भलाइ गर्ने नियत भए सम्भव छ। नियतै खराब भए के को सम्भव हुनु ? सरकारमा पुगेर देश जनताको सेवा गर्न, नेपाल र नेपालीको भलाइ गर्न जाने भए मिल्न सकिन्छ तर सत्तामा पुगेर कथित नाम र पदको लोभमा, सत्ताको आडमा धनै थुपार्नओसार्न र नाना भाँतीको फाइदा लिन जाने भए केको मिल्नु ? सत्तामा पुगेर ककसले के के गरे मुलुकवासीलाई राम्ररी थाहा छ।

वर्तमान अवस्थामा सरकार परिवर्तनलाई कति औचित्यपूर्ण मान्नुहुन्छ ? के सरकार परिवर्तनले मात्र मुलुक वर्तमान अन्योलबाट मुक्ति पाउँछ ?

जो सरकारमा आए पनि मान्छेहरू, पार्टीहरू यिनै हुन् जसलाई नेपाली जनताले राम्ररी चिनिसकेका छन्। सरकार परिवर्तन गर्ने भन्दै नेपाली जनतालाई झुक्याउने यो उही पुरानो सुनियोजित रकमी जाली खेल मात्र होइन ? गोमनको ठाउँमा करँेत आएर के हुन्छ ? करेँतको ठाउँमा अजिङ्गर आएर के हुन्छ ? आखिर यी सबै जनता डस्ने र निल्ने न हुन्। फोस्रो सरकार परिवर्तनको गन्हाउने नाटकले जनतालाई बारम्बार झुक्याउन सकिन्छ कि

सकिँदैन ? एकपल्ट गहिरो गरी नेताहरूले सोचे, चिन्तन गरे राम्रो होला।

गणतन्त्र स्थापनाका लागि जनताले जुन सङ्घर्ष गरे, बलिदान दिए त्यसको प्रतिफल आम नागरिकले पाएकै

हो ?

केको पाउनु ? प्रजातन्त्र, जनतन्त्र, लोकतन्त्र, गणतन्त्र यी सब जनता ठग्ने, झुक्याउने मन्त्र मात्र त भए Û कर्म र व्यवहारमा यी मन्त्रहरूले आमजनतालाई झन दुःखको नर्कमा घिसार्दैछ। कांग्रेस, एमाले, माओवादी, मधेसी मोर्चाहरूका माध्यमबाट देशका लागि सुन्दर सपना देखेर जो खटे, दौडे, मरे, ती सब मालिक फेरेर सुख पाइन्छ कि भन्ने अज्ञानी नोकरहरूका आशाजस्ता मात्र भए। जनताले जुन दुःख सङ्घर्ष, बलिदान गरे , जुन आशा गरे, पार्टी र नेताहरूलाई पालैपालो सत्तामा चढाएर नोकर र दासहरूले गर्ने काम सिवाय केही भएन। यिनीहरूलाई नवधनाढय वर्गमा रूपान्तरण गर्ने मूर्ख कामबाहेक केही भएन । अब जनताले नयाँ ढङ्गबाट सोच्न आवश्यक छ।

नेपालीको हालत अहिले कस्तो देख्नुुहुन्छ ?

देशमा यस्तो माहोलको सिर्जना भएको छ कि स्वतन्त्र नागरिक भएर कोही बाँच्न सक्ने अवस्थामै छैनन् । देशमा कोही टिक्न बाँच्न पर्‍योभने कि एमाओवादी, कि एमाले कि काङ्ग्रेस बन्नैपर्छ कि मधिसे मोर्चाहरूभित्र पस्नै पर्छ । नेपालमा स्वतन्त्र नेपाली भएर बाँच्न कठिन परिस्थिति सिर्जना भएको धेरै दिग्गजहरूको भनाइ छ। बाध्य भएर कुनै पार्टीभित्र पसेर जुन सेवा गरिन्छ, त्यो देश जनताले पाउने भए त ठीकै छ तर कार्यकर्ताले परिश्रम गरेर देश, जनताका लागि भनेर गरेको सेवा, पार्टीभित्रका गुटगुटका नेताहरूले खोसाखोस् गर्दै आफू शक्तिशाली हुन लाजमर्दो ढङ्गले लुछाचुँडी गरेको दृश्य सबैको सामुन्ने प्रष्टै छ।

मुलुुकमा लोकतन्त्र, मानवअधिकार, लगायत मुक्तिकोे आन्दोलन सकिएकै हो ? तपाईं के ठान्नुहुन्छ ?

उत्तर देशको मुहार फेर्नेे सच्चा क्रान्ति वा मुक्तिआन्दोलन अब पो सुरु हुन्छ। २००७ सालको आन्दोलनले राणाशासन समाप्त पार्‍यो। २०४६ सालको आन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य गर्‍यो। २०६२।०६३को जनआन्दोलनले शाहशासन समाप्त पार्‍यो। जनताको नेतृत्वमा अब हुने अर्को जनआन्दोलनले देश बर्बाद पार्ने भ्रष्ट नेताहरूलाई राजनीतिक मन्चबाट हटाइदिनेछन्। त्यसपछि पार्टीभित्रका र बाहिर स्वतन्त्र रहेका असल, इमान्दार, नैतिक, चरित्र बोकेका उच्च आदर्शवान, सुकर्मको पहिचान र इतिहास बोकेका हज्जारौं, लाखौँ देशका सुयोग्य व्यक्तिहरू जनताले खोजी खोजी ल्याएर देश सेवा गर्ने जिम्मा दिनेछन्। हरेक पार्टीभित्र हामी त्यस्ता असल इमान्दार व्यक्तिहरू पाउन सक्छौं जो कुनै पद र पैसाको लोभलालचले नभई सम्पूर्ण नेपाल र नेपालीको सेवा गर्ने महान् भावनाले आआफूले विश्वास गरेका पार्टीभित्र प्रवेश गरेका छन्। तर अब तिनले पार्टीका लागि मात्र नभएर सुन्दर देश नेपाल र करोडौं नेपाली जनताको जीवन कायापलट गर्न कम्मर कसेर लाग्नुपर्छ । नयाँ नेपालको निर्माण गर्न अग्रसर हुनुपछ। जो सम्पूर्ण शहीदहरूको स्वणिर्म सपना अनि हामी सबै नेपालीको अनिवार्य चाहना र आवश्यकता हो।

अन्त्यमा तपाइर्ं थप केही भन्न चाहनुहुन्छ ?

'देशमा शासन गर्ने' 'देशका शासक' जस्ता शब्द, वाक्यहरू अब आउने नयाँ संविधानमा साथै बोलचाल, चलनचल्तीबाट हटाइनुपर्छ। त्यसको ठाउँमा 'देशको सेवा गर्ने' 'देशका सेवक' भन्ने भनाइ राखिनुपर्छ। शासक शब्दले' जनता दबाएर काम गर्ने शक्ति' अनि शासन शब्दले 'जबर्जस्ती गर्ने, तानाशाही लादेर काम गराउने' अर्थको बोध गराउँछ। नेता, शासक शब्दहरू अबका सचेत जनताले रुचाउँदैनन्। अबको देश जनताको मालिक्याइँबाट चल्नुपर्छ। देश जनताको हो, जनता देशका मालिक हुन्। á

 
अन्य शीर्षक
We should privatize stock market, says Poudyal
We still lack specific river policy: Ale
'Industrial sector facing biggest problem'
‘TDBL has taken tourism industry in full confidence’
'CIT looking for mega projects'
‘Bring tourism under Essential Services Act’
Backtracking from deals will deepen crisis: Dr. Koirala
Auto-pricing system a must for smooth fuel supply: Agrawal
‘Cooperatives could address global economic problems’
Common economic agenda a must for prosperous Nepal: Baskota

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home