अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
नेपाल-भारतका साहित्य एकेडेमीबीच सहमति
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, माघ १९ गते। भाषा-साहित्य तथा कला-संस्कृतिको विकास तथा साहित्यिक एवं सांस्कृतिक आदान-प्रदान गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठान तथा साहित्य अकादमी, भारतबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित एक विशेष कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गङ्गाप्रसाद उप्रेती र साहित्य अकादमी भारतका उपाध्यक्ष डा. विश्वनाथप्रसाद तिवारीले सो सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले आजको सम्झौताले नेपाल र भारतको भाषा-साहित्य, कला-संस्कृतिको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास गर्नुभयो।

नेपाललाई भाषिक, सांस्कृतिक विविधताले भरिपूर्ण मुलुक बताउँदै भारतीय राजदूत प्रसादले नेपाली भाषा भारतीय संविधानको आठौँ अनुसूचिमा सूचिकृत हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले दुई मुलुकको साहित्य अकादमीबीच भएको सहमतिलाई ऐतिहासिक बताउनुभयो। उहाँले आजको सहमतिले दुई मुलुकबीच भाषा-संस्कृति, कला-साहित्यको आदानप्रदानको ढोका खुलेको टिप्पणी गर्नुभयो।

त्यसैगरी, साहित्य अकादमी भारतका उपाध्यक्ष डा. विश्वनाथ तिवारीले नेपाललाई सम्पूर्ण भारतबासीको 'सानीआमा' को सङ्ज्ञा दिँदै नेपाललाई देवभूमि बताउनुभयो।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. गङ्गाप्रसाद उप्रेती, सदस्य-सचिव सनत रेग्मीले नेपाल-भारतको साहित्य अकादमीबीच भएको सम्झौतालाई ऐतिहासिक बताउनुभयो।

यसैबीच, नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले नेपाल र भारतको सम्बन्धलाई २१औँ शताब्दीअनुरूप विकसित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

उहाँले नेपाल र भारतबीच भएको द्विपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौता -बिप्पा) बाट नेपाल र भारतबीचको व्यापार तथा आर्थिक लाभमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

नेपाल सम्पादक समाजद्वारा प्रकाशित 'एउटा पत्रकारको दृष्टिकोणमा नेपाल-भारत सम्बन्ध' नामक स्मारिकाको बिहीबार लोकार्पण गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो।

नेपाल र भारतबीचको सम्बन्ध विस्तारमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणले महìवपूर्ण योगदान पुर्‍याएको चर्चा गर्दै राजदूत प्रसादले नेपालको विकासको हरेक सम्भाव्य क्षेत्रमा भारतको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्पादक समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति देवेन्द्र गौतमले नेपालबाट भारतमा निर्विवाद रूपमा पत्रपत्रिकाहरू जानुपर्ने व्यवस्था मिलाउन भारतीय राजदूतावाससँग आग्रह गर्नुभयो।

समाजका उपाध्यक्ष रमेश तूफान, आयोजक समिति संयोजक कैलाश प्रधानले दुई देशका सञ्चारकर्मीको भूमिकामाथि प्रकाश पार्दै सम्मेलनले दुई देशको सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको बताउनुभयो।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home