अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
शनिवार
 
केटी हेरेपछि नाइँ भन्न गाह्रो
 

शिशिर ऋतुको मध्यतिर आइपुग्दा कठ्याङ्गिरँदो जाडोबाट राजधानी काठमाडौँ मुक्त हुँदै छ। यद्यपि, बिहानीको वैँशालु घामप्रतिको मोह सकिएको छैन। वैँशालु घामप्रति अझ जेष्ठ नागरिकको आकर्षण बढी नै छ। त्यसैले त बन्यो होला सायद यो आहान-

'बलिया बाङ्गा बाघलाई बूढापाका माघलाई'।

माघको अन्तिम हप्तातिर डा. दुर्गाप्रसाद भण्डारीसँग गफिरहेको छु, वैँशालु घामसँग जिस्किँदै। पुरानो बानेश्वरस्थित भीमसेनगोलामा रहेको ढुङ्गा बिछ्याइएको डा. भण्डारीको घर-आँगनमा राखिएका बेतका कुर्सीमा छौँ- हामी दुई। पूर्वीय दर्शन र साहित्यको गहिरो ज्ञान राख्ने र अङ्ग्रेजी साहित्यमा विद्यावारिधि गरेका डा. भण्डारीले पटक-पटक दोहोर्‍याए, 'म अनुशासित मान्छे होइन। अनुशासनहीन। अराजक छु।'

'तपाइर्ं कस्तो अराजक ?'

'अराजकको अर्थ म कुनै नियममा बाँधिन्न। म नियमबद्ध छुइनँ। तर, राजनीतिजस्तो अराजकचाहिँ होइन।'

मधुरो तर खुलस्त आप\mनो उही पुरानो ढर्रामा आफूलाई खुलाए डा. भण्डारीले। म डोटीको गाउँ निरोलीमा जन्मिएको र वनपाखा डुल्दै हुर्किएको मान्छे। सानैदेखि मभित्र स्वच्छन्दता जब्बर भएर बसेको छ। धेरै ठूलो महत्त्वाकाङ्क्षा पनि छैन। नीतिबद्ध भएर काममा पनि लाग्दिनँ। गोठालो जाँदा प्रकृति र जनावरसँग मेरो अगाध प्रेम रह्यो। जनावर र प्रकृतिसँग जुन आनन्द आउँछ, मान्छेसँग त्यो आनन्द आउँदैन। दुर्गन्धमात्र आउँछ। महत्त्वाकाङ्क्षा, लोभ, दुराचार, पाप सबै मान्छेसँगै छ।

घरमै पढाउन आउने पण्डितलाई समेत नटेर्ने र उस्तैपरे पण्डितलाई नै हात फर्काउने केटाकेटी छँदाको आफ्नो बानी उनले सम्भिmए एकपल्ट फेरि। डोटीका पाखापखेरातिर विचरण गर्दे रोमाञ्चित बन्दै गए।

क्रमबद्धता भङ्ग गर्दै सोधेँ- तिनै विषयलाई आधार बनाएर लेखनको योजना छैन ?

'भनिहालेँ नि Û म अराजक मान्छे। योजनाविहीन मान्छे। लेख्ने योजना बनाएँ तर लेखिनँ,' उनले आप\mनो कमजोरी खुलस्त पारे। गाउँको नैसर्गिक स्वच्छन्दताको विषयवस्तुलाई लिएर केही लेख्ने योजना पनि उनले बनाएका रहेछन्। चीनका दार्शनिक लाउत्सेको 'रोटी र फूल'बाट प्रभावित बनेर त्यही शीर्षकमा निबन्ध लेखिसकेका उनले आप\mनो योजना सुनाए, 'डोटीमा छँदा झिँगा मार्न औधी रुचाउँथेँ। जुन बेला म डोटीको जङ्गलमा झिँगा मार्दै थिएँ, जर्मनीका हिटलर मान्छे मार्दै हिँडेका थिए। मान्छे मार्ने उनको रुचि र झिँगा मार्ने मेरो रुचिमा सायद समानता थियो कि ? यो विषयवस्तु त्यत्तिकै थन्किएको छ।

ओशो र सेक्सपियरको साहित्यलाई विशेष रुचिसाथ अध्ययन गर्ने डा. भण्डारीले ओशोजत्तिको मान्छे पृथ्वीमा नजन्मिएको पनि दाबी गरे। भारतमा अध्ययनका लागि बसेका बेला ओशोको प्रवचन सुनेका भण्डारी त्यतिबेलैदेखि ओशोका फ्यान बने। उनी भन्छन्, 'ओशोका भाषण सुनेपछि म पानी-पानी भएँ। लठ्ठिएँ। ओशोको बोलीमा काव्य छ।' आपै"mलाई जान, बुझ, ध्यान गर र आनन्द लेऊ भन्ने ओशोको ज्ञानलाई केही मान्छेले यौनसँग गाँस्ने गरेकोमा उनलाई पटक्कै चित्त बुझेको छैन। अध्ययन नै नगरी गरिने हल्का टिप्पणीप्रति उनको दयाबाहेक कुनै प्रतिटिप्पणी छैन। ओशो पढेपछि अरू केही पढ्न मन नलाग्ने अनुभव सुनाए। सम्भोगको क्लाइमेक्सपछि पश्चातापजस्तो अनुभूति हुने तर अन्तिम आनन्द ध्यान र समाधि भएको निष्कर्ष उनको छ।

उनी सेक्सपियरका रचना पनि खोजीखोजी पढ्छन्। पाएजति दर्शनका पुस्तक पनि पढ्छन्। उनको घरमा दर्शन, संस्कृत र अङ्ग्रेजी साहित्यको पुस्तकालय नै छ। धेरै महत्त्वपूर्ण मात्रै हो, कति पुस्तक त विद्यालय र सामुदायिक पुस्तकालयलाई पठाइनै सके। उनलाई नेपाली साहित्यमा खासगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति आकषिर्त छन्। कवि भूपी शेरचन र निबन्धकार शङ्कर लामिछाने पनि उनलाई मनपर्नेकै कोटीमा पर्छन्।

गपि"mदै गर्दा एक युवती घरमा प्रवेश गरिन्। डा. भण्डारीका आँखाले तिनै युवतीलाई पछ्यायो, घरभित्र नछिरेसम्म। मैले पनि दाउ छोपेँ- तपाईंका लेखनमा छाडापन हुने आरोप पनि छ नि ?

'चे क्याप'मा सजिएका उनी गाला चाउरी पार्दै फुसफुसाए। उनले बढी त आप\mनै अनुभव मिसिएको भाकामा भने, 'म एकनिष्ठ छु भन्नेहरू सायद ढोङी हो कि ? राम्री तरुनी भेटिहाल्यो भने बूढाहरू पनि अघि सरिहाल्छन्।'

हाम्रो छेवैमा रहेका डा. भण्डारीका सहयोगीले पनि थपे, 'बुबाको लेखको असल पाठक त म पनि हुँ।'

उनले एउटा चिड्को थमाए- यी हेर्नुस् त, बुबाका लेखहरूको शीर्षक।

ए Û तैँले कहाँबाट पाइस् ? डा. भण्डारीले सोधे।

'हजुरकै 'लाइब्रेरी'मा वषार्ंै बिताएँ मैले, कहाँ पाएँ भन्नु नि Û,' उनले पनि तुरुन्तै जवाफ फर्काए। डा. भण्डारीका मृगस्थली, निरो बाँसुरी बजाइरहेछ, रोटी र फूल पनि पढेको उनले बताए। उनले दिएको चिड्कोमा लेखिएका डा. भण्डारीका लेखका शीर्षकहरू यस्ता थिए- भ्यागुतो त्यो तालमा पनि उपि|mयो, मृगस्थलीमाथि गर्जने बादल, आरुका फूलहरूमा सपना जस्तै-जस्तै...।

७५ हिउँद, वषर्ा खेपिरहेका डा. भण्डारीका गफमा रौस थियो। जीवनका यथार्थ भोगाइ पनि थिए। तपाइर्ं रोमान्टिक मान्छे है, मैले प्रश्न राख्न नपाउँदै उनले थपे, 'रोमान्टिक हुनु खराब होइन, भल्गारिटीचाहिँ दुर्गन्ध र खराब हो। जीवनको अन्तिम दिनसम्म पनि रोमान्टिक हुन्छु। जून र चन्द्रको आनन्द लिइरहन्छु।'

जीवनमा धेरै गर्न सकिन्थ्यो यदि नियमबद्ध भएको भए भन्ने पनि उनलाई लाग्छ, कहिलेकाहीँ। यसमा यदाकदा प्रायश्चित पनि उनमा छ। बढ्दो उमेरसँगै धार्मिक कट्टरता नभए पनि अध्यात्मतिरचाहिँ आकर्षण बढ्दो छ। तर, आप\mनै स्वभाव, आप\mनै गतिमा छन् उनी। न अरूको मतलब राख्छन् उनी, न आप\mनोबारेमा अरूले चासो राखेको नै रुचाउँछन्। स्वच्छन्द साहित्य आकाशमा विचरण गर्न चाहने डा. भण्डारी कविता र कथा लेख्न सक्ने ताकत आफूमा भए पनि निबन्धमै आफूलाई खुलस्त पार्न सकिने बताउँछन्। जीवनमा सौन्दर्य र भावुकताको आवश्यकता हुने बताउने उनी साहित्यमा रुचि नहुने मान्छे जीवनमा पूर्ण नहुने ठोकुवा गर्छन्। भौतिक विलास, धन-सम्पत्तिले मात्रै मान्छे पूर्ण नहुने र सभ्यताबाट माथि उठ्न मान्छेलाई दर्शन, कला, सङ्गीत र साहित्य आवश्यक हुने बताउँछन्।

मानव जीवनमा कला, सङ्गीत र साहित्यको आवश्यकतामा जोड दिन्छन्, उनी। यसले मान्छेको बौद्धिक विकासमा सहयोग पुर्‍याउने ठम्याइ छ उनको। साहित्य केही होइन, कला र सङ्गीत फाल्तु हुन् भन्ने धारणासमेत समाजमा पाइने उल्लेख गर्दै 'पैसा कमाऊ, भात खाऊ' त्यो विशुद्ध दुर्गन्ध हुने उनको धारणा छ।

उनको 'यो धर्ती यो आकाश' प्रकाशनको तयारीमा रहेको छ। धेरैअघि 'अटोबायोग्राफी' लेख्न थालेका भण्डारीले ३० पेज पुर्‍याएर त्यत्तिकै छाडेको बताए।

दुई छोरामध्ये एउटा अमेरिकामा कम्प्युटर इन्जिनियर र अर्कोचाहिँ एसियाली विकास बैङ्कको जागिरेका रूपमा मनिलामा छन्। भण्डारीदम्पती दुई महिनाको अमेरिका बसाइपछि फर्किएका छन्। उतैतिर बस्ने छोराको प्रस्ताव आएन ? भन्ने मेरो प्रश्न खस्दा नखस्दै उनले भने, 'माटोको सुवास मीठो कि भौतिक विकास ? जहाँको माटोसँग सम्बन्ध छ, त्यहीँ नै जरा गाडिँदो रहेछ।' कहिलेकाहीँ एक्लोपनको महसुस भए पनि 'विदेशमा मर्नुभन्दा नेपालमै मर्नु राम्रो,' भन्ने उनको ठम्याइ छ।

घाम उन्मत्त बन्दै थियो। गफलाई बिट मार्ने मेसोमा थिएँ। तपाईको विवाहचाहिँ प्रेम कि मागी ?

भारतमा पढ्न बस्दाचाहिँ डेढ वर्षसम्म एउटीसँग प्रेम चल्यो।

अनि विवाह ?

घरमा रिसाउलान् भनेर विवाह गरिनँ।

त्यसपछि ?

रुपमति लेख्ने छन् नि Û रुद्रराज पाण्डे, उनकै कान्छी छोरीसँग मागी विवाह गरेँ। केटी हेरेपछि नाइँ भन्न गाह्रो।á

 

 
अन्य शीर्षक
.
.
सहज छैनन् अगाडिका बाटा
सशक्त कविको अवशान
रोग निदानमा 'रिमोट सेन्सिङ'
दुःख पाइयो, बढी जान्ने भएर
'टिकीटाका'मा जमेको स्पेन
.
जङ्गल नमासिकनैपनि आम्दानी
लौराले नापिन्छन् वर-वधु

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home