अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
शनिवार
 
पुलिस क्लबको अपराजित यात्रा
प्रजित शाक्य
 

नेपाली फुटबलमा हालको सर्वाधिक सफल नेपाल पुलिस क्लबलाई लिग उपाधि जित्ने बानी परिसक्यो भन्दा फरक पर्दैन । पछिल्ला तीन 'ए' डिभिजन लिग उपाधि जितेर हृयाटि्रक गर्ने पुलिस टिमको प्रतिष्ठित कमाइमा दर्जनौँ नकआउट उपाधि र एएफसी प्रेसिडेन्ट्स कपमा उपविपजेता ट्रफी पर्छन् । यस हप्ता राष्ट्रिय लिग उपाधि पनि हात पारेको छ । यसपालिदेखि मात्र सुरु भएको एन्फाको महत्त्वाकाङ्क्षी राष्ट्रिय लिगमा सहिद स्मारक 'ए' डिभिजन लिगबाट चयन भएका आठ टिम र 'ए' डिभिजन जिल्ला तथा क्षेत्रीय लिगबाट छनोट भएका दुई टिम गरी जम्मा दस टिमले प्रतिस्पर्धा गरेका थिए । नेपालका यी शीर्ष टिमबीचको भिडन्तमा पुलिस टिम एक खेल बाँकी छँदा अपराजित रही राष्ट्रिय च्याम्पियन बन्यो ।

पुलिस टिमले सहिद स्मारक 'ए' डिभिजन लिग २०६० सालदेखि मात्र सुरु गर्न थालेको हो । तर पनि नेपाली लिग फुटबल थालनीमा उसको ठूलो योगदान छ । तत्कालीन पुलिस फोर्स टिमले पद्मशमशेरले सुरु गरेको रामजानकी कप सात सालपछि लगातार तीनपटक जितेर शिल्ड पचाएको थियो । पुलिस क्लबले नेपाली फुटबललाई निरन्तरता दिन २०११ सालमा नयाँ ट्रफी दियो, जुन सहिद स्मारक ट्रफी थियो । सोही वर्षदेखि विधिवत् रूपमा सहिद स्मारक लिग फुटबल सुरु भएको हो ।

नेपाल फुटबल सङ्घ अस्तित्वमा रहेसम्म सो लिग १५ सत्र चलेको थियो । नेपाल पुलिस फोर्स-११ को नाममा तत्कालीन पुलिस टिमले २०१२ र २०१३ सालमा दुईपटक उपाधि जित्यो । त्यसपछि अखिल नेपाल फुटबल सङ्घ -एन्फा)ले २०३२ सालदेखि सहिद स्मारक लिग फर्कायो । जुन लिगमा सरकारी टिमलाई प्रवेश दिइएको थिएन । त्यसैले पुलिस क्लब लिग खेल्नबाट वञ्चित बन्यो । नेपाल पुलिस टिमले २०६० सालदेखि मात्र आधुनिक लिग खेल्न थाल्यो । आधुनिक लिगमा पुनरागमन जनाएको वर्ष र अर्को साल उपविजेता बनेको पुलिस क्लबले २०६२ सालमा भने अपेक्षाअनुरूप प्रदर्शन गर्न सकेन । सो साल पुलिस चौथो स्थानमा रोकिएको थियो । जुन लिगमा पुलिस टिमको अहिलेसम्मकै सबैभन्दा कमजोर स्थान हो । तर, घाइते बाघसरह सानदार रूपमा सहिद स्मारक लिगमा पुनरागमन जनाउँदै पुलिस क्लबले २०६३, २०६७ र २०६८ मा उपाधिको हृयाटि्रक गर्‍यो । एन्फा विवादले २०६४, २०६५ र २०६६ सालमा लिग फुटबल हुन सकेन ।

यस अवधिमा पुलिस क्लबले अच्युतव[mष्ण खरेल, रूपकराज शर्मा, अशोक केसी, धीरेन्द्र प्रधानजस्ता नेपाली फुटबलका हस्ती खेलाडी उत्पादन गरिसकेको छ । यसैगरी, विज्ञान शर्मा, रमेश बुढाथोकी, हरि खड्का, राकेश श्रेष्ठ, जुमनु राई पनि पुलिस क्लबका आदर्श खेलाडी हुन् । अब जुमनु राई, रवीन श्रेष्ठ, अनन्त थापा, रितेश थापा, पर्वत पाण्डे, भरत खवास, भोला सिलवाल यिनै खेलाडीको महानतालाई पछ्याइरहेका छन् ।

पछिल्ला पाँच वर्षमा नेपालको शीर्ष लिगमा पुलिस टिमले गरेको प्रदर्शन छक्क पार्ने खालको छ । उसले यस अवधिमा ७४ खेलमा मात्र दुई हार बेहोरेको छ । एक समय पुलिस टिम ४९ खेलसम्म अपराजित थियो । जुन नेपाली फुटबलमा अभूतपूर्व कीर्तिमान हो । सो विजयी यात्रालाई मनाङ-मस्र्याङ्दीले पूर्णविराम लगायो । त्यसपछि पुलिस फेरि लगातार विजयपथमा छ ।

पुलिस टिम कागजमा हराउन नसक्ने अजय टिमका रूपमा पक्कै देखिँदैन । टिममा स्टार खेलाडीको गणना गर्दा पाँचभन्दा धेरै छैन । तर पनि आधुनिक लिगमा पुलिस टिमको मनमानी छ । प्रश्न उठ्छ किन पुलिस टिमले नेपाली फुटबलमा लगातार दबदबा बनाउँछ त ?

विगतमा पनि पुलिस टिम कमजोर थिएन । विराटव[mष्ण श्रेष्ठअगाडि पुलिस टिमको प्रशिक्षकत्वमा योगम्बर सुवालले झन्डै १४ वर्ष सम्हालेका थिए । उनको प्रशिक्षकत्वमा पनि टिम बलियो थियो तर लिगमा भने आशातीत रूपमा सफल थिएन- पुलिस क्लब । तर, प्रशिक्षकमा श्रेष्ठको आगमनपछि पुलिस क्लबको कायापलट नै भएको मान्न सकिन्छ । त्यसैले टिमको सफलतामा सबैभन्दा श्रेय दिनुपर्ने व्यक्ति हुन्- प्रशिक्षक श्रेष्ठ । अन्य क्लबका प्रशिक्षकसरह उनलाई खेलाडी चयन गर्ने सुविधा छैन । यद्यपि, आफूले जुन क्षमताका खेलाडी पाउँछन्, तिनीहरूको उच्चतम उपयोग मैदानमा गर्न सिपालु छन् । भन्नैपर्छ, उनको सटिक रणनीति र मैदानमा खेलाडीद्वारा योजनाको सफल कार्यान्वयनले पुलिस टिम लगातार अगाडि बढिरहेको छ ।

पुलिस टिम भने व्यवस्थापनको सहयोग, अनुशासन र जुझारूपन सफलताको तीन मन्त्र मान्छन् । हुन पनि पुलिस क्लब देशकै सर्वाधिक अनुशासित टिम हो । फुटबल सत्र नभएको समयमा पनि खेलाडीहरू नियमित अभ्यासमा हुन्छन् । जसले गर्दा खेलाडीले ३६५ दिन नै दुरुस्त रहन्छन् । अन्य क्लब र खेलाडीका हकमा भने फुटबल सत्र सुरु हुनुअघि मात्र तयारी थाल्ने अभ्यास छ । सायद यसले पनि पुलिस टिम फाइदामा हुन्छ ।

यसैगरी, पुलिसजस्तो जुझारू, मिहिनेती र टिम भावनामा खेल्ने टिम नेपालमा अर्को छैन । अन्तिम समयसम्म हार नमान्ने गुण कसैमा बढी छ भने त्यो पुलिस टिममै छ । विपक्षी टिमलाई दबाबमा राख्नमात्र होइन, दबाब खप्नमा पनि पुलिस टिम तारिफयोग्य छ । सरकारी टिम हुँदा पुलिस दर्शकद्वारा त्यति रुचाइँदैनन् । त्यसैले ठूला खेलमा पुलिसले प्रायः विपक्षी टिममात्र होइन दर्शकविरुद्ध पनि खेल्नुपर्छ । यस्तो प्रतिकूल परिस्थितिमा पनि यो टिम मैदानमा आत्तिएको इतिहास छैन ।

पुलिस टिम यसपटक सहिद स्मारक लिग र राष्ट्रिय लिग जितेर प्रथम साफ क्लब च्याम्पियनसीप र एएफसी प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व गर्न योग्य बनेको छ । जहाँ भने नेपाली फुटबलप्रेमीले पुलिस क्लबको सफलताको कामना गर्नेछन् ।

 
अन्य शीर्षक
.
.
सहज छैनन् अगाडिका बाटा
सशक्त कविको अवशान
रोग निदानमा 'रिमोट सेन्सिङ'
दुःख पाइयो, बढी जान्ने भएर
'टिकीटाका'मा जमेको स्पेन
.
जङ्गल नमासिकनैपनि आम्दानी
लौराले नापिन्छन् वर-वधु

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home