अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
शनिवार
 
साधनाको ५० वर्ष
 
भाषासेवी पिता गोपाल पाँडे 'असीम'को हात समातेर नेपाली शिक्षा परिषद् पुग्ने रमा शर्मा यतिखेर उहाँकै हात समातेर कैयौँ प्रतिमा परिषद्को प्राङ्गणमा पुगेकी छन्। यसरी पुग्नेमध्ये धेरैले कथा, कविता, नाटक, उपन्यास आदिमा पहिचान बनाए तर रमा शर्माको परिचय भने यीबाट अलग भयो अर्थात् अलग व्यक्तित्व। गोरखापत्रमा ५० वर्षअघि मोतीराम शीर्षकको निबन्ध छपाएर थालिएको यात्राले विश्राम लिएको छैन। बरु मोतीरामजस्तै स्रष्टाहरूमा केन्दि्रत भएर उहाँ लेखिरहनुभएको छ जीवनी, अनुसन्धान खोजमूलक रचना, समालोचना र सम्पादनमा केन्दि्रत हुनुभएको छ, उहाँ। कथा, कविता, नाटक र उपन्यास लेख्ने त बगे्रल्ती छन् तर रमा शर्माले समातेको बाटोमा धेरै कममात्र लागेका छन्, अझ रमा शर्माजस्तो निरन्तर लागिपर्नेहरू त खोज्नुपर्ने अवस्थामा छन्। सत्तरी वर्षको उमेर टेक्न लाग्नुभएकी रमा शर्मा ६० वर्षे इतिहास बोकेको शिक्षा परिषद्सँग २५ वर्षको उमेरमै जोडिनुभयो । २०३५ मा आˆना पिताको निधनपछि त उहाँ सदस्य सचिवका रूपमा निरन्तर सक्रिय हुनुहुन्छ। कमाइ-धमाइ नहुने ठाउँमा निरन्तर यस्तरी लागिपर्नु भनेको अहिलेको सन्दर्भमा 'आश्चर्यलाग्दो' पनि लाग्न सक्छ। साधक र सिर्जना, साहित्य र नेपाली भाषामै समर्पित गरेजस्तै निरन्तर लागिपर्नुभएको छ, उहाँ। मदन पुरस्कार गुठीका वर्तम्ाान अध्यक्ष कमलमणि दीक्षित, नेपाली शिक्षा परिषद्की रमा शर्माजस्ता साधक धेरै कम हुन्छन्, जसको दिनचर्या नै गुठी र परिषद्मा बित्ने गर्छ। असीम संस्मरण ग्रन्थ -२०३७) मोतीराम भट्टका गजलहरू -२०३९), समस्यापूर्ति -२०३८), मोती स्मृति ग्रन्थ -२०३९), मोतीराम भट्टको परिचय र केही कविता -२०४२) मोती मण्डलीका समस्यापूर्ति -२०४४), मोती ग्रन्थावली -२०४५), गहन चिन्तन -२०४६), भानुभक्तप्रति -२०४७), केही चिन्तन -२०४८), समालोचना), मोतीराम परिक्रमा -२०५०, समालोचना), पृथ्वीशतक -२०५४, काव्य), भक्तिपुष्प -२०५६, भजनसङ्ग्रह), उद्गार -२०५८) कृष्णदेव पन्तका कविताहरू -२०५८), मोतीराम भट्ट र संसर्गी कविहरू -२०६०) आदि ग्रन्थ कृतिको सम्पादन गर्नुभएको छ, रमा शर्माले। यस्तै, महेन्द्रमाला -भाग दुई, -२०२९), खाद्यविज्ञान -२०३२), केही चिन्तन -२०४८, समालोचना), महाकवि गुणराजका व्यक्तित्व र कृतित्वमा पाइने भक्तिका विविध पक्षहरू -२०५०, समालोचना) नेपाली शिक्षा परिषद् -२०५८, सङ्क्षिप्त परिचय), भावनाका थुँगाहरू -२०६२, निबन्ध र प्रबन्ध) आदि उहाँका मौलिक कृतिहरू हुन्। बिहेअघिको समय होस् चाहे बिहेपछि -२०२७) को समय होस्, चाहे आˆनो पतिको वियोग सहनु परेपछि -२०६५)को समय होस् रमा शर्मा निरन्तर साधनामै लाग्नुभएको छ, साहित्य सेवामै लाग्नुभएको छ। वि.सं. १९९९ सालको साउन ३२ गते काठमाडौँको प्याफलमा जन्मिनुभएकी रमा शर्माको जन्मदिनकै दिन पारेर २००८ सालमा नेपाली शिक्षा परिषद्को स्थापना गरिएकाले हो कि वा उहाँको समर्पण भावले हो वा पारिवारिक वातावरणले हो रमा शर्माको जीवनमा थकान र असन्तुष्टि भन्ने नै रहेन, त्यसैले त उहाँ सिर्जना साधनामा लागिरहनुभएको छ। महेन्द्ररत्न कलेज, रत्नराज्य कलेज, जनक शिक्षा सामग्री केन्द्रमा जागिरे र प्राध्यापन गरेर लेखन र शिक्षामै समय दिनुभयो उहाँले। लेखनमा कथा, कवितामा पटक्कै रुचि नभएको होइन तर पनि खोज अनुसन्धानका लेख-रचनामै आफूलाई केन्दि्रत गर्न रुचाउने शर्मा भन्नुहुन्छ, "कविता, कथा, उपन्यासतिर ध्यानै गएन र रुचिको विषय पनि भएन।" निरन्तर साहित्य साधनामा लागिपर्ने रमा शर्मा सात दशकको उमेरतिर आइपुग्दासम्म साहित्यमा आˆनो निरन्तरताबारे अनभिज्ञजस्तै हुनुहुन्छ। उहाँकै शब्द उतारौँ यहाँ- "खै काम गर्दै जाँदा निरन्तर हुँदोरहेछ। मलाई त अझै धेरै काम गर्न बाँकी छ जस्तो लागिरहेको छ। खासगरी नेपाली शिक्षा परिषद्मा लागेपछि यो काम पनि बाँकी त्यो पनि बाँकी भन्दाभन्दै लेख्दै गइयो, काम गर्दै गइयो समय बितेको पत्तै भएन। अहिले पो सम्भिmन्छु साहित्यमै लागेको पनि ५० वर्ष भएछ।" ५० वर्षको साधनामा रमा शर्माले काम गरेजति पुरस्कार सम्मान त पाउनुभएको छैन तर आफूले समय, श्रम, साधना अर्पेको शिक्षा परिषद्ले जगदम्बाश्री पाएको सुखद अनुभूति पनि सँगाल्नुभएको छ। उहाँ आफैँले भने ५० वर्षअघि नै रत्न विद्या पदक पाउनुभयो। त्यसपछि शिक्षा परिषद्बाट २०२२ मा सेवा पदक, रत्नश्री स्वर्णपदक -२०२७), झपट पुरस्कार -२०४६), दीर्घ सेवा पदक -२०५३), गद्दी आरोहण पदक, वनिता सम्मान -२०६७), देवकोटा सम्मान -२०६६), मधुपर्क सम्मान -२०६७), वेदनिधि पुरस्कार -२०६८), लोकपि्रया पुरस्कार -२०५०), गुणराज व्याख्यान पुरस्कार -२०५०), योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान -२०६६) र भर्खरै मात्र -माघ १७ गते), महाकवि देवकोटा पुरस्कारबाट सम्मानित हुनुभएको छ, उहाँ। साहित्यमा लाग्दा सम्मान पुरस्कारमा भन्दा आफूले गर्नुपर्ने र बाँकी रहेका काममै बढी ध्यान जाने गरेकाले पुरस्कारप्रति खासै चासो नराख्ने रमा शर्मालाई संस्कृति मन्त्रालयबाट प्रदान गरिएको महाकवि देवकोटा पुरस्कारले भने खुसी तुल्याएको छ। "भाषा साहित्य सेवातर्फको पुरस्कार पाएकीले यस क्षेत्रमा मैले केही गरेकी रहेछु, योगदान दिएकी रहेछु जस्तो लाग्यो, आˆनो कामको मूल्याङ्कन भएजस्तै लागेको छ। तर, मैले भाषा साहित्यका लागि अझै धेरै काम गर्न बाँकी नै छ।" निरन्तर ५० वर्षको साधनाबाट पनि सन्तुष्ट हुन नसक्ने रमा शर्माको उत्साह, जाँगर निरन्तर बढिरहोस्। धेरै कमको मात्र श्रम परेको खोज, अनुसन्धानमा रुचि बढिरहोस् ।
 
अन्य शीर्षक
.
.
सहज छैनन् अगाडिका बाटा
सशक्त कविको अवशान
रोग निदानमा 'रिमोट सेन्सिङ'
दुःख पाइयो, बढी जान्ने भएर
'टिकीटाका'मा जमेको स्पेन
.
जङ्गल नमासिकनैपनि आम्दानी
लौराले नापिन्छन् वर-वधु

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home