अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
काँग्रेस-एमालेबीच ६ प्रदेशमा सहमति : कोइराला
चन्द्रप्रकाश शर्मा
 

बागलुङ, फागुन ९ गते। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले यथास्थितिमा एकीकृत नेकपा माओवादीसँग कुनै पनि सहकार्य नहुने बताउनुभएको छ। माओवादी अध्यक्ष प्रचण्डले नै अब काँग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए पनि कोइरालाले भने सरकारको नेतृत्वका लागि माओवादीसँग यथास्थितिमा सहकार्य नहुने बताउनुभएको हो।

प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले काँग्रेस र माओवादीबीच सत्ता साझेदारीका विषयमा सहमति नजिक आएको भन्ने खबर झुटो भएको उल्लेख गर्दै माओवादीले अहिलेसम्मका सम्झौताहरू पालना नगरेसम्म सहकार्य सम्भव नहुने बताउनुभयो।

माओवादीले कुरा एउटा गर्ने र व्यवहार अर्कै गर्ने भएकाले यथास्थितिमा माओवादीसँग कुनै पनि सहकार्य सम्भव छैन। माओवादी अध्यक्ष आफू असफल बन्दै गएपछि सबैलाई प्रधानमन्त्री बाँड्दै हिँडेको उल्लेख गर्दै कोइरालाले भन्नुभयो- "कहिले रामचन्द्रलाई, कहिले शेरबहादुरलाई, कहिले झलनाथलाई, कहिले माधव नेपाललाई प्रधानमन्त्री बनाउन तयार छौँ भन्दै हिँड्नुहुन्छ काँग्रेसले माओवादीको यथार्थ बुझिसक्यो।"

राज्यको पुनःसंरचना गर्दा जातीय आधारमा हुन नहुने बताउँदै कोइरालाले एमाले र काँग्रेसले ६ प्रदेशसहितको सङ्घीयता निर्माण गर्नुपर्ने प्रस्तावमा सहमति जनाइसकेको खुलासा गर्नुभयो। उहाँले भन्नुभयो- "नेपाललाई सङ्घीय गणराज्य बनाउने घोषणा भइसकेकाले अब कस्तो सङ्घीयता बनाउने भन्ने विषयमा पर्याप्त मात्रामा छलफल आवश्यक छ, काँग्रेस र एमालेले पनि सङ्घीयता बनाउँदा पहिचान र सामथ्र्यका आधारमा हिमाल, पहाड र तराईको सम्बन्ध नटुट्ने गरी ६ प्रदेशमा सहमति जनाएका छौँ।" उहाँले जनताको भावना अनुसार चल्न नसक्दा राणा, पञ्चायत र राजाको पतन भएको उल्लेख गर्दै अहिले माओवादीले पनि त्यही बाटो अपनाएको आरोप लगाउनुभयो ।

कोइरालाले कार्यकारी राष्ट्रपति भएका मुलुकहरूमा तानाशाह जन्मेको उदाहरण प्रस्तुत गर्दै संसदीय व्यवस्था प्रतिकूल हुने कुनै पनि व्यवस्था काँग्रेसलाई स्वीकार्य नहुनेसमेत दाबी गर्नुभयो। "माओवादी लोकतन्त्रको पक्षमा आउनैपर्छ, यदि नेपालमा सर्वसत्तावाद लाद्न खोजिएको हो भने त्यो माओवादीको दिवास्वप्न मात्र हुनेछ," कोइरालाले भन्नुभयो- "माओवादी शान्तिपूर्ण राजनीतिमा आउने बाचा गरेपनि व्यवहारमा त्यस्तो देख्न सकिएको छैन ।"

माओवादी इमानदार बने समयमै संविधान निर्माण हुन सक्ने उल्लेख गर्दै माओवादी नेताहरूको व्यवहारका कारण समयमै संविधान नबन्ने हो कि भन्ने आशङ्का पैदा भएको बताउनुभयो ।

माओवादी इमानदार भए एक हप्ताभित्रै संविधान बन्न सक्ने दाबी गर्दै कोइरालाले शान्ति र संविधानलाई माओवादीले वार्गेनिङको रूपमा अगाडि बढाएको उल्लेख गर्नुभयो।

उहाँले सरकार राष्ट्रघाती काम गर्दै आइरहेको उल्लेख गर्दै प्रचण्डले कब्जा सम्पत्ति फिर्ता गर्दै हिँड्ने, प्रधानमन्त्रीले त्यही कब्जा सम्पत्तिलाई वैधानिकता दिने यसरी सरकार चलाउने हो भने पुनः जङ्गल पसे पनि हुन्छ। काँग्रेस विचारका साथ माओवादीसँग लड्न तयार छ।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home