अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
दलहरू विवाद सल्टाउन जिम्मेवार भएनन् : आचार्य
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, फागुन ९ गते। संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले दलहरू संविधानका विवादित विषयलाई सल्ट्याउने काममा जिम्मेवार बन्न नसकेको बताउनुभएको छ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा मङ्गलबार बिहान बसेको समितिको बैठकबाट बाहिरिने क्रममा सभापति आचार्यले पटक-पटक बैठक बस्दासमेत कुनै प्रगति हुन नसक्नु दुखद भन्दै दलहरू संविधान बनाउनेमा गम्भीर नभएको आरोप लगाउनुभयो।

"नियम बनाएर खेल खेल्नुपर्नेमा खेल खेल्न थालेर नियम बनाउने परिपाटी दलको छ" भन्दै उहाँले यस्तै परिस्थिति कायम रहे आगामी जेठ १४ भित्र पहिलो एकीकृत मस्यौदासमेत जारी हुन मुस्किल पर्ने उल्लेख गर्नुभयो।

"दलका नेताहरू बैठकमा प्रतिबद्धता जाहेर त गर्छन्, व्यावहारिक रूपमा कार्यान्वयन गर्दैनन्" भन्दै सभापति आचार्यले तीन दल सँगसँगै हिँड्ने वातावरण नबन्दासम्म कुनै विषयमा सहमति हुन नसक्ने बताउनुभयो।

करिब आधा घण्टा मात्र सुचारु भएको बैठकमा कुनै सहमति बन्ने सङ्केत नभएको र भएका सहमति पनि अनुमोदन हुनसक्ने वातावरण बन्न नसकेपछि सभापति आचार्यले बैठकमै नेताप्रति रोष प्रकट गरेको एक सदस्यले बताउनुभयो।

"सहमति गर्न ढिलाइ गर्ने र भएका सहमतिलाई उल्टाउने परिपाटी कायम रहेको छ" भन्दै सभापति आचार्यले नेताहरू गम्भीर नबन्दासम्म समस्या समाधान नहुने प्रतिक्रिया दिनुभयो।

सभापति आचार्यको अध्यक्षतामा बसेको बैठकमा एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा -एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आ-आˆनो धारणा राख्नुभएको थियो।

नेताहरूले आगामी बिहीबार तीन प्रमुख दलका नेताहरूको शासकीय स्वरूपका विषयमा छलफल गर्ने तयारी रहेकाले सभापतिसँग १६ गतेसम्मका लागि बैठक स्थगित गर्न आग्रह गर्नुभएको थियो।

बैठकमा ३३ जना सदस्यको सहभागिता रहेको थियो। अर्को बैठक १६ गते बस्ने समिति सचिव टेकप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home