अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
मोफसल विकास गतिविधि
 
दुर्घटनामा २५ जना घाइते
दुल्लु समाचारदाता/दैलेख
 

दैलेख, माघ १६ गते । निर्माणाधीन मध्यपहाडी राजमार्गको सात्तला गाविसमा ट्रयाक्टर दुर्घटना हुदाँ २५ जना घाइते भएका छन् । सात्तला गाविसको सामुदायिक वनबाट स्वस्तिक रोजिन एण्ड टर्पेन्टाइन कम्पनीको खोटो लिएर कणर्ाली राजमार्गको डाबतर्फ जाँदै गरेको लु १ त ८४ १५ नम्बरको ट्रयाक्टर सोही गाविसको सालुमा आइतबार दुर्घटना भएको हो ।

दुर्घटना परी घाइते भएका २५ जनामध्ये चारजनाको अवस्था गम्भीर रहेको खोटो कम्पनीका कर्मचारी टोपबहादुर विष्टले बताउनुभयो । गम्भीर घाइते हुनेमा सात्तला-४ का दीर्घ वि.क., लक्ष्मण वि.क. वीरबहादुरसमेत अर्का एक व्यक्ति छन् । घाइतेको स्थानीय जयलक्ष्मी मेडिकल हल रामघाटमा उपचार भइरहेको लेखापाल केशवबहादुर चन्दले बताउनुभयो ।

त्यसैगरी माघ ९ गते लकान्द्र गाविसको-९ को विस्कुना जङ्गलमा स्वस्तिक रोजिन टर्पेन्टाइनका कर्मचारी कुटपिट गरी रकम लुट्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लकान्द्र गाविसका वडा नं. ४ का काशीराम थापा, दिलिप थापा र धनबहादुर बोगटी पक्राउ परेका हुन् ।

लुटेराले-९ गते राति ७ बजे खोटो कम्पनीका लेखापाल केशवराज चन्द, रामचन्द्र पराजुली र सुपरभाइजर खेमासिह उचाइँलाई कुटपिट गरी दुई लाख २३ हजार रकम लुटेर लगेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका सुपरभाइजरको बुटवल अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका दुईजनाको खोजी कार्य भइरहेको प्रहरी चौकी ठाटीकाँधका प्रहरी निरीक्षक भुपेन्द्रविक्रम शाहले बताउनुभयो ।

 
अन्य शीर्षक
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home