प्रत्येक वर्ष हिउँदको जाडो कष्टकर भएर आउँछ। गत वर्षको हिउँद अमेरिकी र युरोपियनका लागि युद्धको विभीषिकाजस्तै रह्यो। धेरै ठाउँमा हवाईमार्ग, रेलमार्ग र सडक हिउँका कारणले धेरै दिन अवरुद्ध रहे। आयरल्यान्डमा खानेपानीका नाला जमेर पानीका लागि समेत विदेशी सहायता लिन पर्यो। यसपालिको जाडो पनि भित्रिसकेको छ। भारतमा सरकारले जाडोबाट बच्न आˆना जनतालाई सतर्कता अपनाउन भनिसकेको छ। प्रायः संसारमा जाडो र गर्मीमा तापमान ठाउँ हेरी १०० डिग्रीसम्म फरक -अमेरिका हिउदमा -५७ डिग्रीदेखि ५७ डिग्री सेल्सियससम्म रहे पनि साधारणतः ४०-५० डिग्री सेल्सियस अन्तर भने प्रायः छ। सूर्यबाट पृथ्वीमा आउने तातो, सूर्यवरिपरि पृथ्वीले घुम्दाको दूरी सौर्यमण्डलमा उब्जने धूलोका कण, सूर्यबाट खनिने ताप, पृथ्वीको वायुमण्डलको धूलो, दिनको लम्बाइ, दिनभित्रको समय आदिले निर्धारण गर्छ। खास त बढी अक्षांश र अग्ला स्थानमा प्रत्येक वर्ष जाडोले सताउने गर्छ। नेपालको तराईमा शीतलहरले कति मानिसको मृत्यु भइसकेको छ। जाडोले टाइफाइड, निमोनिया तथा रक्तनलीमा क्लोरिस्ट्रोल जमेर चिसोले रक्तनली खुम्चिन गई रक्तचाप बढी मुटु रोगीका बिरामीलाई हृदयाघातसम्म हुनसक्छ। जाडोमा माथिल्लो वायुमण्डलमा तापक्रम घटनाले पानीको थोपा बादल नबनी सीधै हिउँ बनी र्झछ। हाम्रोजस्तो अग्ला पहाड भएको देशमा बर्सेनि हिमालयनजिकका लेकाली बस्तीबाट बेँसी सर्ने चलनसमेत छ। चिसोका कारण स्कुलसमेत बिदामा बस्छन्। समुद्री जलचरदेखि पक्षीहरूसमेत जाडोले हजाराँै कोस तय गर्छन्। हाम्रो देशको भू-बनोट संसारकै अग्लो शिखरदेखि तराईको समथरसम्म हुनाले तापक्रमको अधिकतम भिन्नता पाइन्छ।
हाम्रो भारत नेपाल -तराई) जस्ता देशमा अग्ला हिमाली भेगमा भन्दा होचा गर्मी हुने ठाउँमा जाडोमा शीतलहरले प्रत्येक वर्ष धेरै मानिस मर्छन्। गर्मी ठाउँ भए पनि एक्कासि आउने जाडोका लागि तयारी हुन नसक्नु नै यसको प्रमुख कारण हो। मौसम विभागले उचित समयमा सतर्कता घोषणा नगर्नु निम्नआय भएका र बालबालिका, वृद्धवृद्धालाई जाडोबाट बच्ने ज्ञान नहुनु पनि अर्को कारण हो।
वस्तुमा तापक्रम अणु वा परमाणुको कम्पनबाट प्राप्त हुन्छ। अग्लो ठाउँबाट होचो ठाउँमा पानी बगेझँै बढी वेगबाट प्राप्त अणु वा परमाणुका कम्पनबाट प्राप्त यो तापशक्ति बढीबाट कमतिर सर्छ। जाडोमा वायुमण्डलमा ताप ज्यादै कम हुँदा यसले सम्पर्कका ताता वस्तुबाट ताप लिन्छ। यो सर्ने दर, एक त वस्तु र माध्यम
-वायुमण्डल)को बीचमा जति फरक भयो त्यति बढी रहन्छ भने वस्तुको ताप सार्ने क्षमता र आयनको अनुपातमा वस्तुको सम्पर्क क्षेत्रफलमा पनि भर पर्छ।
केही नगर्दा पनि श्वासप्रश्वास प्रक्रिया, रक्तसञ्चार आदिका लागि शरीरमा शक्तिको आवश्यकता पर्छ। यसका लागि ८५ वाट जति शक्ति खपत हुन्छ। यो दर उमेर, लिङ्ग, शरीरको मोटाइ, लगाएको लुगा आदिमा भर पर्छ। शरीरबाट हुने शक्तिको खपत दर बस्दाभन्दा उभिँदा डेढ गुणा कसरत गर्दा पाँच र दौडँदा आठ गुणासम्म औसत रहन्छ। जीवशास्त्रीय भाषामा ब्येसल मेटाबोलिक रेट भनिने यो दर बच्चाहरूमा बढी हुन्छ। त्यसैले उनीहरूल्ााई यसबाट जाडोमा बढी चिसिने खतरा हँुदा न्यानोमा राख्नुपर्छ। नत्र निमोनिया र टाइफाइडजस्ता रोगले समात्छ। आयातन अनुपातमा क्षेत्रफल बढी भयो भने ताप फाल्ने दर पनि बढी हुन्छ। जाडोमा नुहाएर घाम ताप्दा हामी शरीर कुक्रुक्क परेर बस्ने वा राति ओढ्ने नपुग्दा गुडुल्किने कारण पनि यही हो। शरीरले जाडोमा तापक्रम घटे दाँत कट्कटाएर शरीर तताउने, हावाले तातो नलागोस् भनेर लुगा फुकाल्दा रौँ ठाडो हुने वा छाला खस्रो या चाउरी बनाएर तापको बचत गर्छ। शरीरका मुख्य अवयव -दिमाग, मुटु आदि) ३७ डिग्री सेल्सियसमा राम्रोसँग सञ्चालन हुनसक्ने तर शरीरको तापक्रम २/४ डिग्री सेल्सियस ओर्लिए रक्तसञ्चार नली साँघुरो भई शरीर कम्पन हुने, मुटुको गति कम हुने हुन्छ। तापक्रम जब ३० डिग्री सेल्सियसमा तल पुग्छ तब शरीरले तापक्रम नियन्त्रण प्रविधि गुमाउँछ। निद्रा हराउँछ, मन आत्तिन्छ। ३० बाट ओर्लेर २७ डिग्री सेल्सियसमा पुगेपछि मरणमा पुग्न सक्छ। बायो फिजिक्ससम्बन्धी सामान्यज्ञान उपयोग गरी शरीरको ताप बचत गर्न सके हामीले अकालमै ज्यान गुमाउनु पर्दैन।
सामान्यतः तापक्रम २०/२२ डिग्री सेल्सियसको तापमानमा बसेको बेला श्वास क्रियाबाट सास २०, लुुगा नलाउँदा शरीरबाट विकीरण मार्फत १०० वाट र लुगा लगाएको बेला छालाबाट कन्डक्सन
-सञ्चालन प्रविधि) भई प्रतिमिटर प्रतिडिग्री तापमान फरकमा ० दशमलव ०४२ वाट -नगन्य) ताप ˆयाँकिन्छ।
व्ाातावरणको तापक्रम जति कम भयो त्यति छिटो शरीरको ताप बाहिर निक्लन्छ। त्यसैले जाडोमा सिरकभित्र पस्दा चिसो खनिएकोजस्तो हुन्छ।
लुगा, कुनै चिसो र कुनै तातो हँुदैन। झ्यालको डन्डी र कोठाको कार्पेट वास्तवमा उही तापक्रममा हुन्छन्। डन्डी छोइनसक्नु चिसो हुन्छ भने कार्पेटमा टेक्दा तातो हुन्छ। फलामले शरीरको तातो छिटो सार्छ तर उनले तातो हजार गुणा कम सार्छ। कार्पेटको छिद्रमा हावा रहने र हावाले फलामले भन्दा धेरै कम तातो सार्छ। ऊनले हावा च्याप्ने, शरीरको ताप पनि सार्न छेक्ने हुँदा चिसो ठाउँमा बाहिरै हिमपातमै पनि भेडा जीवित रहन्छन्। जाडोबाट बाँच्न चराले प्वाँख फुलाएर हावा च्याप्छन्।
तगेको भोटो तथा ज्याकेटमा बाहिरी तथा भित्री परतको बीचमा कपास वा फोमले हावा च्याप्ने हुँदा यसले शरीरको तातो बाहिर जान दिँदैन। खास्टो वा दोलाइ पनि यसरी नै न्यानो हुन्छ।
तातोको सुविधा नहुने ठाउँमा, हावा नलाग्ने सानो कोठामा सुकुल ओछ्याएर सकेसम्म न्यानो लुगा लगाएर बस्दा शरीरलाई जाडोबाट बचाउन सकिन्छ।
शरीरलाई चाहिने ताप, खानाबाट प्राप्त ग्लुकोज र हावामा फेरेको सासबाट प्राप्त अक्सिजनले रासायनिक प्रक्रिया गरी कार्बनडाइअक्साइड पानी र शक्तिमा परिणत गरी प्राप्त गर्छ। प्रतिग्राम ग्लुकोले १६ किलो जुल प्राप्त शक्तिमध्ये तीन खण्डको एक खण्डजस्तै शरीर तताउन -३७ डिग्री सेल्सियस) मा राख्न मात्रै खर्च हुन्छ। कहिलेकाहीँ बोझिलो कसरतमा ग्लुकोजबाट लेक्टिक एसिड बनाएर थोरै थप शक्ति उत्पादन गर्न पर्दा यो विषक्त भई मसल दुख्ने हुँदा शरीर धकाएर छिटो सास फेरी अक्सिजन बनाउने क्रिया गर्छ। दुखेको ठाउँमा रक्तसञ्चारबाट अक्सिजन पुर्याउन डाक्टरले मलहम मसाज गर्न सल्लाह गर्छन्।
वाष्पीकरण प्रक्रिया र हावा लाग्ने दर ताप छिट्टै सर्छ। त्यसैले तातो चिया छिटो खान परे हामी फुक्छाँै। जाडोमा नुहाएर निक्लँदा घाम लागेको ठाउँमै उभिँदा पनि चिसो हुन्छ। गर्मीमा पेट्रोलमा औँला डुबाएर निकाल्दा चिसो हुन्छ। जाडोमा हावा लागेको दिन तुसारो पर्ने वा कौसीको पानीमा तुसारो जम्ने कारण पनि यही हो।
वायुमण्डलमा सबै किसिमका इन्जिनको तातो सार्न सकिएको कारण, इन्जिनले काम गरेको पनि हो। हाम्रो जीवनका धेरै गतिविधि प्रत्यक्ष वा परोक्ष ताप शक्तिमा केन्दि्रत छन्। जाडोबाट बच्न घर, लुगाफाटा, खाना, इन्जिन सबै तापका लागि खर्चिन पर्छ। सबै जीव र वनस्पतिले कोशिकामा ताप पैदा गरी जीवन रक्षा गर्छन्। हाम्रो धर्मले अग्निलाई देवताका रूपमा पुजेको छ। प्रकृतिका धेरै क्रिया हावाहुरी, आदि हिमपात तापबाट सञ्चालित छ।