अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
शनिवार
 
आरती, एरिका र गङ्गा
जुनार बस्नेत
 

तन भगत चर्चिच लेखक हुन्। युवा छन्। भारतीय हुन्। उनका पुस्तकको बिक्री अत्यासलाग्दो छ। भारतमा मात्र होइन, विश्वभरि नै उनका कृतिको अहिले खुबै चर्चा हुन्छ। समीक्षा हुन्छ। आलोचना र समालोचना हुन्छ। उनको पछिल्लो पुस्तक रिभुल्युसन २०२० भारतका प्राचीन सहर वाराणसी र वरिपरि घुम्छ। काशी प्रयागघाटको साँझको आरतीलाई उनका सटीक शब्दले तस्बिरमा साँच्चै मज्जाले सजाएको छ। काशी नपुग्ने, गङ्गाको जलमा डुङ्गा नचढ्नेहरू पनि पुस्तक पढ्दा त्यही पुगेको अनुभव गर्छन्। मैले पनि अनुभव गरेको थिएँ। पुस्तक पढ्नेहरू जो वाराणसी पुग्छन्, साँझमा गङ्गामा डुङ्गामा तैरिन हतारिन्छन्। झलमल्ल आरती देख्दा कति सुन्दर रौनक हुन्छ त्यहाँ। सङ्गीतमय भक्तिको सुरिलो झङ्कार त्यसमा थपिन्छ। एकसुरले बजेका घन्टाले मन तान्छ। गङ्गाजलमा तैरिएको सहरका चित्रले भूतलमा स्वर्ग झरेको अनुभूति गर्छ। आखिर मानिसलाई त्योभन्दा आनन्द त कहाँ मिल्ला र ?

ग्वाटेमालाकी एरिका पुस्तक पढेरै साँझको आरती रमाइलो हेर्न गङ्गाकिनार पुगिन्। पुस्तकका प्रसङ्ग र त्यो आरतीको साँझको वर्णन गर्दै थिइन् आˆना पे्रमीसँग। ''वी आर इन्जोइङ टु मच," उनी सङ्गीतका आनन्दमै भन्दै थिइन्। त्यही अपराहृन -२१ फागुन २०६८) काठमाडौँबाट वनारस पुगेको नेपाली पत्रकारको एक समूह गङ्गाको मध्येभागमा डुङ्गामा सयर छ, यतिबेला। एरिकाको डुङ्गा पनि सँगसँगै गङ्गामा हेलिएको छ। साँझ छिप्पियो क्रमशः। क्षितिज चुक घुप्ट्याएजस्तो अँध्यारो। अकाशमा पिलपिल तारा। तर, एक टुक्रा कतै स्वर्ग नै झरेको त होइन भन्ने झल्को दिइरहेको छ, साँझको आरतीले। अनेकौँ डुङ्गामा, मध्येभागमा पुगेर तस्बिर लिनेहरूको होड छ। नेपाली पत्रकारलाई प्रदर्शक -गाइड)को सौभाग्य पनि मिलेको छ। बीएचयुमा पढेका सञ्जय श्रीवास्तव काशीको ८४ घाटको गाथा सुनाउँदै छन्, यतिबेला। भन्छन्, ''काशीका घाटको विशेषता अनेक छन्। मणिकर्निका घाटमा शव जलिरहेका छन्। त्यहाँ २४सै घन्टा शव जलिरहेका हुन्छन्। काशीमा शव जलाउँदा मोक्ष पाउने हिन्दु धर्मावलम्बीको अटुट विश्वासले टाढा-टाढाबाट पनि त्यहाँ शव आउँछन्। जीवनको अन्तिम अवस्थामा काशीबास गर्ने चलन अहिले पनि छ। कतिपय नेपाली पनि ऐतिहासिक कालखण्डदेखि नै काशीबास गर्थे।'' सञ्जयले सिन्धिया घाट चिनाए। सिन्दिया खानदानले डुमराजासँग पैसा बिछ्याएर घाट किनेको ऐतिहासिक कथा सुनाए। जिज्ञासा र अन्तरक्रिया पनि थिए त्यहाँ।

१८ फागुन २०६८बाट वनारस उडान भर्न सुरु गरेको बुद्ध एयरले उडानको दोस्रो खेपमा फागुन २१ गते पत्रकारको एक समूह काठमाडौँबाट त्यहाँ पुर्‍याएको थियो। कम्पनीकी सञ्चार सम्पर्क अधिकृत विनिता थापा अलिकति पनि समय खेर नफाली समय उपयोग गर्ने पक्षमा थिइन्। आरतीको त्यो सङ्गीतमय धुनमा मग्न हुन त्यही साँझ हामी गङ्गा पुगेका थियौँ। अपराह्न ५ः३० मा लालबहादुर शास्त्री विमानस्थल छोडेपछि पटेल नगरको एक होटलमा हतारले पुगियो। सुरुमा रिक्सा र रिक्साले पनि भीड छिचोल्न छोडेपछि पैदलै काशीघाट पुग्दा वनारसी भीड र व्यस्तताले नराम्ररी हिर्कायो। बीस अर्बको उत्तरप्रदेशको जनसङ्ख्यामा वनारसले ४० लाख रुपैयाँको हिस्सा राख्छ। भीड र अन्यन्तै भीड। होलीको पूर्वसन्ध्या स्पष्टै देखिन्थ्यो। विनाहेलमेटका मोटरसाइकल चढेकाहरू कोही-कोही राताम्यै थिए। यी सबै छिचोलेर गङ्गा आरतीले धेरैलाई चुम्बकीय शैलीमा तानिरहृयो। आरतीको त्यो सङ्गीतमय धुन कम नभए पनि रात छिप्पिन समय लागेन। गाइड सञ्जयले होटल र्फकने उर्दी मात्र सुनाएनन् डुङ्गामै अर्को दिनको घुमफिर कार्यतालिका पनि सुनाए। होटलमा आएपछि भने बिहान ६ बजे नै तयार नहुने साथीहरू छुट्नुभयो भने म क्षमामात्र माग्न सक्छु।

बल्लभजी -पत्रकार बल्लभमणि दाहाल, दी राइजिङ नेपाल) सँग साँझ धेरै कुरा भए। एउटै कोठा सेयर गर्दा मन मिल्ने साथी भए घरबाट पर पुगेपछि अलि सजिलो हुन्छ। कुराकानी मिल्छ। वनारससित नेपालको राजनीति जोडिएको लामो परम्परा छ। पिताजी कृष्णप्रसाद कोइरालाको प्रवास, बीपी कोइरालाको बाल्यकालीन वनारस जीवन र राजनीतिदेखि पुष्पलालको वनारस बसाइलगायत धेरै कुरा हाम्रा सम्झना र चर्चामा आए। मैले अध्ययन गरेका विषय मेरो स्मरणमा आए। उतिबेला प्रवासमा रहँदा कृष्णप्रसाद कोइरालाको परिवारले छतमा बसेर चना खाएका प्रसङ्गको वरिपरि स्मरण घुम्यो। जेल जर्नललगायत बीपीका कृति सम्भिmएँ। त्यो त्याग र आजको हाइफाई राजनीति, कहाँ, कसरी तुलना गर्नु ?

पन्डाको सियो

भोलिपल्ट हामी दुईले 'मर्निङवाक' सकेर होटल र्फकंदा घडीले ६ बजेको देखाएको थियो। सञ्जय हाम्रा लागि गाडी लिएर पाँच मिनेटअघि नै 'लबी'मा आइसकेका थिए। साथीहरू एक-एक गरेर आउन लागे। विनिताजीलाई साथीहरू छुट्छन कि भन्ने चिन्ता थियो। १५ मिनेट कुर्ने भए सञ्जय। थप १० मिनेट कुर्दा पनि केही साथी आएनन्। आखिर छुटे। यात्रामा साथी छुट्दा नमज्जा त हुन्छ। लगत्तै थियो, गङ्गा स्नान। हामी अघिल्लै दिनको स्थल गएका थियौँ। गङ्गा भर्खर ब्युँझँदै थिइन्। स्नानअघि हामीले बागमती सम्भिmयौँ। बिहानै नुहाएका हामीलाई पानी अँचाए पुग्ने निष्कर्ष निकाल्यौँ। पानी अँचाएर स्नानरूपी आत्माशुद्धि गर्ने तौरतरिका हामी सबैको कुरा मिल्यो।

वनारसका पन्डाबारे धेरै सुनिएको कुरा हो। आज हेर्नु थियो। पितृको श्राद्ध गर्ने साथी पनि सँगै थिए। साइबाबाको थानसँगै पन्डाहरूबीच ग्राहक तान्ने होड चलिरहेको थियो। सुरुमा उनीहरू सियो बन्दा रहेछन्। किनार सफा थियो भन्न मिल्दैन तर श्रद्धालुलाई मजाले नुहाउन त्यसले कुनै बाधा गरेको थिएन। एकपटक गङ्गामा नुहाउँदा जीवनको सम्पूर्ण पाप नष्ट हुर्ने धार्मिक विश्वासलाई सञ्जय पटक-पटक सम्झाउँदै थिए। पानी अँचाएपछि मैले पनि पूजा गरेँ। अनेक करबिन्ती गर्दा पनि पन्डाको हातको टीका मैले लगाइनँ। आफँै टीका लगााएँ। दक्षिणा भने उसलाई दिएँ। ऊ मलाई कर्के आँखाले हेर्दै थियो। सायद उसले मलाई बेग्लै सूचीमा राख्यो होला। श्राद्धको चार-पाँच मिनेटको विधि गर्न साथीलाई सुरुमा उसैले उक्सायो। दिवङ्गत पितृका निम्ति साथी सहमत भए। पचास रुपैयाँसम्मले सामान्य विधि हुने उसैले भन्यो तर पछि जब सङ्कल्प सुरु भयो, दस हजारबाट 'बार्गेनिङ' सुरु गर्‍यो। समूह हाम्रो बलियै भएकाले अँध्यारो मुखमा तीन सयले त्यो पनि जब्बरजस्ती मान्न ऊ तयार भयो। पन्डाबारेमा अरूहरूले भनेका अनकौँ कुरा सम्भिmएँ। वास्तवमै पन्डाको चरित्र वनारसको विकृति हो। हातमा सङ्कल्प गर्न लगाएर उनीहरूले गर्ने 'बार्गेनिङ'लाई जसरी घृणा गरे पनि त्यो कमी नै हुन्छ।

विश्वनाथको भीड

सोमबारको दिन भएकाले विश्वनाथ बाबाको मन्दिरमा भीड छ। सञ्जय हतारो लगाउँछन्। गङ्गाको जल लिन हामी डुङ्गा चढ्छौँ। गङ्गाको माटो लिन छुटाउन्नौँ। छिरोरिल्लएका साथीहरू जम्मा गर्न हम्मे पर्छ। गङ्गाकिनारमा पनि भीड बढेको छ। वनारसका साँघुरा गल्ल्ाी छिचोल्दै विश्वनाथ मन्दिरतिर गन्तव्य सोझिन्छ। सञ्जय पशुपतिनाथ आएका छैनन् तर विश्वनाथ र पशुपतिनाथको उनी उत्तिकै महिमा गाउँछन्। पशुपति र विश्वनाथ हिन्दु धर्मावलम्बीका लागि त मक्का नै हुन् अरूहरूका लागि पनि उच्च साँस्कृतिक महत्त्वका छन् भन्छन् सञ्जय। विदेशी गोरा छालाहरू पनि विश्वनाथ मन्दिरछेउछाउ पुग्न हतारिइरहेका देखिन्छन्। त्यसै बेला पशुपति क्षेत्रमा अवलोकन गरिरहेका विदेशी पर्यटक सम्झन्छु। सञ्जय भन्छन्, ''विश्वनाथ र पशुपति विश्वभरिका पर्यटकका लागि आकर्षक गन्तव्य हुन्।'' उनी थप्छन्, ''काठमाडौँ र वनारस सँगसँगै छन्। विश्व पर्यटन बजारमा बेच्न सकिन्छ।'' बुद्ध एयरले यी दुई गन्तव्यलाई जोडेकोमा सञ्जय दङ्ग छन्। कडा सुरक्षाबीच चर्को भीडमा विश्वनाथको दर्शन गर्दा कुन श्रद्धालुले बेग्लै सन्तुष्टि प्राप्त नगर्दो हो र Û हामीले पनि केही विजय हासिल गरेजस्तै अनुभूति गर्‍याँै। प्रसाद लियौँ।

मगन्ते र बीएचयु

साँघुरा गल्ली छिचोल्दै बससम्म पुग्दा मैलै डा. प्रतापचन्द्र प्रधानसँग फोनमा कुराकानी गर्न सकेँ। उहाँ बीएचयुको नेपाली विभाग प्रमुख। टीयुबाटै जानुभएको हो। बस बीएचयुतिर जाँदै थियो। अत्यन्तै भलाद्मी, शान्त, बौद्धिक व्यक्तित्व प्रताप सरसित मेरो पुरानो चिनजान भए पनि वनारसको उहाँको फोन थिएन। उहीँ गएर अनेक गरेर फोन पाएँ। कुरा भयो। तर, बीएचयुमा भेट हुन सक्ने भएन। उहाँ बाहिर कुनै गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै हुनुहुँदोरहेछ। फोनमा भलाकुसारी मात्र भयो। बस बीएचयुतिर हानिदै थियो।

केही बेरमै हामी बीएचयु पुग्यौँ। आजभन्दा ९६ वर्षअघि सन् १९१६ मा स्थापना भएको यो विश्वविद्यालय। अङ्गे्रजकालीन अवस्थामै बनेको यो विश्वविद्यालय एकै व्यक्तिको प्रयासमा बनेको रे। एक हजार तीन सय एक्कडमा फैलिएको छ। शिक्षासेवी मदनमोहन मालवीले चन्दा र भीख मागेर बनाएको यो विश्वविद्यालय। गौरवको इतिहास छ, यसको। उनको सालिक छ, बीएचयुभित्रै। महात्मा गान्धीले पनि उनलाई सम्मान गरेका थिए रे। भनिन्छ, ''मालवी विश्वकै सबैभन्दा ठूला माग्ने -ग्रेटेस्ट बेगर) पनि हुन्।'' मागेरै त्यत्रो विश्ााल विश्वविद्यालय बनाएकाले सबैभन्दा ठूला माग्ने भनिएको हुनुपर्छ। उनलाई मााग्ने भनिन्न। भनिन्छ त महामानव। सालिकमा लेखिएको छ- महामना मदनमोहन मालवी। नेपालका धेरै नेता र अङ्ग्रेजले यहाँबाट शिक्षा हासिल गरेँ। आज पनि बीएचयुमा भर्ना पाउनका लागि बर्सेनि लाखौँले प्रयास गर्छन्। हजारौँले मात्र त्यो अवसर पाउँछन्। नेपालीले पनि अवसर पाइरहेका छन्। बीएचयुले वैभव गुमाएको छैन। विश्वनाथको भव्य आधुनिक मन्दिर बीएचयु परिसरभित्र बनाइएको छ। त्यो विड्लाले बनाएका हुन् रे। व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत बनाएका होलान्। कति महान् कार्य। नयाँ विश्वनाथ मन्दिरको वास्तु वैभवको चर्चा सामान्य मानिसले गर्न के सम्भव र ?

बीएचयु परिसरमा चिया पियौँ। त्यतिन्जेल दर्जनको सङ्ख्याबाट साथी अझै घटिसकेका थियौँ। केही साथी होटल फर्किसकेका थिए। गाइडले हामी चढेको बसलाई काली मन्दिरतर्फ मोड्न भने। भारतीय मन्दिर परिसरमै जुत्ता लैजान कडाइ छ। हामीले बसमै जुत्तालगायत वर्जित सामान राख्यौँ। भारतलगत्तै भारत माता मन्दिर अवलोकन गर्‍यौँ। त्यहाँ पूरै दक्षिण एसियाको टोपोलोजीअनुरूप आयामिक नक्सा छ। हेरियो।

सारनाथको सवाइ

यतिबेला मध्याहृन भइसकेको छ। दिउँसोका खानापछि सारनाथ जाने योजना छ। अपराह्नको सारनाथ यात्रा रमाइलो भयो। कोही छुटेन। सारनाथ गौतम बुद्धले ज्ञान आर्जन गरेको भूमि। श्रीलङ्काली सयौँ बुद्ध धर्मावलम्बीको घुइँचो छ। कोही अध्ययनमा छन् त कोही ध्यानमा। सञ्जयले बुद्धबारे राखेका कतिपय कुरा हामीलाई चित्त बुझ्दैन। तर्क-वितर्क हुन्छन्। तर, सारनाथलाई भारतले पर्यटकीय रूपमा राम्रै गरी बजारीकरण गरिरहेको छ। बुद्धको जन्मस्थल नेपालको गरिमा ओझेल पर्नेगरी भइरहेका ती कार्यप्रति चित्त दुख्छ। विज्ञापन र बजारको जमाना न हो यो। लुम्बिनीलाई गर्न धेरै बाँकी छ। मूल कुरा त लुम्बिनी र सारनाथ विश्व पर्यटन बजारका आकर्षण हुन्। नेपालले गर्न सक्ने धेरै काम गर्न सकेको छैन।

लुम्बिनी, सगरमाथा र पशुपति नेपालसँग मात्रै छ। विश्व पर्यटनका यी मूल आधार हुन्। एकजना पर्यटक आउँदा चारजनाको रोजगारी हुन्छ। पैँतीस लाख नेपाली अहिले तेस्रो मुलुकमा सस्तो श्रम बेचिरहेका छन्। भारतमा रहेका ६० नेपाली त्यसमा पर्दैनन्। सारनाथको घुमाइसँगै दोस्रो दिनको वनारस यात्रा थकाइपूर्ण हुन्छ।

तेस्रो दिन र्फकने दिन। पर्यटकीय चर्चा हुन्छ। बुद्ध एयरका वनारस जीएसए अम्बुजकिशोर नारायणसँग अन्तरक्रिया हुन्छ। उनी आशावादी छन्। दिल्ली र आग्रा हुँदै तेस्रो विश्वका पर्यटक वनारस हुँदै नेपाल जान चाहन्छन्। कैयाँै भारतीय पनि सपरिवार नेपाल जान चाहन्छन्। उनको वर्णन ठीक साबित भयो। साँझ र्फकंदा विमान भरिभराउ थियो। हप्ताको तीन दिन उडानलाई दिनै बनाउन सक्ने उनको विश्वास थियो। थाइ एयरसँगै उदाएको नेपाल वायुसेवा निगम बेहालमा हुँदा बुद्धको बाहृय उडान पर्यटक प्रवर्द्धनको कडी बन्दै छ। यसको स्थायित्व भने आगामी दिनमै निर्भर हुनेछ। á

 
अन्य शीर्षक
.
.
सहज छैनन् अगाडिका बाटा
सशक्त कविको अवशान
रोग निदानमा 'रिमोट सेन्सिङ'
दुःख पाइयो, बढी जान्ने भएर
'टिकीटाका'मा जमेको स्पेन
.
जङ्गल नमासिकनैपनि आम्दानी
लौराले नापिन्छन् वर-वधु

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home